जुम्लामा एमबीबीएस कार्यक्रमको शुभारम्भ
२६ मंसिर २०७८
•
६ मिनेट पाठ
जुम्लामा एमबीबीएस कार्यक्रमको शुभारम्भ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शिलापत्र अनवरण गरेर एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गरेकी हुन्।




सो अवसरमा राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टरी पढाउन थालेसँगै कर्णालीवासीको सपना पूरा भएको बताइन्। आइतबार जुम्लाको खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाईको शुभारम्भ गर्दै औपचारिक रुपमा जुम्लामा चिकित्सा विज्ञानको पढाई सुरु भएको हो।

कर्णाली प्रतिष्ठान स्थापनाको एक दशकपछि एमबीबीएस पढाई थालिएको हो। ‘यहाँका विद्यार्थीहरुले आफ्नै घरमा बसेर उच्चस्तरीय मेडिकल शिक्षा पढ्न पाउनु पर्छ भनि गरेको पहल सार्थक भएको उनले बताइन। उनले भनिन्, ‘प्रतिष्ठानले दुर्गम क्षेत्रमा पुर्‍याएको गुणस्तरीय स्वास्थ्य सेवाले यहाँका बिरामीहरुमा परिवर्तन समेत ल्याएको छ।’ दुर्गम क्षेत्रका गर्भवतीहरुका लागि राष्टपति हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेकोमा पछिल्लो चरणमा प्रतिष्ठानले दुर्गम क्षेत्रमा दिएको उपचारले गर्दा हवाई उद्धारको संख्या पनि घटेको उनको भनाइ छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसंग जोडिएर आउने अभाव र गरिबीको दुष्चक्रलाई तोड्ने गतिलो उदाहरण भएको बताएकी छिन्। उनले समृद्धिको बाटोमा लैजानका लागि उन्नति र प्रगतिका क्षेत्रहरु पहिचान गरि सबै प्रयास केन्द्रित गर्नु पर्नेमा जोड दिइन्।

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास गर्न जुम्ला पुगेकी राष्ट्रपति भण्डारीले कर्णाली प्रतिष्ठानले प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा अग्रसर देखिएको बताइन्।

उनले भनिन्,‘ प्राकृतिक रुपले धनी कर्णाली भूमिमा विश्वभरीका चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीहरुको गन्तब्य स्थल बनाउन सकिने सुन्दर भविष्य कर्णाली प्रतिष्ठानसंग छ। यो निकै गर्व गर्न लायक अवस्था हो।’

राष्ट्रपति भण्डारीले गौरवमय कर्णालीको इतिहास पुनर्जागरण गरि कर्णालीलाई विकास र समृद्धिको मार्गमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।

'स्वास्थ्य सेवाको विकेन्द्रीकरण, स्वास्थ्य शिक्षाको ग्रामीण क्षेत्रमा सहज पहुँचको उत्कृष्ट उदाहरणका रुपमा कर्णाली प्रतिष्ठान रहेको छ,' उनले भनिन्,‘ भविष्यमा यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याइ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम दर्ज गर्न सफल विश्वास लिएकी छु।’

कर्णाली प्रदेशमा अकालमा सुत्केरी महिलाले प्रसव पीडाले ज्यान गुमाउनु परेको तितो यथार्थलाई मनन गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आकस्मिक हवाइ उद्धारको व्यवस्था गरिएको जानकारी दिइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले गाउँगाउँमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढ्न गई हवाइ उद्धारको आवश्यकता बिस्तारै कम हुने महसुस गरेको सुनाइन्।

राष्ट्रपति भण्डारीले थपिन्,‘छाउपडी, धामी झाँक्री लगायतका अनेक रुढिवादी परम्परालाई अन्त्य गर्नका लागि यो प्रतिष्ठानले उपचारात्मक मात्र काम गर्ने छैन। जनचेतनामुलक कार्यक्रममा ध्यान दिन आवश्यक छ।’

मुलुकबाट ठूलो संख्यामा चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न र शिक्षाको गुणस्तरलाई विश्व स्तरको बनाउन राज्यले यथेस्ट ध्यान पुर्याउनु पर्नेमा जोड दिइन्। उत्पादित शैक्षिक जनशक्तिलाई देश र समाजमाथि जिम्मेवार बनाउन सबै गम्भीर बन्नुपर्ने बताउँदै उनले यो अभिभारा सबै माथि आइपुगेको बताइन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० जना एमबीबीएस अध्ययनका लागि कोटा भएपनि १९ जना विद्यार्थीहरु जुम्ला पुगिसकेका छन्। जुम्लामा पहिलोपटक स्नातक तहका मेडिकल शैक्षिक कार्यक्रम सञ्चालनमा आएका हुन्। एमबीबीएस अध्ययन गर्न १९ जना विद्यार्थी भर्ना भएका छन् भने बीफार्ममा ११ जना, बीएमएसतर्फ ८ जना बीएनएस नर्सिङ १६ जना र बीपीएचमा ८ जना विद्यार्थी भर्ना भइ आइतबारदेखि पढाइ सुरु भएको छ।

एक जना डाक्टर पाउन मुश्किल हुने ठाउँमा डाक्टर उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए। प्रतिष्ठान आफ्नो लक्ष्य अनुसार अघि बढीरहेको छ उनले भने, ‘अब छिट्टै स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रमहरु संचालन र पीएचडी तहका कार्यक्रमहरु पनि सञ्चालन गर्नेतर्फ प्रतिष्ठानको ध्यान केन्द्रित भएको छ।’

२०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि २०६९ साल कात्तिक २३ गतेदेखि एकजना विशेषज्ञसहित ५ जना चिकित्सक जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालमा प्रतिष्ठानले सेवा दिइरहेको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै लागि विशेषज्ञ चिकित्सक उत्पादन गरिरहेको छ। यो निकै महत्वपूर्ण कार्य हो। उनले भनिन्,‘यहाँका मेधावी विद्यार्थीहरुले उच्चस्तरीय मेडिकल शिक्षा अध्ययन गर्नु पाउनु पर्ने लामो समयको सपना सार्थक भएको छ। यो निकै खुसीको बिषय हो।’

यहाँका बहुमूल्य जडिबुटी विदेशमा निर्यात हुने र त्यसैबाट औषधि उत्पादन भएर महंगोमा नेपालीहरुले सेवन गर्नुपर्ने बाध्यताबाट छुट्कारा पाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उन्नत स्तरको अनुसन्धान केन्द्र स्थापना गरि यहाँ उपलब्ध बहुमूल्य जडिबुटीहरुको नेपालमै पहिचान र प्रयोग गर्ने वातावरण बनाउने अवस्था सिर्जना गर्नको लागि आग्रह गरिन्।

कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, पूर्व रजिष्ट्रार श्याम लम्साल लगायतले कर्णालीबाट नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताएका थिए।

कार्यक्रममा प्रतिष्ठान स्थापना गर्न पहल गर्ने पहलकर्ता, जग्गादाता, पूर्वपदाधिकारी लगायतका सहयोगी सबैलाई सम्मान गरिएको थियो। उपकुलपति डा. मंगल रावलले रोग, शोक र गरिबीको प्रायः बनेको र बनाइएको कर्णाली देशको आशाको केन्द्रविन्दु बन्न गएको बताए। औषधि उपचारको अभावमा अकालमा यहाँ कसैले प्राण त्याग गर्नुपर्दैन। पोष्टमार्टम गर्ने चिकित्सकको खोजीमा रहेको कर्णाली देशको सुगम क्षेत्रमा रहेका केन्द्रीय अस्पतालहरुमा आफ्ना अब्बल चिकित्सकहरु पठाएर अभाव पूर्ति गरिरहेको छ।

उपकुलपति डा. रावलले भने,‘कोरोना महामारीको कठिन घडिमा कर्णाली प्रदेशका दश जिल्लामा आफ्नो विशेषज्ञ चिकित्सक परिचालन गरेर जनशक्ति परिचालनको नमुना प्रस्तुत गरिरहेको छ। यो जतिको खुसीको कुरा केही हुन सक्दैन।’

गुन्टामुन्टा बोकेर कर्णाली अब तराई झर्दैन। सुगमबाट कैयन विद्यार्थी चिकित्सक नर्स र जनस्वास्थ्यविद् बन्न गुन्टामुन्टा कसेर कर्णाली पुग्ने अवस्था आइपुगेको छ। कर्णाली प्रतिष्ठान इतिहास रच्ने क्रममा रहेको छ। उनले थपे,‘जसका लागि कर्णालीवासीको साथ र सहयोगको खाँचो रहेको छ।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२२ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस