गेटा मेडिकल विश्वविद्यालय संचालन गर्न स्थानीयको माग
२१ जेष्ठ २०७९
•
६ मिनेट पाठ
गेटा मेडिकल विश्वविद्यालय संचालन गर्न स्थानीयको माग
कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेज संचालनका लागि निर्मित भवनमा मेडिकल विश्वविद्यालय स्थापना गर्नुपर्ने माग यहाँका बासिन्दाले राखेका छन्। मेडिकल कलेज संचालन संघर्ष समितिको आयोजनामा धनगढीमा भएको विज्ञहरुसहित नागरिक समाजको भेलाले गेटा मेडिकल विश्वविद्यालय संचालनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ।




सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज संचालनको विषय नसमेटिएपछि संघर्ष समिति गठन गरेर स्थानीय सडकमा उत्रेर बिभिन्न विरोधमा कार्यक्रमा गरेका थिए। प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र र स्थानीयको हस्ताक्षर संकलन गरेर समेत बुझाएका थिए। स्थानीयको विरोध प्रदर्शनले दबाब खेपेको सरकारले बजेट भाषणमा गेटा मेडिकल कलेज संचालनको कुरा उल्लेख गरेको छ। गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज संचालन गर्ने भनेर उल्लेख छ। बजेट भाषणमा अस्पष्ट भएको भन्दै स्थानीय बासिन्दा सन्तुष्ट छैनन्।

विरोधका कार्यक्रम भएपछि बजेट भाषण अघि कैलाली क्षेत्र नं ५ संघीय निर्वाचन क्षेत्र भएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सामाजिक सन्जाल फेसबुकमा लाइभ गर्दै प्रस्तावित गेटा मेडिकल कलेज संचालनका लागि ३ सय शैयाको अस्पताल ३ वर्ष संचालन भएमात्र मेडिकल कलेज संचालन गर्न मिल्ने भएकाले अस्पताल संचालन गर्ने निर्णय भैसकेकोले यो आन्दोलन देखेर अचम्म लागेको भनेकी थिइन्। बजेटमा गेटामा अस्पताल संचालन गर्ने कुरा पनि उल्लेख नहुँदा स्थानीय आक्रोशित र निराश छन्।

‘उच्चस्तरीय अध्ययन समितिले गेटा मेडिकल विश्वविद्यालय वा मेडिकल प्रतिष्ठान बनाउन भनेर सुझाव दिइसकेको छ। यस प्रदशेको जनताको चहाना पनि मेडिकल विश्वविद्यालय हो,’ मेडिकल कलेज संचालन संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले भने, ‘मोडिकल विश्वविद्यालय बनाउनु पर्ने माग पूरा नहुन्जेल हाम्रो विरोध र संघर्षका कार्यक्रम निरन्तर भैरहन्छन्।’

सुदूरपश्चिम विश्वविद्यालयमा स्वास्थ्य विभाग नै नभएकाले त्यस अन्तर्गत मेडिकल संचालन हुनेमा स्थानीयले शंका व्यक्त गरेका छन्। ‘सुदूरपश्चिम विश्वविद्यालयमा स्वास्थ्य विभाग नभएकाले त्यस अन्तर्गत वर्षौसम्म मेडिकल कलेज संचालन हुने अवस्था देखिँदैन,’ उनले भने।

तत्काल गेटामा अस्पताल संचालन र मेडिकल विश्वविद्यालय बनाउनु पर्ने दुई माग स्थानीयको छ।

‘माफियाको चलखेलमा गेटा मेडिकल संचालन नै नगर्ने भित्री नियत देखिन्छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘यहाँका बासिन्दा राम्रो अस्पताल नभएर भारतका र अन्यत्रका अस्पतामाल महंगो उपचार गर्नु परेको छ, तुरुन्त गेटामा अस्पताल संचालन हुनुपर्छ र मेडिकल विश्वविद्यालय बनाइनुपर्छ भन्ने हाम्रो माग हो।’

मेडिकल कलेज पूर्वाधार विकास समितिका तत्कालीन अध्यक्ष डा. चेत राज पन्तको संयोजकत्वमा गठित विज्ञहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र योजना आयोगका सहसचिव गरी १३ सदस्यीय उच्चस्तरीय अध्ययन समितिले गत असाेजमा अध्ययन गरेर सुझाव प्रतिबेदन बुझाएको थियो।

समितिमा सदस्य रहेका डा. गणेशबहादुर सिंह मेडिकल विश्वविद्यालय संचालन गर्न भनेर सुझाव बुझाएको बताउँछन्। ‘गेटामा मेडिकल विश्वविद्यालय संचालन गर्नु नै उपयुक्त हुन्छ,’ उनले भने, ‘यस बारेमा यस प्रदेशकै प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र अन्य राजनीतिक दलका यस प्रदेशका नेतालाई बुझाउनु पर्छ।’

निर्माणाधीन भवनमा मेडिकल विश्वविद्यालयको प्रारुपमा संचालन गर्न पहिलो प्राथमिकतामा राखेर समितिले प्रतिवेदनमा सुझाव दिएको उनले बताए। यहाँका बासिन्दाको माग रहेको र पिछडिएको यस प्रदेशमा मेडिकल विश्वविद्यालय आवश्यक रहेको उनको भनाइ छ।

गेटा मेडिकल विश्वविद्यालय संचालन भएमा नेपाल देशभरी तथा विदेशबाट समेत पढ्न विद्यार्थी आउने छन्। मेडिकल विश्वविद्यालय संचालन भएमा आफै निर्णय गरेर अन्य स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रम संचालन गर्न सकिने छ। अन्य प्रदेशमा प्रतिष्ठान भएपनि सुदूरपश्चिममा एक पनि छैन। यहाँ आफैले निर्णय गरेर अन्य शैक्षिक कार्यक्रम संचालन गर्न पनि मेडिकल विश्वविद्यालय आवश्यक रहेको विज्ञहरुको राय छ।

तीन दशकदेखिको सुदूरपश्चिमवासीको सपना  

करिव तीन दशकअघि सुदूरपश्चिमका जनताले गेटा मेडिकलको सपना देखेर अवाज उठाए। यहाँका जनताले माग गरेको एक दशकपछि विसं २०६६ मा सरकारले गेटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेर बजेट विनियोजन गर्यो। बिभिन्न अवरोध र लापरबाहीका कारण त्यसको दुई दशक बितिसक्दा मात्र भौतिक संरचना निर्माण लगायतको करिव ९० प्रतिशत काम सम्पन्न भएको छ। सुरुदेखि नै सुस्त गतिमा अघि बढेको प्रस्तावित गेटा मेडिकल कुन प्रारुपमा संचालन गर्ने भनेर सरकारले ऐन बनाउन चासो दिएको देखिएन।  

‘गेटा मेडिकल कलेज कुृन प्रारुपमा बनाउने भनेर सरकारले पहिले ऐन ल्याउनु पर्थ्याे,’ कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख सुरेन्द्र चन्द बताउँछन्।

करिव एक दशकअघि पनि गेटा मेडिकल कलेज कुन प्रारुपमा संचालन गर्ने भनेर अध्ययन समितिले पनि सुझाव प्रतिवेदन बुझाएको थियो।  

गेटा मेडिकल कलेज संचालन कुन प्रारुपमा गर्ने भनेर सरकारले ऐन नबनाउँदा उपकरण, जनशक्ति र मेडिकल कलेजभित्र आवश्यक अन्य सेटअपको काम गर्न नसकिएको मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा बताउँछन्। कैलालीको गेटामा मेडिकल संचालनका लागि भव्य संरचना निर्माण गरिएका छन्। गेटामा करिव साढे ४ अर्बको लागतमा ५१.८ हेक्टर क्षेत्रफलमा निर्माण भएका भवनहरुले झकिझकाउ भएको छ।  

अस्पताल, कलेज, छात्रवास, आवाश लगायत भवनहरु तयार भइसकेका छन्। अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवन लगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेको उनले बताए। अन्य ५ वटा भवन निर्माणको भैरहेका छन्। खानेपानी, विद्युत र फोहाेरमैला व्यवस्थापनको काम भने हुन बाँकी छ। ऐन आएर जनशक्ति र उपकरण लगायतको व्यवस्थापनको काम गर्ने बेलासम्म खानेपानी, विद्युत र फोहोरमैला व्यवस्थापन सवै काम सकिने पुजारा बताउँछन्।

मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो। सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन। स्थानीयले बन्चरो लगेर आफै रुख काटेर विरोध प्रदर्शन गरेका थिए। २०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो तर साइड विवादका कारण उक्त काम पनि अगाडि बढ्न सकेको थिएन। रुख कटानको आदेश पाएसँगै २०७३ वैशाखदेखि नयाँ संरचना निर्माणको काम सुरु भएको हो।  

सरकारको इच्छाशक्ति भएर निर्णय गरेमा गेटामा सुदूरपश्चिम प्रदेशका जनताको सपनाको रुपमा रहेको मेडिकल विश्वविद्यालय संचालन एक डेढ वर्षमै संचालन हुने अध्ययन समितिको निष्कर्ष रहेको डा. सिंह बताउँछन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस