सानासाना नानीहरुको सानोसानो कुरामा पनि शिक्षक अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्। यसो गर्न सकिए मात्रै आफ्ना नानीहरुको सर्वागिन विकास हुनसक्ने उनीहरुको भनाइ थियो।
भक्तपुरस्थित एभरेष्ट इगलिश स्कुलले शनिबार नवआगन्तुक विद्यार्थीलाई गरेको स्वागत कार्यक्रममा संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले खल्तीमा हात राखेर हिडन नहुने, कुनै पनि चिज दिंदा लिंदा एक हातले नभई दुई हातले लिनुपर्ने, हरेक कुराकानीमा धन्यवाद दिई कृतज्ञता प्रकट गर्नेलगायतका ससाना कुरामा पनि नानीहरुलाई विशेष ध्यान दिएर सिकाउनुपर्ने बताए।
सो अवसरमा उनले स्कुलका विविध विषयमा जानकारी गराएका थिए। स्कुलले जन्मदिन कोष खडा गरी देशका दुर्गम स्कुलका विद्यार्थीलाई पुस्तक तथा अन्य स्टेशनरी सामान उपलव्ध गराई अभियान चलाइरहेकाबारे उनले चर्चा गरे। साथै स्कुलले खेर जाने सामानको पुनः प्रयोग गरी वेष्ट फ्रम वेष्ट अवधारणा अनुसार काम गर्दै आएको उनले जानकारी गराए। साथसाथै भक्तपुर नगरपालिकाले ल्याएको एक स्कुल एक सम्पदा सरसफाई अन्तर्गत आफ्नो स्कुलको भागमा परेको नजिकको हाकुफो हिटी (ढुंगेधारा)को सरसफाई कार्यक्रम पनि नियमित रुपमा गर्दै आएको उनले जानकारी गराए।
कार्यक्रममा संस्थापक प्रिन्सिपल राजभण्डारीले स्कुलका सम्पूर्ण परिवारहरुको परिचय गराए। स्कुलमा कार्यरत शिक्षक, कर्मचारी सबैलाई समूहसमूहमा मञ्चमा राखेर नामसहित परिचय दिलाएका थिए। आया दिदीहरु, सुरक्षाको समूह, प्रशासनको समूह अनि शिक्षकहरुको समूहलाई समूहसमूहमा राखी परिचय गराइएको थियो। साथै शिक्षकहरुमा पनि समूहसमूहमा विभाजन गरी साना नानीहरु, त्यो भन्दा माथिल्लो तहमा पढाउने शिक्षकशिक्षिकाहरु ऋनि मावि तहमा पढाउने शिक्षकहरुलाई छुट्टाछुट्टै समूहमा राखी परिचय दिलाइएको थियो।
यसले नयाँं अभिभावकहरुलाई भोलिका दिनमा कुनै समस्या भए राख्न सजिलो हुने विश्वास गरिएको छ। परिचयले स्कुल परिवार र अभिभावकबीच चिनापर्ची हुने र यसले पठनपाठन तथा विद्यार्थीको पढाईलाई अझ सहज बनाउने विश्वास गरिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्य, शिक्षासेवी एवं भक्तपुर नगरपालिका वडा नं ५ का निवर्तमान वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामीलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो। त्यस अवसरमा विद्यार्थीले गीत, नृत्य प्रदर्शन गरी मनोरञ्जन पनि दिलाएका थिए।