आंफैले सिफारिस गरेको शिक्षालयको सिट निर्धारण गर्न अलमलमा आयोग
०३ भदौ २०७९
•
५ मिनेट पाठ
आंफैले सिफारिस गरेको शिक्षालयको सिट निर्धारण गर्न अलमलमा आयोग
चिकित्यसा शिक्षा आयोगको सिफारिसमा प्राविधिक शिक्षा र व्यवसायिक तालिम परिषद् (सिटिईभिटि)ले सम्बन्धन दिएको ६५ प्राविधिक शिक्षालयहरुको नयाँ भर्ना रोकिएको छ।  




आयोगले शिक्षालयहरुको सिट कोटा निर्धाराण गर्न नसक्दा यी शिक्षालयहरुको नयाँ विद्यार्थी भर्ना रोाकिएको हो। जबकी पुराना ३४ शिक्षालयहरुको भर्ना प्रकृया सुरु भइसकेको छ। सरकारको ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण धारको शिक्षा उपलब्ध गराउने नीति रहेको छ। तर चिकित्यसा शिक्षा आयोग र सिटिइभिटिको प्राविधिक शिक्षा व्यस्थापनमा  तालमेल अझै मिल्न नसक्दा स्वास्थ्य शिक्षा तर्फका समग्र शैक्षिक कार्यक्रमहरु प्रभावित बनेको छ।

सिटिइभिटिले समयमै स्तरनोन्नती गर्न अध्ययन अनुसन्धान गरि ६५ कलेज कक्षा संचालन गर्न योग्य रहेको भन्दै प्रमाणसहित सिफारिस आयोगलाई पठाएको ५ महिना बढी भइसकेको भए पनि अझै आयोगले भने सिट निर्धारण गर्न नसक्नुलाई सरोकारवालाहरुले आपत्ति जनाएका छन्।

एसइई नतिजा प्रकाशित भएको महिना दिन वित्नलाग्दा समेत आयोगले सिट निर्धाराण गर्न अलमलमा छ। सिट निर्धारण नभएकै कारण सिटिइभिटिले नयाँ भर्नाको लागि प्रवेश परीक्षा संचालनको प्रकृया अझै अघि बढाएको छैन।  

जसका कारण प्राविधिक शिक्षालयहरुले शैक्षिक सत्र २०७९/२०८०कालागि नयाँ विद्यार्थी भर्ना गर्न पाएका छैनन्। आयोग स्थापना भएपछि आयोगको ऐन २०७५ले प्राविधिकतर्फ स्वास्थ्य शिक्षा कार्यक्रमको १८ महिना टि एसएलसी खारेज गर्यो। तीन वर्षे डिप्लोमा कोर्षलाई मात्र स्वास्थ्य शिक्षा तर्फ मान्यता दिने व्यवस्था बन्यो।

आयोगको ऐनले नयाँ व्यवस्था गरेसाथै अर्को तर्फ  सिटिइभिटि ऐनको आधारमा खुलेका १ सय ३७ शिक्षालयका २ सय ३८ टिएसएलसी कार्यक्रम संचलान गर्ने संस्थाहरु स्तारोन्नती गर्नु पर्ने  व्यवस्था आयो। तीन वर्षसम्म बन्द समेत गरेरर उनीहरु आयोगको ऐन अनुसार स्तरनोन्नती तर्फ लागे। आयोगको ऐन अनुसार नै सिटिइभिटिले आयोगको सिफारिसमा स्तोरन्नती कार्यविधि बनाएर शैक्षिक संस्थाहरुको मापदन्ड तथा पूर्वाधारहरुको अध्ययन अनुगमन गरेर ६५ योग्य संस्थाको अनुमतिको लागि प्रस्ताव ०७८ फागुन ९ गतेनै आयोगमा पठाइसकेको सिटिइभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारीले जनाए।

‘चिकित्यसा शिक्षा आयोग ऐन २०७५को धारा १५ को उपधारा ४ र ५मा प्राविधिक शिक्षालयहरुको स्तोरन्नोती गरी मापदन्ड पुगेकाको हकमा ०७९/०८० देखि स्वास्थ्य शिक्षाका कार्यक्रम संचालन गर्न अनुमति दिनु पर्ने उल्लेख छ,’ उपाध्यक्ष अधिकारीले नागरिकसँग भने, ‘यही आधारमा सिटिइभिटिले कार्यविधि बनाएर विज्ञहरुको टोलिसहित पहिलो चरणमा ६५ संस्थाको अध्ययन अनुगमन गरि मापदण्ड पुगेको र कक्षा संचालनको अनुमति दिनु पर्ने सिफारिस आयोगमा बुझाएको गत वर्षको फागुन ९ गते नै हो।

प्रतिवेदन बुझाएको ५ महिना बढी भइसक्यो आयोगले अझै सिट कोटा निर्धारण गर्न ढिलाइ गरिरहेको छ।’ उनले थपे ‘यी ६५ शिक्षालयको त आयोगले समेत अनुगमन गरि प्रमाणित गरेको अवस्थामा पनि कोटा निर्धाणरण ढिलाई हुनुले सिटिइभिटि र आयोगको समन्वयमै कमी देखियो।

अब सिटिइभिटिले भर्नाको प्रकृया अघि बढाउन ढिला भइसक्यो।’ यसकासाथै सिटिइभिटिले २७ वटा संस्थाको स्तरोन्नतीको सिफारिससहित ०७८ माघ २२  गते र ४५ वटा संस्थाको समेत अध्ययन अनुसन्धान गरी स्तरनोन्नती गर्न योग्य रहेको समेत सिफारिस आयोगमा बुझाइ सकेको तर हालसम्म ति संस्थाहरुको समेत अयोगले कुनै टुँगो नलगाउँदा प्राविधिक शिक्षानै धरासायी बन्दै गएको उपाध्यक्ष अधिकारीको ठहर छ।

‘आयोगले स्वीकृति दिएरै खुलेका ६५ संस्थाको कोटा निर्धारण ढिलाईका कारण स्वास्थ्य शिक्षाका धेरै विद्यार्थी विदेशीने अवस्था बन्छ। किन भने एसइई पास भएका विद्यार्थीलाई भर्ना ढिलाइ भइसक्यो,’ उपाध्यक्ष अधिकारीले औल्याएँ ‘उनीहरु अब बिकल्प खोज्दै विदेशीने क्रम सुरु भएको छ। यस्तै अवस्था रहे नेपाली शिक्षालयले विद्यार्थी पाउन चुनौति खेप्नु पर्ने अवस्था आउन सक्छ।’

स्तरोन्नती गर्न  सबै मापदण्ड तयारीको लागि बैंकबाट ब्याजमा ऋण लिएर आफूहरुले सबै काम पूरा गरे पनि अझै नयाँ भर्ना प्रकृयामा ढिलाई गरेर आयोग र सिटिइभिटिले नीजि शैक्षिक संस्थालाई आर्थिक रुपमै जरजरको अवस्थामा पुर्याएको गुनासो निजि शिक्षालय संचालकहरुको छ।

सिटिइभिटिबाट नयाँ शैक्षिक सत्रकोलागि स्वास्थ्य शिक्षाका कक्षा संचालन अनुमति पाएका ६५ शिक्षालय मध्ये एक हो बिराटनगरको नेसनल इनस्टीच्युट अफ टेक्नोलोजी। यो शिक्षालयलाई आयोगको सिफारिसमै कार्यक्रम संचालन गर्न सिटिइभिटिले सम्बन्धन दिएको संचालक भगवान झाले बताए। तर कोटा निर्धारणको  एउटा मिटिङबाट टुँगाउने बिषयलाई ६ महिना लम्ब्याएर पनि कोटा निर्धारण गर्न नसक्नु आयोगको असक्षमता उजार भएको उनको आरोप छ।  

‘६५ वटै प्राविधिक शिक्षालयहरुको सबै भौतिक पुर्वाधार मापदन्ड लगाएतका सबै विषयबस्तुहरु आयोग र सिटिइभिटि दुबै निकायले अनुगमन गरिसकेका छन्। अनुगनमकै समयमा कोटा पनि निर्धारण गरेरै स्तरोन्तीको सिफारिस भएकै छ। सबै काम भएकैमा निर्णय गर्न किन ढिलाई ?,एउटा मिटिङबाट कोटा निर्धारणको काम सकिने विषयलाई लब्याउनु शिक्षा क्षेत्रकैलागि दुर्भाग्य हो , ’  संचालक झा भन्छन् ‘ परीक्षा संचालन, नतिजा प्रकासन, कोटा निर्धारण , शुल्क निर्धारण लगाएत मेडिकल काउन्सिलको सबै काम आयोगले जिम्मेवारीमा आएको छ।  

तर आयोगमा जनशक्ति अभाव देखिन्छ। राज्यले स्वास्थ्य नीतिमा जिल्लादेखि पालिकासम्म ५  देखि २५ बेडको अस्पताल बनाउने निति लिएको छ भने नर्सिङ पढाइने कलेजले सय बेडको अस्पताल बनाउने ब्यवस्था गरेको छ। यसकोलागि खपत हुने जनशक्ति खोई ? किन आयोग यस तर्फ ध्यन दिन सकेको छैन ? ’उनले औल्याए ‘हामीले सरकारी मापदन्ड पुरा गर्न बैंकबाट ब्यजामा रकम लिएर कलेजमा स्वास्थ्य शिक्षा पठनपाठन गराउन मापदन्ड पुरा समयमै गरयौ। तर कोटा निर्धारणमा किन ढिलाई भइरहेको ? के हाम्रा विद्यार्थी विदेश पठाउने आयोगको  नीति हो त ?’

उता आयोग भने आफूहरु कोटा निर्धारणबारे छलफलमै रहेको बताएको छ। आयोगका मापदन्ड र प्रत्यायन निर्देशनालयका  निर्देशक डा. दिलिप शर्माले ६५ बटा शिक्षालयको मापदण्ड पूरा भएको र कोटा निर्धारण बारे अझै आयोगमा छलफल भइरहेको जनाए।  

‘शिक्षालयहरुको कोटा निर्धारण गर्ने विषयमा निर्देशनालयले प्रत्ययन उपसमितिनै गठन गरेर प्रकृया अघि बढाएको छ,’ निर्देशक डा. शर्माले नागरिकसँग भने ‘समितिले कोटा निर्धारण बारे आइतबार पनि छलफल गरेको छ। अध्ययन भइरहेकै छ।’

सिटिइभिटिका प्रवक्ता बिनोद बडालका अनुसार आयोगबाट कोटा निर्धारण ढिलाइका कारण सिटिइभिटिले ६५ शिक्षालयको डिप्लामा तर्फका हेल्ट साहयक, फारमेसी, नेत्रसहायक, आर्युवेदसहायक, ल्याब टेक्निसियन,रेडियोलोजी, फिजियोथेरापीका नयाँ भर्ना रोकिएको हो।  
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस