परीक्षामा त्रिविको पटक–पटक चरम लापर्बाही
२८ असार २०७९
•
४ मिनेट पाठ
परीक्षामा त्रिविको पटक–पटक चरम लापर्बाही
त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू जागिर त्रिविमा खाने तर काम निजी कलेजको सेटिङमा गर्ने गरेको रहस्य खुलेको छ। त्रिविले हालै सञ्चालन गरेको व्यवस्थापन संकायको छैटौं सेमेस्टरको परीक्षाको प्रश्नपत्रमा भएको लापर्बाहीले त्रिविका प्राध्यापकहरू त्रिविका लागि निर्माण गर्ने प्रश्नपत्र निजी कलेजसँग सेटिङ गरी किनबेच गर्ने गरेको देखिएको छ। विद्यार्थीदोलनपछि व्यवस्थापन संकाय डिन कार्यालयले छानविन गर्दा त्रिविका लागि निर्माण गरिएको प्रश्नपत्र निर्माणकर्ताले निजी कलेजलाई उपलब्ध गराएको प्रमाािणत भएको डिन डिल्लीराज शर्माले बताए।  




त्रिभुवन विश्वविद्यालयले परीक्षाको प्रश्नपत्र निर्माणमा चरम लापरवाही गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार रजिस्ट्रार पेशल दाहाल र व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै तालाबन्दी गरेको छ। विश्वविद्यालयले जेठ–असार महिनाभित्रै सञ्चालन भएका विभिन्न तहका परीक्षाका प्रश्नपत्र निर्माणमा चारपटक त्रुटी गरी चरम लापर्बाही गरेको भए पनि जिम्मेवार पदाधिकारीले दोषीलाई कुनै कारबाही नगरेको भन्दै विद्यार्थीहरू त्रिविको विकृतिका विरुद्ध आन्दोलनमा उत्रेका छन्।  

सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यवस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिका तर्फबाट नेविसंघका नेता दीपक ओझाको नेतृत्वको टोली कीर्तिपुर पुगेर रजिस्ट्रार र व्यवस्थापन संकाय डिन कार्यालयमा ताला लगाएका छन्।  

विश्वविद्यालयले असार २२ गते व्यवस्थापन संकायको बिबिए छैटौं सेमेस्टरका लागि लिएको परीक्षा ‘एमजीटी २०३ अर्गनाइजेसन बिहाभियर’ को प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाका लागि लिएको परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको छ। यसैगरी असार २५ गते शनिबार बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एन्ड पोलटिक्स (एसओसि २०२) विषयको परीक्षाको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य प्रमाणित भएपछि व्यवस्थापन संकाय डिन कार्यालयले दुवै परीक्षा रद्ध गरिसकेको छ।

यसरी त्रिविले पटकपटक लापर्बाही गर्दै जाने र परीक्षा रद्ध हुँदा विद्यार्थीको भविष्य माथि नै गम्भीर खेलवाड भएको भन्दै नेविसंघले डिन डिल्लीराज शर्मा र परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार पेशल दाहालको राजीनामा माग गरी तालाबन्दी गरेका छन्।  

परीक्षामा जस्तो संवेदनशील कार्यमा पनि त्रिविका पदाधिकारीबाट पटकपटक लापर्बाही हुने र दोषीलाई कारबाही पनि नहुने त्रिविका पदाधिकारीहरूको गैरजिम्मेवार रवैयाप्रति विद्यार्थीहरू आक्रोशित बनेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जनाए।  

‘त्रिविका प्राध्यापकहरू जागिर त्रिविमा खाने, प्रश्नपत्र निर्माणका लागि थप रकम पनि लिने तर त्रिविको गरिमामाथि आँच आउने गरी निजी कलेजलाई प्रश्नपत्र बेच्ने काम गरिरहँदा समेत त्रिवि पदाधिकारी मौन बस्नु त्रिविको अहितमा छ,’ अध्यक्ष शेर्पाले भने, ‘जागिर त्रिविमा काम निजीमा गर्ने, निजी कलेजसँगको सेटिङमा प्रश्नपत्र बेच्ने कार्यले त्रिविका विद्यार्थीको मनोभावनामा गम्भीर आघात पुर्‍याएको छ।’ उनले चेतावनी दिए, ‘विद्यार्थीको भविष्य कुल्चने दुष्प्रयास गरिरहेका त्रिविका पदाधिकारीहरूले नैतिक आधारमा पनि राजीनामा दिनुपर्छ। राजीनामा नदिएसम्म आन्दोलन थप कडा गर्छौं।’

उता विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले व्यवस्थापन संकायको दुवै परीक्षाको प्रश्नपत्र निर्माणकर्ताले नै आफूले त्रिविका लागि निर्माण गरेको प्रश्नपत्र आफूले पढाउने निजी कलेजलाई समेत उपलब्ध गराएकाले समस्या उत्पन्न भएको स्वीकारेका छन्। उनले डिन कार्यालयले डा. रामजी गौतमको संयोजकत्वमा उच्च स्तरी छानबिन समिति गठन गरी छानबिन अघि बढाएको समेत जनाए। ‘प्रश्नपत्र निर्माण कर्ताबाट लापर्बाही भयो। वहाँहरूले त्रिविका लागि निर्माण गरेको प्रश्नपत्र आफूले पढाउने निजी कलेजको प्रिबोर्ड परीक्षामा समेत प्रयोग गर्नुभएको फेला पर्‍यो,’ डिन शर्माले नागरिकसँग भने, ‘प्रश्नपत्र लिक गर्ने तीनै प्राध्यापकलाई डिन कार्यालयले विभागीय कारबाही गरिसकेको छ।’ उनले थपे, ‘सोमबार बसेको त्रिवि कार्यकारी परिषद्ले समेत ती दोषी प्राध्यापकहरूलाई कारबाहीको निर्णय गरी सम्बन्धित कलेजहरूलाई परिपत्र गरिसकेको छ।

घटना छानविन गर्न कार्यकारी परिषद्ले उच्च स्तरीय छानबिन समिति गठन गरेको छ। समितिले प्रतिवेदन दिएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्छ।’ हाललाई ती प्राध्यापकहरूलाई कुनै परीक्षाको काममा संलग्न नगराउने कारबाही भएको उनले जनाए। यसैबीच नेकपा समाजवादी निकट अनेरास्ववियु विद्यार्थी संगठनले आफूहरूलाई भेट नदिएको निहुँमा उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस