सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौ: शिक्षामन्त्री पौडेल
१६ माघ २०७८
•
१ मिनेट पाठ
सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौ:  शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्।




आईतवार मन्त्री पौडेलले केशर महलको निरिक्षण गर्दै महल परिसरमा रहेको जमीन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन्। उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरिक्षण गरेको बताए। उनले सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिने पनि बताए।

मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरु व्यवस्थित गर्नको निम्ति भौतिक ठाउँहरुको अभाव भएको समेत बताए। उनले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न पनि निर्देशन दिए। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ।  

केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलमा स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाएर भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ। केशरमहल ३४ रोपनी,दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ स्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ।
अर्को समाचार
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
३ घण्टा अघि
•
१ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
जुम्ला । जुन विद्यालयको कक्षाकोठामा बसेर अक्षर चिनेका थिए हरिबहादुर बुढाले, अहिले उनी त्यहीँ पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्। विद्यार्थी हुँदा उनले यहीँबाट शिक्षाको पहिलो खुड्किलो चढेका थिए। २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्दै जीवनको बाटो पहिल्याए। समयले उनलाई फेरि त्यही विद्यालयमा पुर्‍यायो, जहाँबाट उनको भविष्यको जग बनेको थियो।




प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि आफूले के गर्न सक्छु?

यो व्यक्तिगत भावनामा मात्र सीमित रहेन। आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झिरहेका पूर्वविद्यार्थीलाई जोड्ने अभियान सुरु भयो। अहिले त्यो अभियान पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयमा ‘भूपू विद्यार्थी अक्षयकोष’का रूपमा अघि बढेको छ।

मानवशास्त्री डोरबहादुर विष्टले स्थापना गरेको यस विद्यालयमा अध्ययन गरेर विभिन्न सरकारी निकाय, व्यवसाय र सामाजिक क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीले नयाँ पुस्ताको शिक्षामा योगदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्। उनीहरूको सोच छ—आफूले पाएको शिक्षाको अवसर पछिल्लो पुस्ताले पनि पाओस्, आर्थिक अभावका कारण कसैले पढाइ छाड्नुपर्ने अवस्था नआओस्।

‘भूतपूर्व विद्यार्थीहरूको आशा आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही सहयोग गर्न पाइयोस्, यहाँबाट आर्जन गरेको ज्ञानको ऋण तिर्न पाइयोस् भन्ने हुँदो रहेछ,’ बुढा भन्छन्, ‘म पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी भएकाले ममा पनि त्यही भावना जागेको थियो।’

२०७५ सालमा सरुवा भएर विद्यालय आएपछि बुढाले पूर्वविद्यार्थी गगन बुढा, श्रवणकुमार महतारालगायतसँग यस विषयमा छलफल थालेका थिए। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुखसमेत रहेका महतारालगायत पूर्वविद्यार्थीसँग विद्यालयका लागि दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्नेबारे विमर्श भयो।

विद्यालयमा बेन्च, डेस्क वा भवन निर्माण गरेर तत्कालीन आवश्यकता पूरा गर्ने विकल्प पनि थियो। तर, त्यस्ता संरचना समयसँगै जीर्ण हुने र पुनः मर्मत गर्नुपर्ने भएकाले उनीहरूले स्थायी आर्थिक स्रोत निर्माण गर्ने उपाय रोजे। त्यसकै परिणाम हो, अक्षयकोष।

‘क्षणिक भौतिक संरचना बनाएर दुई–चार वर्षपछि फेरि मर्मत गर्नुपर्नेभन्दा विद्यालयको हित हुने, बालबालिकाको हित हुने र आजीवन महत्त्वपूर्ण भूमिका रहने कार्यक्रम गरौँ भन्ने सोच आयो,’ बुढा भन्छन्।

अक्षयकोषको मूलधन खर्च नगरी नेपाल सरकारबाट मान्यता प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दती खातामा राख्ने र त्यसबाट प्राप्त ब्याज छात्रवृत्तिमा खर्च गर्ने योजना छ। एसईई तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। जेहेन्दार, विपन्न, अपांगता भएका तथा टुहुरा विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

अहिलेसम्म ४१ जना पूर्वविद्यार्थी तथा सहयोगी यस अभियानमा जोडिएका छन्। संस्थापक सदस्यहरूको अभिलेखअनुसार दुई लाख ३० हजार दुई सय ९९ रुपैयाँ जम्मा भएको छ। ठूलो आर्थिक हैसियत भएका केही व्यक्तिको सहयोगभन्दा धेरै जनाको सामूहिक योगदानबाट विद्यालयको स्थायी शैक्षिक स्रोत निर्माण गर्ने प्रयास गरिएको छ।

विद्यालयले सात सदस्यीय समिति बनाएर कोष सञ्चालन, व्यवस्थापन र पारदर्शिताको व्यवस्था गरेको छ। छुट्टै आयव्ययको लेखा राख्ने, प्रत्येक आर्थिक वर्षमा लेखापरीक्षण गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।

तर, कोषबाट छात्रवृत्ति वितरण गर्दा उत्कृष्ट अंकलाई मात्र आधार बनाउन नहुने आवाजसमेत उठेको छ। समान अंक ल्याउने विद्यार्थीमध्ये आर्थिक तथा सामाजिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने पूर्वविद्यार्थी दलबहादुर महताराको सुझाव छ।
‘यो कुनै एउटा विद्यार्थीप्रतिको मात्र होइन, हाम्रो भविष्यप्रतिको साझा प्रतिबद्धता हो,’ उनी भन्छन्।

उनको भनाइमा अक्षयकोषको सफलता रकम सङ्कलनमा होइन, त्यसबाट विद्यार्थीको जीवनमा परिवर्तन ल्याउन सक्नुमा निर्भर हुन्छ। शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था र इच्छुक व्यक्तिलाई पनि अभियानमा सहभागी गराउनुपर्ने उनको सुझाव छ।

डब्लूएफपी दिवा खाजा कार्यक्रमका संयोजक कृष्ण थापा र वडा नम्बर ४ का अध्यक्ष कालीबहादुर ऐडीले पनि छात्रवृत्ति वितरणमा विपन्न विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। समान अंक ल्याउने विद्यार्थीको छनोट गर्दा उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्ने उनीहरूको धारणा छ।

विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षा क्षेत्रमा सक्रिय राजनीतिज्ञ रमन बुढाले निजी लगानीबाट पातारासीका विभिन्न विद्यालयमा फर्निचर, बेन्च र डेस्क सहयोग गर्दै आएका छन्। विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग गर्ने उनको प्रयास पनि आफूले शिक्षा पाएको विद्यालयप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

‘म यही स्कुलमा पढेर २०५६ सालमा एसएलसी उत्तीर्ण भएको हुँ,’ उनी भन्छन्, ‘अहिले यहाँसम्म पुर्‍याउने विद्यालयलाई म नमन गर्छु र सदैव सम्झिरहन्छु।’

पूर्वविद्यार्थी पञ्चकली बुढा पनि आफूले पाएको शिक्षा र संस्कारको प्रतिफल नयाँ पुस्तालाई दिन पाउनु सौभाग्य भएको बताउँछिन्।
‘हामी यही विद्यालयमा पढेर आफ्नो जीवनको बाटो पहिल्याएका हौँ। विद्यालयले दिएको शिक्षा र संस्कारले आज हामीलाई यहाँसम्म आइपुग्न सहयोग गरेको छ। आफूले पढेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीहरूको भविष्यका लागि केही गर्न पाउनु हाम्रो सौभाग्य हो,’ उनी भन्छिन्।
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
यो पनि पढौँ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस