पूर्वी पहाडी जिल्लाबाट अध्ययनका लागि मधेस झर्ने होस् वा सुनसरीकै ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी क्षेत्रका निजी शिक्षालयले आकर्षित गरेको छ। जिल्लाको शैक्षिक साख जोगाउन निजी शिक्षालयको भूमिका छ।
शिक्षा लिनेदिने परम्परा सेवामुखी ठानिए पनि यहाँ व्यावसायिक हिसाबले निजी क्षेत्रबाट ठूलै लगानीमा शिक्षालयहरू खुलेका हुन्। यसरी शिक्षालय खोलेर जिम्मेवारी निर्वाह गर्ने मध्येका छ जनालाई शनिबार इटहरीमा आयोजित कार्यक्रमा सम्मान गरिएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल सुनसरीको १५ औं महाधिवेशनको अवसरमा निजी शिक्षालय खोलेर योगदान गर्नेलाई सम्मान गरिएको हो।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले इनरुवामा सञ्चालित इनरुवा वोडिङ् स्कुलका संस्थापक गोपाल कोइराला, प्याराडाइस स्कुल इटहरीका दिलकुमार वन, पूर्व जिल्ला शिक्षा अधिकारी सुर्वणबहादुर थापा, डिभिएम स्कुल इटहरीका डाक्टर वेणु सिटौला, यूनिक एकेडेमी रामधुनीका गोरख थापा र सरोज बराललाई सम्मान गरिएको हो। सम्मानित हुने सबैले अहिले १२ कक्षासम्म निजी शिक्षालय खोलेर सञ्चालन गरेका छन्।
सुनसरीमा निजी क्षेत्रबाट भएको शैक्षिक लगानीले स्नातकोत्तरसम्म अध्ययन गर्न विद्यार्थीले बाहिर जानुपर्ने बाध्यता सकिएको छ।
यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनसरीमा अनुप योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ। समितिको बरिष्ठ उपाध्यक्षमा थानेश्वर (नेश्नल) ढकाल चयन भएका छन्। यस्तै, उपाध्यक्षमा रमेश कार्की र विजय राई चयन भएका छन्। समितिको सचिवमा गणेश भण्डारी चयन भएका छन भने सहसचिवमा गोपाल निरौला तथा मनोज यादव चुनिएका छन्। यस्तै, कोषाध्यक्षमा दिपक कार्की र सह कोषाध्यक्षमा पुरुषोत्तम राई चयन भएका छन्।
अधिवेशनको क्रममा एन प्याब्सन सुनसरीका अध्यक्ष नारायण सन्जेलले कसैले अपमान नगर्ने गरि निजी शिक्षालय सञ्चालकले काम गर्नुपर्ने बताए। हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले निजी शिक्षालयको उन्नतिका लागि स्थानीय सरकारको नेतृत्व चयन गर्दा उदार व्यक्ति चयन गर्नुपर्ने सुझाव राखे।