विश्व वातावरण दिवसको अवसरमा आइतबार भक्तपुरस्थित ख्वप कलेजका विद्यार्थीले पोखरीको सरसफाई गरेका छन्। कलेजमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थीको अगुवाईमा उनीहरुले भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित भाज्या पोखरीको सरसफाई गरेका हुन्।
सधै हातमा कापी कलम मात्रै बोक्ने विद्यार्थीले हातमा कुचो, कोदालो आदी सामानहरु बोकेर पोखरी सरसफाईमा जुटेका हुन्। यसअघि उनीहरुले पृथ्वी संरक्षण गर्नुपर्ने समय यही हो, भावी पुस्ताको लागि पृथ्वी बचाऔँ, प्रदूषण घटाऔँ, फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौ जस्ता नारा लाउँदैं र्याली निकालेका थिए। कलेजबाट सुरु भएको र्याली देकोचा, याछें टोल, सुकुलढोका, पाँचतले मन्दिर, वंशगोपाल चोक भएर भक्तपुर नगर परिक्रमा गरी दुधपाटीमा रहेको भाज्यपोखरीमा पुगेको थियो। त्यहाँं पुगेपछि सहभागी विद्यार्थीहरुले भाज्या पोखरी सरसरफाईमा सहभागिता जनाएका थिए। त्यहाँं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित अर्काे टोली पनि सरसफाईमा रहेका थिए।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिझुक्छे र वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वलगायका व्यक्तिहरु सहभागी भएका थिए। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै ज्याख्वले वातवरण संरक्षण गर्न सबैले पहल गर्नुपर्ने बताए। भाज्य पोखरी नजिकै रहेर पुनः निर्माण भैसकेको रानीपोखरी र सिद्धपोखरी जस्तै पुनः निर्माणको पर्खाइमा रहेको उनले बताए। साथै आज सिथि नखः पर्व पनि रहेको र सिथि नखः पर्व नेवाः सभ्यता र संस्कार अनुरुप हरेक वर्ष पाटीपौवा, पोखरी, इनार, ढुङ्गेधारा र कुवाहरुलाई सरसफाई गर्ने उनले बताए। उनले पानीका श्रोतहरुको सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः पर्व मनाउँदै आएको र यसको छुट्टै विशेष महत्व रहेको पनि बताए।