विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
२० पौष २०७८
•
३ मिनेट पाठ
विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ।




शैक्षिक गुणस्तर सुधार  र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेको छ। कहिले आवश्यकताभन्दा बढी जनशक्ति भर्ती गर्ने, कहिले तिनैलाई स्थायी गराउने, अनि त्यस्तो प्रक्रियाको विरोधमा विद्यार्थी सङ्गठनबाट हुने विरोधको सामना गर्दै आएको छ।

विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न सुरु भएको प्रक्रिया रोक्न विश्वविद्यालय तयार भएपछि विभिन्न विद्यार्थी सङ्गठनले कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला आजदेखि खुलेको छ तर आंशिक–करार शिक्षकले फेरि आन्दोलन गर्नसक्ने स्थिति देखिएको छ। 

स्थायी गराउन मागसहित आंशिक–करार शिक्षकले लामो समयदेखि गरेको आन्दोलनलाई अन्त्य गराउन विगतमाा नेपाल सरकार र त्रिवि नेतृत्वबीच भएको सहमति कार्यान्वयका क्रममा त्रिविको गत मङ्सिर १४ गते भएको सभाले विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न निर्णय गरेको थियो। सोको विरोधमा सत्तारुढ र विपक्षी दल निकट विद्यार्थी सङ्गठनले तालबन्दी गरेका थिए।

पदपूर्ति प्रक्रिया रोक्न नेपाल विद्यार्थी सङ्घसहित विद्यार्थी सङ्गठनसँग यही पुस १९ गते र अनेरास्ववियुसँग आज भएको सहमतिपछि तालाबन्दी खुलाइएको छ। यो तालाबन्दी दीर्घकालीन समाधान हो या होइन भन्ने विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति माग गर्ने पक्षका आगामी गतिविधिमा भर पर्नेछ। त्रिवि सभाले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्न लागेको थियो। त्रिविले उक्त प्रक्रिया हाललाई मात्र रोकिएको जनाएको छ।  उक्त प्रक्रिया पुनः सुरु भएमा विद्यार्थी आन्दोलन पनि दोहोरिनेछ। 

ऐन, कानुन र नीतिसँग मेल नखाने, सहमति नगर्ने र नियमबमोजिम हुने काम सयममै हुने भएमा यस्ता असन्तुष्टि नबल्झिने देखिएको छ। आन्दोलनरत विभिन्न विद्यार्थी सङ्गठनसँगको यही पुस १९ गतेको वार्ताका आधारमा विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति प्रक्रिया रोक्ने सहमति भएको हो। अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले त्रिविसँगको सहमतिका आधारमा तालबन्दी तोडाइएको जनाए।

त्रिविमा रिक्त दरबन्दीहरु समावेशी सिद्धान्तका आधारमा हरेक छ महिनामा खुल्ला विज्ञापन गरी पदपूर्ति गर्ने पनि सहमति भएको छ। सो सहमतिमा त्रिविका वार्ता समिति संयोजक प्रा पशुपति अधिकारीले विभिन्न छ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग हस्ताक्षर गरेका छन्। सहमतिपछि विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाइएको छ। झण्डै दुई हजार आंशिक प्राध्यापकलाई व्यवस्थापन गर्न एक पटकका लागि आन्तरिक प्रतियोगिता गर्न त्रिवि नेतृत्वले गत वर्ष आंशिक प्राध्यापक सङ्घसँग सहमति गरेको थियो। यो खुल्ला प्रतियोगिताको विपक्षमा भएका नयाँ उत्पादित जनशक्तिको तर्क रहेको छ। प्राध्यापक बहस चौतारीका संयोजक केशवराज पौडेलले त्रिवि नेतृत्वको असक्षमताका कारण यस्ता समस्या पटक पटक देखा परेको टिप्पणी गरे।

त्रिवि र आंशिक प्राध्यापक सङ्घर्ष समितिबीच २०७४ सालमा तत्कालीन सरकारसँग भएको सहमतिमा एक हजार ४२० र त्यसपछि अध्यापन गराउन थालेका ५८० जना स्वतः करार हुनुपर्ने, क्याम्पसको आन्तरिक स्रोतबाट करार दिने नियमित करार नमानिने भएकाले त्रिविको नियमानुसारको अवधिभर करार गर्न पाउनुपर्ने सहमति भएको थियो। नयाँ पुस्ताका प्रविधिमैत्री दक्षजनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्यलाई झण्डै रु एक अर्ब पाँच करोड बढी भार पर्ने गरी हुने आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्न विद्यार्थी सङ्गठनको माग छ। रासस
अर्को समाचार
बहराइनको सुखद सुरुआत
०८ वैशाख २०८०
•
३ मिनेट पाठ
बहराइनको सुखद सुरुआत
सिंगापुरका बलरको बलमा बोल्ड हुँदै बहराइनका ब्याट्सम्यान। तस्बिर सौजन्य: क्यान
नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।




कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा सिंगापुरमाथि सहज जित निकाल्दै समूह ‘बी’ को बहराइनले एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

यस जितसँगै बहराइनले दुई अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको सिंगापुर अंकविहीन छ। सिंगापुर पहिलो खेलमा हङकङसँग ८ विकेटले पराजित भएको थियो। टस जितेर पहिला ब्याटिङ गर्दै बहराइनले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा १ सय ५४ रनमै समेटियो।

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।
सिंगापुरका लागि सुरेन्दर चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५१ रन बनाए। यसै गरी विनोथ बसकरणले २३, थिलिपन ओमाइदुराईले २०, कप्तान अरित्र दत्त र रोहन रंगाराजनले समान ११ तथा अब्दुल रहमानले १० रन जोडे।

सातौं विकेटका लागि चन्द्रमोहन र बसकरणले ५९ रनको साझेदारी गरेका थिए। बहराइनका लागि इमरान अनवरले ४, रिजवान बटले ३, अब्दुल माजिदले २ तथा अली दाउदले १ विकेट लिए।  

यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रनको योफगल तयार पारेको थियो। बहराइनका लागि फैज अहमदले ५९ बलमा ९ चौका १ छक्काको मद्दतमा सर्वाधिक ७९ रन बनाए।

यसैगरी शहबाज बदरले ९८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७६, सोहेल अमदले ४६, कप्तान हैदर बटले २९, मोहम्मद युनिसले २३ र जुनैद अजिजले अविजित ११ रन जोडे। फैजले पाँचौं विकेटका लागि हैदरसँग ६६ तथा चौथो विकेटका लागि शहबाजसँग ५९ रनको साझेदारी गरेका थिए। सिंगापुरका लागि रमेश कालिमुथु, थिलिपन ओमाइदुराई, विनोथ बसकरणले समान दुई विकेट लिए।

यसैगरी शहबाज बदरले ९८ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७६, सोहेल अमदले ४६, कप्तान हैदर बटले २९, मोहम्मद युनिसले २३ र जुनैद अजिजले अविजित ११ रन जोडे।
प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा मोहम्मद अमिर र वीरनदिप सिंहको अर्धशतकप्रेरित मलेसियाले आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि ८ विकेटको सहज जित निकालेको हो।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा साउदीले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य मलेसियाले २१.२ ओभरमा २ विकेटले गुमाउँदै भेटाएको हो।

मलेसियाका लागि आमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रन बनाए। यसै गरी सिंहले ५३ बलमा ८ चौकको मद्दतमा ५१ र सैयद अजिजले अविजित ३४ रन जोडे। साउदीका लागि दुवै विकेट जइन उल अबिदिनले लिए।

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा मोहम्मद अमिर र वीरनदिप सिंहको अर्धशतकप्रेरित मलेसियाले आफ्नो दोस्रो खेलमा साउदी अरेबियामाथि ८ विकेटको सहज जित निकालेको हो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५३ रनको योफगल तयार पारेको थियो। साउदीका लागि हसिब घफोरले ४०, अब्दुल वाहिदले ३६, कप्तान हिसम शेखले २७ र अतिफ उर रहमानले अविजित १८ रन बनाए।

अन्तिम विकेटका लागि घफोर र रहमानले ४४ रनको साझेदारी गरेका थिए। बलिङतर्फ मलेसियाका लागि खिजर हायातले ३, मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई तथा वीरनदिप सिंहले एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५३ रनको योफगल तयार पारेको थियो।
यससँगै पहिलो जित निकालेको मलेसियाले २ खेलमा २ अंक जोड्दा साउदीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। मलेसिया पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो।

लिगमा शुक्रबार त्रिवि मैदान नेपाल र ओमानबीच खेल हुनेछ भने मूलपानी मैदानमा हङकङ र युएईबीच प्रतिस्पर्धा हुनेछ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस