समावेशी शिक्षा नहुँदा अपाङ्गता भएका बालबालिका विद्यालय बाहिरै
२७ साउन २०७९
•
३ मिनेट पाठ
समावेशी शिक्षा नहुँदा अपाङ्गता भएका बालबालिका विद्यालय बाहिरै
भरतपुर महानगरपालिका ७ कृष्णपूरकी सीता ओलीकी १२ वर्षीया छोरी अपाङ्गता छिन्। शारिरीक अपाङ्गता भएकी उनलाई पढ्ने इच्छा अधिक छ। तर, उनको स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।




‘छोरी हिड्डुल गर्न सक्दिनन्। उनलाई पढ्ने इच्छा धेरै छ। नजिक उपयुक्त विद्यालय नहुँदा पढ्न गएकी छैनन्,’ ओलीले भनिन्, ‘साथीहरुले पढेको देख्दा पढ्न खोज्छे। विद्यालय नजिक छैन।’ उनले केही समय क्षेत्रपुरमा रहेको विद्यालयमा छोरीलाई भर्ना समेत गरिदिएकी थिइन्। तर, यातायातमा समस्या भएपछि विद्यालय लैजान नसकेको उनले बताइन्।

यसरी नै चितवनमा अधिकांश अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर नै छन्। राष्ट्रिय बहिरा महासंघले गरेको अध्ययन अनुसार, भरतपुर र कालिका नगरपालिकामा गरेर अपाङ्गता भएका १११ जना बालबालिका विद्यालय बाहिर नै छन्। कालिका नगरपालिकामा सरकारी तथ्यांक अनुसार अपाङ्गता भएका बालबालिका ४९ जना छन्।

‘हामीले अध्ययन गर्दा ती मध्ये ३० जना बालबालिका विद्यालय बाहिर नै छन्,’ संस्थाकी तालिम अधिकृत अस्मिता शाक्यले भनिन्, ‘भरतपुर महानगर २५४ जनामा ८१ जना बालबालिका कहिल्यै विद्यालय नगएको पाएका छौँ।’

कानून र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ। तर,यहाँ  विद्यालयहरु अपाङ्गता मैत्री छैनन्। विद्यालयहरुले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा धेरै बालबालिका विद्यालय बाहिर भएको शाक्य बताउँछिन्।

‘अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ। नेत्रहिन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइ सम्बन्धि अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ,’ उनले भनिन्, ‘यस्तो सिकाइको व्यवस्था विद्यालयमा नहुँदा बालबालिका बाहिर बस्न बाध्य छन्।’

जिल्लामा बहिरा व्यक्तिका लागि माध्यमिक विद्यालय स्तरमा समेत पढाइ छैन्। यहाँ सात कक्षासम्म चितवन मावि र राप्तीको ब्रम्हनी आधारभूत विद्यालयले पढाई सञ्चालन गरेका छन्। तर, भएका विद्यालयहरुले पनि राम्रोसंग गुणस्तर बृद्धि नगरेको बताउँछिन्।

बहिरा महासंघ चितवनकी अध्यक्ष विष्णुकुमारी पौडेल। ‘हाम्रो लामो प्रयासमा चितवन माविमा २०७३सालदेखि बहिरा बालबालिकालाई पढाउन सुचारु भएको छ। विद्यार्थीको गुणस्तर, विद्यार्थीको शिक्षा, उनीहरुबाट आएको जवाफ दिने विषयबस्तुहरु त्यतिकै छ,’ उनले भनिन्, ‘यसको उत्तर दिने शिक्षक हुनुहुँदैन।’ बालबालिकालाई राखेर पढाउनका लागि विद्यालयले केही पहल नगरेको उनले बताइन्। माध्यमिक तह शिक्षा लिन धेरै बालबालिका बाहिरी जिल्ला जानुपरेको बताइन्।

राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारको अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चिता गरी शिक्षाको माध्यमबाट मर्यादित जीवन यापन गर्न समक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ। तर, कार्यान्वय हुन नसकेको राष्ट्रिय बहिरा महासंघका निरज गिरी बताउँछन्। ‘सांकेतिक भाषा, ब्रेन लिपि तथा वैकल्पिक माध्यमबाट उहाँहरुलाई पढाउनुपर्छ भन्ने छ,’ उनले भने, ‘सबै ठाउँमा लागू भएको छैन।’

अपाङ्गता भएका बालबालिकाहरू स्तरयुक्त र समावेशी शिक्षा प्राप्त गर्नमा गम्भीर व्यवधानहरू बेहोरिरहेको उनले बताए। चितवनका १४ वटा विद्यालयले अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आएको छ। यी विद्यालयमा २६० जना विद्यार्थी  छन्। तर, जटिल खालका अपाङ्गता भएका बालबालिका न्यून छन्। जिल्ला शिक्षा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदी विद्यालय बाहिर रहेका बालबालिकालाई अपाङ्गताको प्रकार हेरेर पढाउने काम गरिरहेको बताउँछन्।

‘स्थानीय तहमार्फत अपाङ्गता भएका बालबालिकालाई खोजेर पढाउने काम भएको छ। हामीले पनि विद्यालयमा सहजिकरण गरीरहेका छौँ,’ उनले भने, ‘कस्तो प्रकारको विशेष अपाङ्गता हो। त्यस्ता बालबालिकालाई छनोट गरेर विद्यालय पढाउने काम भैरहेको छ।’  
अर्को समाचार
अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय
२३ असार २०८२
•
२ मिनेट पाठ
अपाङ्गता भएका बालबालिकाका लागि समावेशी विद्यालय
तनहुँको आबुखैरेनी गाउँपालिकास्थित मित्रता समावेशी विद्यालय सञ्चालनमा आएको छ। 




अपाङ्गता बालबालिकाको शिक्षाका लागि सो विद्यालय सञ्चालनमा ल्याइएको हो। ‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्र आत्मसात् गर्दै अपाङ्गता भएका बालबालिका लक्षित विद्यालय आइतबारदेखि सञ्चालनमा ल्याइएको हो।

विद्यालयले फरक क्षमता भएका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ विधिमार्फत शिक्षा दिन सुरु गरेको विद्यालयका अध्यक्ष केपी अधिकारीले जानकारी दिए।

विद्यालयमा हाल २५ जना अपाङ्गता भएका विद्यार्थी भर्ना भएका छन्। यसै महिना विद्यार्थी सङ्ख्या ४० पुग्ने अनुमान छ।

हालको भौतिक संरचनाका कारण सम्पर्कमा आएका सबैलाई भर्ना गर्न नसकिएको भए पनि नयाँ भवन निर्माणसँगै थप बालबालिकालाई समेट्ने तयारी भइरहेको उनले बताए।

उनले भने, ‘यो विद्यालय अपाङ्गता भएका बालबालिकामात्र नभई जटिल र फरक प्रकृतिका विद्यार्थीहरूको लागि पनि सिकाइको साझा थलो हो। यहाँ शिक्षकहरूलाई समावेशी शिक्षा सम्बन्धी विशेष तालिम प्रदान गरिनेछ, जसले शिक्षा क्षेत्रमा कार्यरत मानव स्रोतलाई समावेशी शिक्षाको अनुभव र दक्षता प्रदान गर्नेछ।’

विद्यालयले शिक्षा मात्र नभई थेरापी सेवा, मनोपरामर्श सेवा तथा आधारभूत स्वास्थ्य उपचार सेवा समेत प्रदान गर्ने उनको भनाइ छ। विद्यालयले विशेषगरी न्यून आय भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखेको छ।

उनले भने, ‘विद्यालय कुनै निजी पहल नभई सार्वजनिक–सामुदायिक साझेदारीमा आधारित संस्था हो जसले शिक्षालाई हकको रूपमा व्यवहार गर्छ।’

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले समावेशी विद्यालयलाई थप व्यवस्थित बनाइने उल्लेख गरे। उनले भने, ‘मित्रता अपाङ्गता समावेशी विद्यालय हाम्रो पालिकाको शिक्षामा समानता र सहअस्तित्वको स्पष्ट प्रतिबिम्ब हो। हामी यसलाई नमूना समावेशी शिक्षाको केन्द्रको रूपमा विस्तार गर्न प्रतिबद्ध छौँ।’

अपाङ्गता भएका बालबालिकालाई अभिभावकसँगै विद्यालयको आवासमा राखी निश्चित समयका लागि अभिभावकलाई जीविकोपार्जन तथा अपाङ्गतामा आधारित सामुदायिक पुनः स्थापनामा जोड दिइने उनको भनाइ छ।

आँबुखैरेनी गाउँपालिकाका शिक्षा शाखा अधिकृत निर्मला कुँवरले समावेशी विद्यालय आँबुखैरेनीको मात्र नभई देशकै अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी स्थापना गरिएको जानकारी दिए।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस