भक्तपुरमा चारदिने पुस्तक प्रदर्शनीको तयारी
१३ मंसिर २०७८
•
१ मिनेट पाठ
भक्तपुरमा चारदिने पुस्तक प्रदर्शनीको तयारी
भक्तपुरमा यो वर्ष पनि वृहत पुस्तक प्रदर्शनी हुने भएको छ। देश र जनताको निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ भक्तपुरका ११ जना स्थानीय युवाहरुको समूहको रुपमा रहेको आरम्भ नेपालले यो वर्ष पनि पुस्तक प्रदर्शनी गर्ने भएको हो। सो समूहले गत वर्षको फागुनमा पुस्तक प्रदर्शनी गरेको थियो।




गत वर्षको प्रदर्शनीबाट उत्साहित समूहले आगामी माघको ५, ६, ७ र ८ गते (चारदिन) पुस्तक प्रदर्शनी गर्ने भएको हो। स्थानीय स्रोत साधनको प्रयोग गरी विभिन्न सीपमुलक तालिमहरु संचालन गर्ने तथा युवाहरुलाई सुसंस्कृत र देशभक्त बनाउने काम गरिरहेको सो समूहले यो वर्ष पनि पुस्तक प्रदर्शनी गर्ने निर्णय गरेको समूहका अध्यक्ष बालकृष्ण बनमालाले बताए।

अध्ययन संस्कृतिको विकास गराउनका लागि गर्न लागेको सो पुस्तक प्रदर्शनीको उद्घाटनसँगै बाल कविता प्रतियोगिता,  कला र साहित्यसम्बन्धी अन्तरक्रिया, ख्याल र नाटकमा भक्तपुर विषयक अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ।

भक्तपुरको कमलविनायकस्थित लामगालमा हुने सो प्रदर्शनीमा दैनिक १० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ भने तीन दर्जन पुस्तक प्रकाशकहरुको उपस्थिति रहने गरी तयारी थालिएको समूहका सदस्य दिनेश प्रधानले बताए।

पुस्तक प्रदर्शनीका अलावा भक्तपुरको पहिचान समेट्ने खाजा, भेषभूषा, कला संस्कृतिसम्बन्धी प्रदर्शनी समेत रहने आयोजकको भनाइ छ।
अर्को समाचार
प्रज्ञाले छान्यो उत्कृष्ट १० पुस्तक
१३ असोज २०७८
•
२ मिनेट पाठ
प्रज्ञाले छान्यो उत्कृष्ट १० पुस्तक
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनी सकिएको छ। पठन संस्कृति विकासका लागि गत भदौको २२ गतेबाट सुरु प्रदर्शनी असोज १२ गते सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।




सो अवधिमा प्रतिष्ठानले करिब ६ लाख रुपैयाँको पुस्तक बिक्री गरेको छ। सो अवधिमा प्रदर्शनीमा राखिएका मध्ये बिक्रीका आधारमा १० पुस्तकहरु बढी बिक्री भएको प्रतिष्ठानले जनाएको छ।

‘हामीले गरेको पुस्तक प्रदर्शनीमा राखिएका पुस्तकहरुमध्ये सबैभन्दा बढी बिक्री भएको हिसाबले १० पुस्तकहरुलाई उत्कृष्टको क्याटागोरीमा राखेका छौं’, प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले भने, ‘यसले कोभिडको समयमा पनि पठन संस्कृतिप्रतिको चाख बढेको पाएका छौं, यो पुस्तक प्रदर्शनी पनि समग्रमा उत्साहप्रद भएको छ।’

प्रतिष्ठानका नायव सुब्बा हरिभक्त त्वायनाले प्रदर्शनीमा राखेका पुस्तकमध्ये बिक्रीका हिसाबले डा. प्रेम खत्रीद्वारा लिखित ‘नेपालका जातीय संस्कार(खण्ड १–६), विष्णु प्रभातले लेखेको दर्शनावली(खण्ड १–७), प्रज्ञा शैक्षणिक व्याकरण तुलनात्मक रुपमा बढी बिक्री भएको पुस्तक सूचीमा परेको बताए।

उनले डा. कृष्णहरि बरालको गीत कसरी लेख्ने?, प्राडा गोविन्दप्रसाद भट्टराईको भरतमुनिको नाट्यशास्त्र, देवी नेपालद्वारा सम्पादित प्रज्ञा नेपाली लोककथा, डा. वेदुराम भुसालको वैदिक समाज र दर्शन पनि पाठकको रोजाइमा पर्न सफल भएको बताए।

प्रदर्शनीमा पुस्तक बिक्रीको हिसाबले हरिराम जोशीद्वारा सम्पादित नेपालका प्राचीन अभिलेख, ज्ञानु अधिकारीद्वारा सम्पादित प्रज्ञा समकालीन नेपाली कथा विमर्श र प्राडा. कुमारप्रसदा कोइरालाद्वारा सम्पादित प्रज्ञा नेपाली समालोचना कोश पनि उत्कृष्ट दशभित्र परेको प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको थियो। प्रदर्शनीमा ५ सय बढी प्रकारका पुस्तक र ५० भन्दा बढी प्रकारका पत्रिका राखिएको थियो। उपकूलपति उप्रतीले पुस्तक प्रदर्शनी पुस्तक बिक्रीको प्रयोजनभन्दा पनि प्रज्ञाले प्रकाशन गरेका नयाँ पुस्तकहरुबो आम पाठकलाई जानकारी दिन आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि प्रदर्शनी गरिने बताए। उनले प्रतिष्ठानले वर्षमा चारपटक नियमित पुस्तक प्रदर्शनी गरिरहेको जानकारी दिँदै अहिले ७ प्रदेशमा २२ भन्दा बढी स्टलको बन्दोबस्त गरी पुस्तक बिक्री गरिरहेको बताए।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस