कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ। कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्याएको युनिसेफको एक अध्ययनले देखाएको हो। युनिसेफले डिसेम्बर २० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोरोना महामारीबीच नेपालमा उल्लिखित उमेर समूहका पाँच बालबालिकामध्ये एकजना विकासको पहुँचबाहिर रहेको उल्लेख छ।
‘महामारीले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई नकारात्मक असर पारेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएको परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बालशिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयभन्दा टाढिने उच्च जोखिममा छन्।’
युनिसेफले गत अगस्टमा प्रारम्भिक बालविकास सूचांक (इसिडिआई) सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा नेपालका २ हजार ८ सय ५३ घरधुरी समेटिएका थिए। फोनमा आधारित सर्वेक्षणमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको कोरोना जोखिमबीच भइरहेको विकास, आवश्यकता र स्थितिबारे तथ्य संकलन गरिएको थियो।
प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकामाझ पनि निजी कार्यक्रममा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरू विकासको लयबाहिर हुने अधिक जोखिम रहेको तथ्यलाई सर्वेक्षणले उजागर गरेको छ। ‘हेरचाहकर्ताहरूले किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, वस्तुहरूको नाम भन्ने, गन्ने वा चित्र कोर्ने अर्थात् बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप गर्दा बालबालिकाको विकास र सिकाइका लागि महत्वपूर्ण रहेको पाइयो,’ सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
‘निषेधाज्ञा खुकुलो पार्दा, मानिसहरूको जीवन प्रभावित भएको समयमा, सन् २०१९ मा ७३ प्रतिशतको तुलनामा २०२१ मा ३१ प्रतिशत बालबालिका मात्रै घरमा यस्ता प्रारम्भिक क्रियाकलापमा संलग्न भएका थिए।’ सर्वेक्षणले थप खुलासा गरेको छ, ‘अक्टोबरमा गरिएको थप सर्वेक्षणअनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाहरूको संलग्नतामा सुधार भएको देखियो। सामाजिक मानक कायम राख्दै बुबाहरूको अभिभावकत्वको संलग्नता भने न्यून (६ प्रतिशत) रह्यो।’ तथ्यांकले पूर्वमहामारी अवस्थाको तुलनामा अभिभावकको संलग्नतामा कमी आएको समेत खुलासा गरेको छ।
अध्ययन प्रतिवेदनअनुसार सर्वेक्षण गरिएकामध्ये आधाजति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ। विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न भएका थिएनन्। धेरैजसो बालबालिकाको घरमै ट्युसनको पहुँच थियो, जबकि अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षणजस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट वैकल्पिक सिकाइ माध्यम कम प्रयोग भएका थिए। अनलाइन कक्षाजस्ता उच्च प्रविधिसहितका समाधानहरू निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकाबीच मात्र प्रयोगमा आयो।
‘उपचारात्मक सिकाइका लागि प्रभावकारी हस्तक्षेपहरूमार्फत विकासको लयभन्दा बाहिर हुने उच्च जोखिममा रहेका बालबालिकालाई लक्षित गरी कार्यक्रम तय गर्नुपर्छ,’ युनिसेफले नेपाल सरकारलाई सुझाएको छ, ‘सरकारी सहयोगमा चलेका प्रारम्भिक बालशिक्षा कार्यक्रममा भाग लिने बालबालिकालाई विशेष ध्यान दिनु आवश्यक छ।’ थप भनिएको छ, ‘घर र विद्यालयमा सिकाइलाई सक्षम बनाउन प्रयोगकर्तामैत्री मूल्यांकन तथा पढाइ सिकाइ निर्देशिकामार्फत प्रत्येक बालबालिकाको व्यक्तिगत विकास र सिकाइ स्तर बुझ्न शिक्षक र अभिभावकलाई सहयोग पुग्ने प्रणालीको विकास गर्नु अत्यावश्यक छ।’
आमाबाबु र हेरचाहकर्ताले घरमा बालबालिकाको सिकाइलाई सहयोग गर्न चाहिने निरन्तर प्रोत्साहन र मार्गदर्शन पाउने गरी, बुवाको संलग्नतामा ध्यान केन्द्रित गर्दै, गर्भधारणको अवस्थाबाट नै सुरु हुने गरी बहुक्षेत्रीय सहकार्यमार्फत अभिभावक शिक्षालाई सुदृढ बनाउनसमेत युनिसेफको अध्ययन प्रतिवेदनले सरकारलाई सुझाएको छ।