एनप्याबसनको प्रत्याशी अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी घोषणा
१९ फागुन २०७८
•
२ मिनेट पाठ
एनप्याबसनको प्रत्याशी अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी घोषणा
निजी तथा आवासीय विद्यालय एशोसियसन (नेशनल प्याबसन)को आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको महाधिवेशनमा सुवास न्यौपानेले प्रत्याशी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।




एनप्याबसनका वर्तमान केन्द्रीय महासचिवमा आफूले सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको व्यहोरा अवगत गराउँदै न्यौपानेले आफ्नो उम्मेदवारी अध्यक्ष पदमा घोषणा गरेको बताएका छन्।  

काठमाडौंको होटेल याक एण्ड यतिमा बुधबार एक औपचारिक कार्यक्रम गरी उनले आफ्नो एजेण्डासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।  

हाल सरकारले ल्याउने तयारीमा रहेको संघीय शिक्षा ऐनमा नयाँ निजी विद्यालयहरुलाई संचालनमा रोक लगाउने नीति आफू अध्यक्ष भएसँगै संभव हुन नदिनेलगाएतका १३ बुँदे एजेण्डासहित उनले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेको बताए।  

उच्च शिक्षाको अध्ययनपछि विसं २०५४ सालमा काठमाडौंको पुरानो बानेश्वरमा निजी विद्यालय स्टयानफोर्ड इन्टरनेशनल स्कुलको संस्थापना गरी त्यसको संस्थापक प्राचार्यको रुपमा काम गरेसँगै नेपालको निजी क्षेत्रको शैक्षिक विकासमा आफ्नो सहभागिता र संङ्लग्नता रहेको उनको दाबी छ। हाल उनी फाउण्डर एजुकेटिभ डाइरेक्टरका रुपमा एपेक्स लाइफ स्कुल सरस्वतीनगर चावहिलमा कार्यरत छन्।

विसं २०६० सालमा एनप्याबसनको सदस्यता लिई २०६३ सालदेखि संगठनको विभिन्न भूमिकामा काम गर्ने क्रममा पहिलो पटक काठमाडौंको जिल्ला उपाध्यक्षमा तथा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएको गर्वका साथ सुनाए। यस संस्थामा आफ्नो लगन, प्रतिबद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण तेस्रो पटक पनि सर्वसम्मत काठमाडौंको जिल्ला अध्यक्ष भएर काम गर्ने भूमिका पाएको उनले जनाए।  

सरकारले उच्च शिक्षामा प्रदान गर्ने छात्रवृत्तिको विभेद अन्त्यका लागि पहल गर्ने, नयाँ निजी विद्यालयहरुलाई प्रतिस्पर्धी रुपमा संचालन गर्न तथा गराउने पहल गर्ने, निजी विद्यालयको हकहित र संरक्षण र यसको संवर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्नलगाएत १३ बुँदे घोषणापत्र जारी गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताए।  

‘समयसापेक्ष सिपमूलक र जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाउन, निजी र सामुदायिक विद्यालयबीचको फराकिलो तथा विभेदकारी नीतिको अन्त्य गर्न मेरो अध्यक्षमा उम्मेदवारी हो,’ न्यौपानेले भने, ‘निजीको सामाजिक र शैक्षिक योगदानलाई स्थापित, व्यवस्थित र समयानुकूल बनाउन मेरो उम्मेदारी आवश्यक छ।’

उनले अगाडि थप्छन्, ‘एनप्याबसनलाई सेवामूलक र व्यवसायिक संस्थाका रुपमा विकास गर्न, निजीका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक, हित, संरक्षण र संवर्द्धन गर्नुका साथै उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन पनि मेरो उम्मेदावारी अध्यक्ष पदमा हो।’
अर्को समाचार
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
५ घण्टा अघि
•
१ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
जुम्ला । जुन विद्यालयको कक्षाकोठामा बसेर अक्षर चिनेका थिए हरिबहादुर बुढाले, अहिले उनी त्यहीँ पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्। विद्यार्थी हुँदा उनले यहीँबाट शिक्षाको पहिलो खुड्किलो चढेका थिए। २०६५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्दै जीवनको बाटो पहिल्याए। समयले उनलाई फेरि त्यही विद्यालयमा पुर्‍यायो, जहाँबाट उनको भविष्यको जग बनेको थियो।




प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि आफूले के गर्न सक्छु?

यो व्यक्तिगत भावनामा मात्र सीमित रहेन। आफूले पढेको विद्यालयप्रतिको दायित्व सम्झिरहेका पूर्वविद्यार्थीलाई जोड्ने अभियान सुरु भयो। अहिले त्यो अभियान पातारासी गाउँपालिका–४, डिल्लीचौरस्थित ऋणमोक्ष माध्यमिक विद्यालयमा ‘भूपू विद्यार्थी अक्षयकोष’का रूपमा अघि बढेको छ।

मानवशास्त्री डोरबहादुर विष्टले स्थापना गरेको यस विद्यालयमा अध्ययन गरेर विभिन्न सरकारी निकाय, व्यवसाय र सामाजिक क्षेत्रमा स्थापित भएका पूर्वविद्यार्थीले नयाँ पुस्ताको शिक्षामा योगदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन्। उनीहरूको सोच छ—आफूले पाएको शिक्षाको अवसर पछिल्लो पुस्ताले पनि पाओस्, आर्थिक अभावका कारण कसैले पढाइ छाड्नुपर्ने अवस्था नआओस्।

‘भूतपूर्व विद्यार्थीहरूको आशा आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही सहयोग गर्न पाइयोस्, यहाँबाट आर्जन गरेको ज्ञानको ऋण तिर्न पाइयोस् भन्ने हुँदो रहेछ,’ बुढा भन्छन्, ‘म पनि यस विद्यालयको भूतपूर्व विद्यार्थी भएकाले ममा पनि त्यही भावना जागेको थियो।’

२०७५ सालमा सरुवा भएर विद्यालय आएपछि बुढाले पूर्वविद्यार्थी गगन बुढा, श्रवणकुमार महतारालगायतसँग यस विषयमा छलफल थालेका थिए। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुखसमेत रहेका महतारालगायत पूर्वविद्यार्थीसँग विद्यालयका लागि दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्नेबारे विमर्श भयो।

विद्यालयमा बेन्च, डेस्क वा भवन निर्माण गरेर तत्कालीन आवश्यकता पूरा गर्ने विकल्प पनि थियो। तर, त्यस्ता संरचना समयसँगै जीर्ण हुने र पुनः मर्मत गर्नुपर्ने भएकाले उनीहरूले स्थायी आर्थिक स्रोत निर्माण गर्ने उपाय रोजे। त्यसकै परिणाम हो, अक्षयकोष।

‘क्षणिक भौतिक संरचना बनाएर दुई–चार वर्षपछि फेरि मर्मत गर्नुपर्नेभन्दा विद्यालयको हित हुने, बालबालिकाको हित हुने र आजीवन महत्त्वपूर्ण भूमिका रहने कार्यक्रम गरौँ भन्ने सोच आयो,’ बुढा भन्छन्।

अक्षयकोषको मूलधन खर्च नगरी नेपाल सरकारबाट मान्यता प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा मुद्दती खातामा राख्ने र त्यसबाट प्राप्त ब्याज छात्रवृत्तिमा खर्च गर्ने योजना छ। एसईई तथा कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। जेहेन्दार, विपन्न, अपांगता भएका तथा टुहुरा विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

अहिलेसम्म ४१ जना पूर्वविद्यार्थी तथा सहयोगी यस अभियानमा जोडिएका छन्। संस्थापक सदस्यहरूको अभिलेखअनुसार दुई लाख ३० हजार दुई सय ९९ रुपैयाँ जम्मा भएको छ। ठूलो आर्थिक हैसियत भएका केही व्यक्तिको सहयोगभन्दा धेरै जनाको सामूहिक योगदानबाट विद्यालयको स्थायी शैक्षिक स्रोत निर्माण गर्ने प्रयास गरिएको छ।

विद्यालयले सात सदस्यीय समिति बनाएर कोष सञ्चालन, व्यवस्थापन र पारदर्शिताको व्यवस्था गरेको छ। छुट्टै आयव्ययको लेखा राख्ने, प्रत्येक आर्थिक वर्षमा लेखापरीक्षण गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।

तर, कोषबाट छात्रवृत्ति वितरण गर्दा उत्कृष्ट अंकलाई मात्र आधार बनाउन नहुने आवाजसमेत उठेको छ। समान अंक ल्याउने विद्यार्थीमध्ये आर्थिक तथा सामाजिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने पूर्वविद्यार्थी दलबहादुर महताराको सुझाव छ।
‘यो कुनै एउटा विद्यार्थीप्रतिको मात्र होइन, हाम्रो भविष्यप्रतिको साझा प्रतिबद्धता हो,’ उनी भन्छन्।

उनको भनाइमा अक्षयकोषको सफलता रकम सङ्कलनमा होइन, त्यसबाट विद्यार्थीको जीवनमा परिवर्तन ल्याउन सक्नुमा निर्भर हुन्छ। शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्था र इच्छुक व्यक्तिलाई पनि अभियानमा सहभागी गराउनुपर्ने उनको सुझाव छ।

डब्लूएफपी दिवा खाजा कार्यक्रमका संयोजक कृष्ण थापा र वडा नम्बर ४ का अध्यक्ष कालीबहादुर ऐडीले पनि छात्रवृत्ति वितरणमा विपन्न विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। समान अंक ल्याउने विद्यार्थीको छनोट गर्दा उनीहरूको आर्थिक तथा सामाजिक अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्ने उनीहरूको धारणा छ।

विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षा क्षेत्रमा सक्रिय राजनीतिज्ञ रमन बुढाले निजी लगानीबाट पातारासीका विभिन्न विद्यालयमा फर्निचर, बेन्च र डेस्क सहयोग गर्दै आएका छन्। विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग गर्ने उनको प्रयास पनि आफूले शिक्षा पाएको विद्यालयप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

‘म यही स्कुलमा पढेर २०५६ सालमा एसएलसी उत्तीर्ण भएको हुँ,’ उनी भन्छन्, ‘अहिले यहाँसम्म पुर्‍याउने विद्यालयलाई म नमन गर्छु र सदैव सम्झिरहन्छु।’

पूर्वविद्यार्थी पञ्चकली बुढा पनि आफूले पाएको शिक्षा र संस्कारको प्रतिफल नयाँ पुस्तालाई दिन पाउनु सौभाग्य भएको बताउँछिन्।
‘हामी यही विद्यालयमा पढेर आफ्नो जीवनको बाटो पहिल्याएका हौँ। विद्यालयले दिएको शिक्षा र संस्कारले आज हामीलाई यहाँसम्म आइपुग्न सहयोग गरेको छ। आफूले पढेको विद्यालय र त्यहाँ अध्ययनरत भाइबहिनीहरूको भविष्यका लागि केही गर्न पाउनु हाम्रो सौभाग्य हो,’ उनी भन्छिन्।
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
यो पनि पढौँ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस