वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सुरु
०६ पौष २०७८
•
२ मिनेट पाठ
वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सुरु
भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सुरु भएको छ। भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिंग कलेजमा तेश्रो नेपाल हिउँदे पाठशाला सुरु भएको हो। ख्वप इन्जिनियरिंग कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने गैरनाफामुखी गैर सरकारी संस्थाको आयोजनामा पाठशाला सुरु भएको छ।




पाठशालामा देशी विदेशी एक सय २० जना प्रशिक्षार्थीहरु सहभागी छन्। उनीहरु न्यूनतम स्नातक उत्तीर्णदेखि पीएचडीसम्मका छन्। उनीहरुलाई विश्वका विभिन्न देशका ३० जना वैज्ञानिकहरुले प्रशिक्षण दिइरहेका छन्। प्रत्येक दिन विहानदेखि बेलुकीसम्म बीचबीचमा ब्रेक गरेर ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ।

आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी गराइन्। उनका अनुसार यो तेश्रो वर्षको तेश्रो पाठशाला हो। यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकहरुले सहभागीहरुलाई वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी जानकराी दिई त्यसका लागि सहयोग गर्ने जानकारी गराइन्। वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उनले जनाइन्।

ख्वप इन्जिनियरिंग कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासोन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको जानकारी गराए। कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँनयाँं अनुसन्धानबारे शोधपत्र निकालिने जानकारी गराए।

आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढंगले उपयोग गर्ने विषयमा छलफल चलाइने बताए। यसअघि पाठशालाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश विकासको मूल आधार भनेको त्यस देशको विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको बताउँदै विकसित देशहरुको विकास र समृद्धिमा अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज र ख्वप कलेज अफ ई.को संक्षिप्त प्रगति विवरण प्रस्तुत गरेका थिए। काठमाडौं विश्वविद्यालयका डीन डा. मनिस पोखरेलले कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरहरुको लागि मात्र नभई सबै क्षेत्रको लागि आवश्यक भएको बताए।
अर्को समाचार
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
१ घण्टा अघि
•
१ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
जुम्ला । जुन विद्यालयको कक्षाकोठामा बसेर अक्षर चिनेका थिए हरिबहादुर बुढाले, अहिले उनी त्यहीँ पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्। विद्यार्थी हुँदा उनले यहीँबाट शिक्षाको पहिलो खुड्किलो चढेका थिए। २०५६ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्दै जीवनको बाटो पहिल्याए। समयले उनलाई फेरि त्यही विद्यालयमा पुर्‍यायो, जहाँबाट उनको भविष्यको जग बनेको थियो।




प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि आफूले के गर्न सक्छु?

यो व्यक्तिगत भावनामा मात्र सीमित रहेन। आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झिरहेका पूर्वविद्यार्थीलाई जोड्ने अभियान सुरु भयो। अहिले त्यो अभियान पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयमा ‘भूपू विद्यार्थी अक्षयकोष’का रूपमा अघि बढेको छ।

मानवशास्त्री डोरबहादुर विष्टले स्थापना गरेको यस विद्यालयमा अध्ययन गरेर विभिन्न सरकारी निकाय, व्यवसाय र सामाजिक क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीले नयाँ पुस्ताको शिक्षामा योगदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्। उनीहरूको सोच छ—आफूले पाएको शिक्षाको अवसर पछिल्लो पुस्ताले पनि पाओस्, आर्थिक अभावका कारण कसैले पढाइ छाड्नुपर्ने अवस्था नआओस्।

‘भूतपूर्व विद्यार्थीहरूको आशा आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही सहयोग गर्न पाइयोस्, यहाँबाट आर्जन गरेको ज्ञानको ऋण तिर्न पाइयोस् भन्ने हुँदो रहेछ,’ बुढा भन्छन्, ‘म पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी भएकाले ममा पनि त्यही भावना जागेको थियो।’

२०७५ सालमा सरुवा भएर विद्यालय आएपछि बुढाले पूर्वविद्यार्थी गगन बुढा, श्रवणकुमार महतारालगायतसँग यस विषयमा छलफल थालेका थिए। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुखसमेत रहेका महतारालगायत पूर्वविद्यार्थीसँग विद्यालयका लागि दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्नेबारे विमर्श भयो।

विद्यालयमा बेन्च, डेस्क वा भवन निर्माण गरेर तत्कालीन आवश्यकता पूरा गर्ने विकल्प पनि थियो। तर, त्यस्ता संरचना समयसँगै जीर्ण हुने र पुनः मर्मत गर्नुपर्ने भएकाले उनीहरूले स्थायी आर्थिक स्रोत निर्माण गर्ने उपाय रोजे। त्यसकै परिणाम हो, अक्षयकोष।

‘क्षणिक भौतिक संरचना बनाएर दुई–चार वर्षपछि फेरि मर्मत गर्नुपर्नेभन्दा विद्यालयको हित हुने, बालबालिकाको हित हुने र आजीवन महत्त्वपूर्ण भूमिका रहने कार्यक्रम गरौँ भन्ने सोच आयो,’ बुढा भन्छन्।

अक्षयकोषको मूलधन खर्च नगरी नेपाल सरकारबाट मान्यता प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दती खातामा राख्ने र त्यसबाट प्राप्त ब्याज छात्रवृत्तिमा खर्च गर्ने योजना छ। एसईई तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। जेहेन्दार, विपन्न, अपांगता भएका तथा टुहुरा विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

अहिलेसम्म ४१ जना पूर्वविद्यार्थी तथा सहयोगी यस अभियानमा जोडिएका छन्। संस्थापक सदस्यहरूको अभिलेखअनुसार दुई लाख ३० हजार दुई सय ९९ रुपैयाँ जम्मा भएको छ। ठूलो आर्थिक हैसियत भएका केही व्यक्तिको सहयोगभन्दा धेरै जनाको सामूहिक योगदानबाट विद्यालयको स्थायी शैक्षिक स्रोत निर्माण गर्ने प्रयास गरिएको छ।

विद्यालयले सात सदस्यीय समिति बनाएर कोष सञ्चालन, व्यवस्थापन र पारदर्शिताको व्यवस्था गरेको छ। छुट्टै आयव्ययको लेखा राख्ने, प्रत्येक आर्थिक वर्षमा लेखापरीक्षण गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।

तर, कोषबाट छात्रवृत्ति वितरण गर्दा उत्कृष्ट अंकलाई मात्र आधार बनाउन नहुने आवाजसमेत उठेको छ। समान अंक ल्याउने विद्यार्थीमध्ये आर्थिक तथा सामाजिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने पूर्वविद्यार्थी दलबहादुर महताराको सुझाव छ।
‘यो कुनै एउटा विद्यार्थीप्रतिको मात्र होइन, हाम्रो भविष्यप्रतिको साझा प्रतिबद्धता हो,’ उनी भन्छन्।

उनको भनाइमा अक्षयकोषको सफलता रकम सङ्कलनमा होइन, त्यसबाट विद्यार्थीको जीवनमा परिवर्तन ल्याउन सक्नुमा निर्भर हुन्छ। शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था र इच्छुक व्यक्तिलाई पनि अभियानमा सहभागी गराउनुपर्ने उनको सुझाव छ।

डब्लूएफपी दिवा खाजा कार्यक्रमका संयोजक कृष्ण थापा र वडा नम्बर ४ का अध्यक्ष कालीबहादुर ऐडीले पनि छात्रवृत्ति वितरणमा विपन्न विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। समान अंक ल्याउने विद्यार्थीको छनोट गर्दा उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्ने उनीहरूको धारणा छ।

विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षा क्षेत्रमा सक्रिय राजनीतिज्ञ रमन बुढाले निजी लगानीबाट पातारासीका विभिन्न विद्यालयमा फर्निचर, बेन्च र डेस्क सहयोग गर्दै आएका छन्। विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग गर्ने उनको प्रयास पनि आफूले शिक्षा पाएको विद्यालयप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

‘म यही स्कुलमा पढेर २०५६ सालमा एसएलसी उत्तीर्ण भएको हुँ,’ उनी भन्छन्, ‘अहिले यहाँसम्म पुर्‍याउने विद्यालयलाई म नमन गर्छु र सदैव सम्झिरहन्छु।’

पूर्वविद्यार्थी पञ्चकली बुढा पनि आफूले पाएको शिक्षा र संस्कारको प्रतिफल नयाँ पुस्तालाई दिन पाउनु सौभाग्य भएको बताउँछिन्।
‘हामी यही विद्यालयमा पढेर आफ्नो जीवनको बाटो पहिल्याएका हौँ। विद्यालयले दिएको शिक्षा र संस्कारले आज हामीलाई यहाँसम्म आइपुग्न सहयोग गरेको छ। आफूले पढेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीहरूको भविष्यका लागि केही गर्न पाउनु हाम्रो सौभाग्य हो,’ उनी भन्छिन्।
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
यो पनि पढौँ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस