करार शिक्षक स्वतः स्थायी गर्ने निर्णय कार्यान्वयन नगर्ने सहमति
२१ पौष २०७८
•
३ मिनेट पाठ
करार शिक्षक स्वतः स्थायी गर्ने निर्णय कार्यान्वयन नगर्ने सहमति
त्रिभुवन विश्वविद्यालय सभाको मंसिर १४ गते बसेको बैठकले ४ सय ८० करार शिक्षकलाई स्वतः स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने भएको छ। विश्वविद्यालयका पदाधिकारी र एमालेनिकट अनेरास्ववियुबीच मंगलबार भएको सहमतिमा विश्वविद्यालयका पदाधिकारीले मंसिर १४मा त्रिवि सभाले गरेको निर्णय हाललाई कार्यान्वयन नगर्ने उल्लेख गरिएको छ।




एकातिर त्रिविका पदाधिकारीले विद्यार्थी संगठनसँग सभाको निर्णय कार्यान्वयन नगर्ने ५ बुँदे सहमति गरेका छन् भने अर्कातर्फ सर्वोच्चले समेत त्रिवि सभाको मंसिर १४ को निर्णयबारे त्रिविसँग १५ दिनभित्र लिखित जवाफ मागेकोले हाललाई सो निर्णय कार्यान्वयन नहुने निर्णय त्रिविले गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले बताए।  

त्रिविका तर्फबाट विद्यार्थीसँग वार्ता गर्न गठित टोली संयोजकसमेत रहेका अधिकारीले अब त्रिवि सभाको ४ सय ८० करारका शिक्षकहरू स्वतः स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने भएपछि त्रिविमा प्राज्ञिक र शैक्षिक मर्यादा कायम हुने विश्वास व्यक्त गरे। उनले विद्यार्थीसँग भएको ५ बुँदे सहमतिपछि त्रिविमा लगाइएको सम्पूर्ण ताला खोलिएको र अब त्रिवि निर्वाध रूपमा शैक्षिक गतिविधि अघि बढाउन थालेको उल्लेख गरे।

अनेरास्ववियुसँग गरिएको ५ बुँदे सहमतिमा त्रिवि सभाको मंसिर १४ गतेको निर्णय अस्स्थायी वा करार सेवामा कार्यरत शिक्षक मात्रै उपप्राध्यापक पदमा प्रतिस्पर्धा गर्न पाउने गरी त्रिवि शिक्षक कर्मचरी सेवासम्बन्धी नियम २०५० को परिच्छेद २ नियम ६ मा संशोधन गर्ने भनी गरेको निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा रिट परी विश्वविद्यालयको मुद्दा विचाराधीन अवस्थामा रहेकोले त्रिवि सभाको उक्त निर्णय त्रिविद्वारा तत्काल कार्यान्वयन नगर्ने, त्रिवि सेवा आयोगले ०७८ साउन १८ गते स्थगित गरेको उपप्राध्यापक पदको परीक्षाको कार्यतालिका अविलम्ब प्रकाशित गर्ने विश्वविद्यालयको सम्पूर्ण रिक्त दरबन्दीमा ६/६ महिनामा खुला विज्ञापन गर्ने उल्लेख छ। 

यसैगरी त्रिविको दर्ता अभिलेखमा रहेका विद्यार्थी संगठनको नेतृत्वसँग आवश्यक छलफल गरी स्ववियु निर्वाचन फागुन १४ गते नै सम्पन्न गराउने र सहमतिपछि त्रिविमा अनेरास्ववियुले लगाएको सम्पूर्ण ताला खोल्ने उल्लेख छ। सहमतिपत्रमा विश्वविद्यालयको तर्फबाट वार्ता टोली संयोजक प्रा. पशुपति अधिकारी, सदस्यहरू सहप्राध्यापकहरू विष्णुप्रसाद वाग्ले, हिक्मतबहादुर राय, डा. खगेश्वर मण्डल र उपप्राध्यापक अखिलेशकुमार सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् भने विद्यार्थीका तर्फबाट अनेरास्ववियका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, अनेरास्ववियु त्रिवि इन्चार्ज एवं सचिवालय सदस्य मदन कुमार विष्ट, अनेरास्ववियु सचिवालय सदस्य रमेश विष्ट, अनेरास्ववियु त्रिवि जिल्ला कमिटी संयोजक अम्मरराज जोशी र अनेरास्ववियु बागमती प्रदेश कमिटी सहसचिव मनिता खत्रीले हस्ताक्षर गरेका छन्।

त्रिविले इमानदारी साथ समझौता कार्यान्वयन गर्नु पर्छ। यो सहमतिले समग्र विश्वविद्यालयको प्राज्ञिक र शैक्षिक मर्यादा कयम गर्छ,’ वार्ता टोली संयोजक प्रा. अधिकारीले सहमतिपत्रमा हस्ताक्षरपछि नागरिकसँग भने, ‘कुनै कालखण्डमा गरिएको सहमति अहिले त्रिविको हितमा नहुन सक्छ। अब समय फेरिएको छ। त्रिविको अहित हुने खालका सहमतिहरू कार्यान्वयन गरिरहन जरुरी छैन।  

सर्वोच्चमा त्रिवि सभाको निर्णयविरुद्ध परेको रिट विचाराधीन रहेको अवस्थामा यस्ता निर्णय कार्यान्वयन नगर्दा राम्रो हुन्छ। यसले त्रिविमा नयाँ जोश र उत्साहसाथ नयाँ प्राध्यापकहरू मैदानमा उत्रनु हुन्छ। यसले समग्र विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक उन्नयन हुने विश्वास छ।’

अनेरास्ववियु त्रिवि इन्चार्ज मदनकुमार विष्टले सहमतिले विश्वविद्यालयलाई शैक्षिक गतिविधि अघि बढाउन सहयोग गरेको जनाए। उनले सर्वोच्चाको आदेश र अनेरास्ववियुको सहमति विश्वविद्यालयले अक्षरश पालना गरी वश्वविद्यालयले अब तत्काल उपप्राध्यापकको परीक्षाको तालिका सार्वजनिक गरी परीक्षाको तयारी गरिरहेका विद्यार्थीको विश्वविद्यालयमा प्रवेश मार्ग खुला गर्ने विश्वास व्यक्त गरे। ‘सहमतिले विश्वविद्यालयभित्रको विकृति रोक्न कोशेढुंगा सावित भएको छ,’ इन्चार्ज विष्टले भने, ‘विश्वविद्यालयका पदाधिकारीको कुनै पनि गलत निर्णय विद्यार्थीले सहन सक्दैनन्।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस