भक्तपुरको ख्वप कलेज र ख्वप माविमा १० वर्षदेखि अनवरत सेवा गरिरहेका ११ जना शिक्षक कर्मचारीहरुलाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको छ। ख्वप माविको २२ औ, ख्वप कलेजको २० औं र शारदा क्याम्पसको ३१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह २०७८ मा उनीहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा ख्वप माविबाट सात जना छन् भने ख्वप कलेजबाट चार जना रहेका छन्। ख्वप माविबाट सम्मानित हुनेहरुमा अन्जना सुवाल, बलराम मुस्याख्व, विना बासी, मीना मचामसी, नीरा श्रेष्ठ, राम कासुला र रामसुन्दर पा श्रेष्ठ रहेका छन्। यस्तै ख्वप कलेजबाट सम्मानित हुनेहरुमा कृष्णराम किसी, रज्जु हाडा, रुपक खड्का र सुनिता गाइसी रहेका छन्। उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्।
वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारी घोषणको क्रम सुरु भएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं १० चितपोल निवासी ३३ वर्षीय युवा अधिवक्ता विक्रम थापाले स्वतन्त्रकोतर्फबाट शुक्रबार जिल्लाको सूर्यविनायक नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले आफूसहित नगरपालिकाको उपप्रमुख, नगरपालिकाका १० वटै वडाका सवै वडा अध्यक्षहरु, वडा सदस्यहरुसहितको सवै पदहरुमा उम्मेदवारी घोषणा हुने जनाए। तर पहिलो चरणमा उनले प्रमुखमा आफनै मात्रै उम्मेदवार घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणासँंगै उनले १९ बुँंदे घोषणापत्र पनि सार्वजनिक गरेका छन्। सम्मेलनमा पछिल्लो स्थानीय निकायको निर्वाचन एकजना सचेत मतदाताको हिसावले एमालेलाई भोट खसालेको बताउँंदै एमालेले जितको यो नगरपालिका भ्रष्टाचारको अखडा भएकोले आफूले उम्मेदवारी घोषणा गर्नुपरेको बताए।
पछिल्लो स्थानीय निकायको निर्वाचनमा उनी एमाले कार्यकर्ताको रहेको सम्मेलनमा उनले बताए। पछिल्लो स्थानीय निकायको निर्वाचनमा मेयर जितेका मेयर बासुदेव थापा पनि उनकै वडाबासी हुन्।