नियमविपरीत सरुवामा परेका प्रधानाध्यापकलाई स्कुलबाट बिदाई गर्दा विद्यार्थी भावविह्वल भएका छन्।
सूर्यविनायक नगरपालिकाले शिक्षक दरबन्दी मिलानको नाममा आफैले बनाएको नियम समेत उल्लंघन गरी पेलानमा पारेका शिक्षकलाई सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलको भुवनेश्वरी माध्यमिक विद्यालयले गरेको बिदाइ र स्वागतपछि विद्यार्थी भावविह्वल भएका थिए।
२०७३ पुसमा नियुक्त भई २०७४ पुसमा प्रधानाध्यापक भएका कृष्णप्रसाद छुस्याकीलाई सो विद्यालयबाट सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको शान्ति निकेतन माविमा सरुवा गरेको थियो। त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको गणेश माविकी प्रधानाध्यापक सुभद्रा लघुलाई भुवनेश्वरीमा सरुवा गरिएको थियो।
उनीहरुलाई नगरपालिका आफैले बनाएको शिक्षा नियमावलीको ५० को परिच्छेदको बुंदा नं. २ मा उल्लेख भएको शिक्षक सरुवा सम्बन्धी व्यवस्थाविपरीत सरुवा गरेको थियो। सो बुंदामा ‘शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिनेछ’ भन्ने उल्लेख छ।
नगरपालिकाले भने शिक्षक दरबन्दी मिलानको कार्यविधिको आधारमा सरुवा गरेको जनाएको थियो। नगरपालिकाले मनपरी र विद्यालयको हितविपरीत निर्णय गरेको भन्दै अभिभावकहरु मेयर बासुदेव थापालगायतलाई समस्या सुनाउन गए पनि त्यसको कुनै सुनुवाई नगरी प्रअ छुस्याकीलाई सरुवा गरेको थियो।
नगरपालिकाको शिक्षा शाखाले भुवनेश्वरी मावि र गणेश माविका प्रधानाध्यापकहरुले ‘विद्यालयमा राम्रो गरेको कारण एक विद्यालयबाट अर्को विद्यालयमा सारिएको’ जनाएको छ।
त्यसरी सरुवामा परेका प्रधानाध्यापकद्वय छुस्याकीको बिदाइ र प्रअ लघुको स्वागतमा भुवनेश्वरी माविले शुक्रबार गरेको कार्यक्रममा भुवनेश्वरी माविका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले विद्यालयको प्रगतिका लागि काम प्रअ छुस्याकीले ठूलो योगदान दिएको बताए।
कार्यक्रममा कक्षा १० अध्ययन गरिरहेकी छात्रा अनामिका कासुलाले प्रअ छुस्याकीको नेतृत्वमा धेरै प्रगति भएको, विद्यालयमा शिक्षण क्रियाकलाप अघि बढेको बताइन्।
त्यस्तै शिक्षिका रामकेशरी स्यामाजुले पनि प्रअ छुस्याकीको नेतृत्वसँगै विद्यालयको भौतिक र शैक्षिक उन्नतिमा टेवा पुगिरहेको बताउँदै शिक्षक, अभिभावको मागको समेत नगरपालिकाले सुनुवाइ नगरेको गुनासो गरिन्। उनले प्रअ छुस्याकीको नेतृत्वले विद्यालयमा आएको परिवर्तनलाई बिर्सन नसक्ने समेत बताइन्।
यस्तै सोही विद्यालयका विगत तीन दशकदेखि अध्यापनरत शिक्षक कृष्ण आचार्यले पनि प्रअ छुस्याकीको योगदानको चर्चा गर्दै नगरपालिकाले गरेको सरुवाले विद्यालयमाथि अन्याय भइरहेको दुखेसो पोखे।
कार्यक्रममा नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख एवं वडा नं ८ का वडाध्यक्ष किरण थापामगरले प्रअद्वयलाई स्वागत एवं बिदाई गर्दै नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न नीति तय गरेको बताए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रराज केसीलगायतले शिक्षक सरुवाको विषयमा धारणा राखे।