शिक्षक कि शिक्षा विधेयक?
२५ असार २०८२
•
५ मिनेट पाठ
शिक्षक कि शिक्षा विधेयक?
एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको शिक्षा उपसमितिले शिक्षकको आवधिक बढुवा हुन तृतीय श्रेणीको १० वर्ष र दोस्रो तहको १२ वर्षमा हुने प्रावधान प्रस्ताव गरेको छ। यसका लागि शिक्षकले पाँच वर्षमा औसत ९० अंक ल्याउनुपर्ने प्रावधान राखिएकोमा शिक्षक महासंघले अंक हटाएर तोकिएबमोजिम राख्नुपर्ने भन्दै सरकारलाई दबाब दिएपछि आइतबारको विधेयक पारितको कार्यसूची नै प्रभावित भयो। सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षक बढुवाका विषयमा उपसमितिको प्रस्तावमा सहमति नजनाएपछि सांसदहरूबिच रस्साकस्सी भई संसदीय समिति बैठक नै स्थगित हुन पुग्यो।




शिक्षक महासंघले शिक्षक बढुवामा आवश्यक पर्ने अंक हटाउन दिएको दबाबमा सत्ताधारी दल कांग्रेसका प्रमुख सचेतक घिमिरेको समर्थनपछि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गर्न सरकारलाई दिएको समयमध्ये मंगलबारसम्म तीन दिन बितिसक्यो।

सभापति थापाले पटकपटक शिक्षक महासंघले सहमति गर्ने र अन्तिम समयमा आएर कुरा फेर्दै समितिलाई नै खेलौना बनाएको भन्दै आक्रोशसमेत पोखेका थिए। सरकारले संघीय संचरनाअनुसारको विद्यालय शिक्षा व्यवस्थापनका लागि ५४ वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा विधेयकबारे विश्लेषण गर्दा यो विधेयक विद्यालय शिक्षा विधेयक नभई शिक्षक विधेयक बनेको विज्ञहरूले औंल्याएका छन्।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिमा समितिमा छलफल भइरहेको विधेयक शिक्षकको मागमा आधारित भएकाले शिक्षकको मात्र विधेयक भएको छ। यसको प्रमुख कारण हालको विधेयक शिक्षकको सेवासुविधा, वृत्ति विकास, बढुवा, नियुक्तिलगायतमै केन्द्रित हुनु हो।

‘मैले शिक्षाविद्को हैसियतले मन्त्रालय र शिक्षक महासंघसँगको पटकपटक छलफलमा भनेकै थिएँ कि विद्यालय शिक्षाको मेजर कुरा विधेयकमा राखौं अनि शिक्षकको सेवासुविधा, सर्तलगायतका विषयवस्तु छुट्टै ऐनमा राखौं भनेको थिएँ, तर कसैले पनि मानेनन्। अहिले शिक्षा विधेयकले शिक्षक विधेयकका रूपमा लिएको छ’, शिक्षाविद् कोइरालाले नागरिकसँग भने।

पछिल्लो समय शिक्षकहरूले बढुवा सवालमा ९० अंक अनिवार्यको व्यवस्था हटाएर तोकिएबमोजिमको माग राख्दै शिक्षा विधेयकमा अड्को थापेका छन्। ‘विधेयकबारे गत असार १६ गते प्रतिनिधिसभामा छलफल भएर सबै विषय टुंगो लागिसकेको थियो’, शिक्षाविद् कोइरालाले औंल्याए, ‘तर अन्तिम समयमा आएर शिक्षक महासंघको पक्षबाट कांग्रेसका प्रमुख सचेतक घिमिरेले विधेयकमा वाधा खडा गरे। यो विद्यालय र विद्यार्थीको हितमा हुँदै होइन।’

शिक्षकको बढुवा र मूल्यांकन त आउट कम र आउट पुटका आधारमा हुनुपर्ने व्यवस्था पो गरिनुपर्ने उनको भनाइ छ। उनका अनुसार बढुवाको आधार पनि विद्यार्थीको सिकाइ उपलब्धिसँग जोडेरै गर्नुपर्छ।

मूल विधेयकमा शिक्षकको बढुवा सवालमा आन्तरिक प्रतियोगिता, कार्यक्षमताको मूल्यांकन र ज्येष्ठता र कायसम्पादन मूल्यांकनका आधारमा गरिनुपर्ने व्यवस्था गरेको थियो। यही आधारमा विधेयकको दफा ६१ को उपदफा २ मा व्यवस्था गरिएअनुसार आधारभूत तहको साधारणतर्फ जिल्लागत र आधारभूत तहको विषयगत तथा माध्यमिक तहतर्फ प्रदेशगत आधारमा बढुवा गरिने व्यवस्था गरिएको थियो। मूल विधेयकमा कार्यक्षमताको मूल्यांकनका आधारमा हुने बढुवाको आधार र त्यसको अंकबारे हेर्दा ज्येष्ठतावापत ३० अंकको व्यवस्था गरिएको थियो।

कार्यसम्पादन (विद्यार्थीको सिकाई उपलब्धि मूल्यांकन) ४० अंक, शैक्षिक योग्यतावापत २० अंक र तालिमवापत १० अंक तय गरेको थियो। कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई बढुवा गरिने मूल विधेयकको व्यवस्था नै ठिक रहे पनि शिक्षकहरूको दबाबमूलक आन्दोलनका कारण शिक्षा उपसमितिले शिक्षकको सहमतिअनुसार धेरै हेरफेर गरेको छ, जसअनुसार विधेयक पछिल्लो समय शिक्षकको मात्र हुन गएको शिक्षा मन्त्रालय कानुन शाखाका उपसचिव केदार कोइरालाले जनाए।

उपसमितिले तयार पारेको दस्तावेजमा ऐन प्रारम्भ हुँदाका बखत कार्यरत स्थायी शिक्षकको हकमा निज सेवा प्रवेश गर्दाको शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिने नयाँ प्रस्ताव गरेको छ। शिक्षकको बढुवा गर्दा आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था प्रस्ताव गरेको छ।

शिक्षकको पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १२ वर्ष र द्वितीय श्रेणीको पदमा १५ वर्ष सेवा अवधि पूरा गरेका शिक्षकलाई बढुवा गरिने उपसमितिले प्रस्ताव गर्‍यो। पछि मन्त्रालय र शिक्षकहरूसँग छलफलपछि मन्त्रालयले आवधिक बढुवा भन्ने शब्दको सट्टा ज्येष्ठता तथा कार्यसम्पादन भन्ने शब्द राख्ने प्रस्ताव गर्‍यो। ‘उपसमितिले पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा औसत ९० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने शिक्षकको आवधिक बढुवा नगर्ने सर्तसहितको व्यवस्था शिक्षा उपसमितिले गरेको छ’, उपसचिव कोइरालाले नागरिकसँग भने, ‘कार्य सम्पादन मूल्यांकनको सवालमा स्वमूल्यांकनवापत ६० अंक, सुपरिवेक्षकले दिन सक्ने अधिकतम अंक ३० र पुनरावलोकनवापत १० अंकको मन्त्रालयले प्रस्ताव गरेको छ। पछिल्लो समय शिक्षकहरूलाई बढुवाको अंक भारमा विमति हो। यसकारण विधेयक संसद्मा पेस हुन समय लागेको हो।’

उनले हालको शिक्षा विधेयक पूर्णतया शिक्षकको नियुक्ति, बढुवा, सेवासर्त तथा सुविधासँगै जोडिएको मन्त्रालयको अनुभव रहेको बताए। उनी भन्छन्, ‘विद्यार्थीको सिकाइ उपलब्धि गुणस्तरीय बनाउने, विद्यार्थीलाई सिकाउने, टिकाउने र अभिभावकको सवालमा विधेयकमा थोरै मात्र व्यवस्था छ।’

शिक्षामन्त्री रघुजी पन्तले शिक्षा विधेयकमा शिक्षक, विद्यार्थीकै विषयवस्तु समेटिएको र समग्र विद्यालय शिक्षाको सुधारको विषयवस्तु नै व्यवस्था हुन लागेको जनाए। ‘शिक्षा विधेयक मैले रोकेकै छैन। मेरो कारण रोकिएको पनि होइन’, मन्त्री पन्तले नागरिकसँग भने, ‘म एक्लैले पास गराउने पनि होइन। देश संघीयतामा गएपछि संघीयताअनुसारको नयाँ विद्यालय शिक्षा विधेयक ल्याउने मेरो पूर्ण प्रयास हो। ५४ वर्षअघिको शिक्षा ऐनले हालको विद्यालय संरचना र विद्यालय शिक्षा चल्न सक्दैन।’

विद्यालय शिक्षा सञ्चालन गर्न नयाँ विद्यालय शिक्षा विधेयक आवश्यक रहेको उनको भनाइ छ।
अर्को समाचार
सांसदको प्रश्न: विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कस्का लागि ?
१९ असोज २०८०
•
३ मिनेट पाठ
सांसदको प्रश्न: विद्यालय शिक्षा विधेयक शिक्षक र विद्यार्थी कस्का लागि ?
प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका छन्। विधेयक तर्जुमामा सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको उनीहरुको भनाइ छ।




प्रतिनिधिसभाको आजको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कुनै पनि देशका विकासका लागि स्वस्थ र शिक्षित जनशक्ति आवश्यक पर्ने भएकाले आत्मनिर्भर र सक्षम जनशक्ति उत्पादनलाई केन्द्रमा राखेर विधेयकलाई परिस्कृत गर्न सुझाव दिए।

पूर्वशिक्षामन्त्री केसीले मागीखाने नभई आत्मनिर्भर शिक्षा आवश्यक भएको भन्दै विद्यालयलाई राजनीतिक क्रिडास्थल नभई प्राज्ञिकस्थलका रुपमा विकसित गर्न विधेयकले सम्बोधन गर्नुपर्ने बताए।

नेकपा (एमाले) का सांसद विद्या भट्टराईले विधेयकलाई विद्यालय शिक्षा नभनी सङ्घीय शिक्षा विधेयकका रुपमा ल्याउनुपर्ने माग गरिन्। एमाले सांसद ऋषिकेश पोखरेलले विधेयकले शिक्षा क्षेत्रको विद्यमान समस्यालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरिन्।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संविधानले माध्यमिक शिक्षालाई निःशुल्क भनी गरेको मर्मलाई यस विधेयकमा व्यवस्थित गर्नुपर्ने माग गरे। उनले शिक्षकलाई निजामती कर्मचारीसरहको सेवा सुविधा दिनुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सरकारले जुनसुकै विधेयक तयार गर्दा सरोकारवालासँग पहिला छलफल गर्नुपर्नेमा विधेयक दर्ता भइसकेपछि आन्दोलन र सहमति हुनुपर्ने स्थिति सुखद् नभएको बताए। सोही पार्टीका सांसद निशा डाँगीले विसं २०२८ को शिक्षा ऐन विस्थापन हुन लागेका बेला सरोकारवालामा उत्साह हुनुपर्नेमा पर्याप्त गृहकार्य नभएकाले निराशा छाएको बताइन्।

एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले विधेयक र सहमतिका विषयलाई कसरी मिलाउने रु शैक्षिक क्षेत्रमा भएको निजीकरण र राजनीतिकरणलाई कसरी नियमन गर्ने भन्ने सवालमा केन्द्रित हुन आग्रह गरे। नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले विधेयक बनाउँदा गर्दा पर्याप्त गृहकार्य नहुनु यसको कमजोरी भएको बताए। विधेयकको मुख्य कार्यान्वयनकर्ता स्थानीय तह, नेपाल शिक्षक महासङ्घ, विद्यालय व्यवस्थापन समितिलगायतसँग छलफल गरिएको भए सडक आन्दोलन हुन नपर्ने बताए।

जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले लामो समयको प्रतिक्षापछि विधेयक आउनु सकारात्मक भएको उल्लेख गर्दै ठूला राजनीतिक दलका नेताहरु नै शिक्षाप्रति गम्भीर नहुनुले आन्दोलन उठ्ने तर भएका सहमति पालना नहुने स्थिति पैदा भएको बताइन्।

रास्वपाका सांसद गणेश पराजुलीले विधेयककले शिक्षाको गुणस्तर सुधारको खाका कोर्न नसकेकाले यसलाई पुनःलेखनको माग गरे। एमालेका सांसद महेशकुमार बर्तौलाले शिक्षक महासङ्घसँग गरिएका सहमतिका विषय विधेयकका अङ्ग बनाउन सरकार गम्भीर हुनुपर्ने बताए।

कांग्रेस सांसद तेजुलाल चौधरीले विधेयकले शिक्षकलाई बढी सम्बोधन गरेको भन्दै अभिभावक र विद्यार्थीका सवाललाई समेट्न नसकेको टिप्पणी गरे। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकको दुर्दशा हुनुमा शिक्षा प्रणालीमा समस्या रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले नलिएसम्म मुलुकको विकास नहुने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विधेयकले सम्पूर्ण विषय नसमेटेकाले यसलाई फिर्ता लिएर पुनःतर्जुमा गर्न माग गरे। कांग्रेस सांसद रामहरि खतिवडाले विद्यालयलाई बाहुबल प्रदर्शन गर्ने थलो नभई ज्ञान र विचार विमर्शको थलो बनाउन आग्रह गरे।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले शिक्षक सेवा आयोगको परीक्षामा संविधानमा भएका व्यवस्थाबमोजिम सबै जातीय समूहलाई समावेश गर्न माग गरे। सांसद डा अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समितिको आवश्यकता नभएको जिकिर गर्दै शिक्षकलाई प्रतिस्पर्धाका आधारमा स्थायी गर्न आग्रह गरे। एमालेकी विनिताकुमारी सिंहले मदरसा शिक्षालाई मूलप्रवाहमा ल्याउन माग गरिन्।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले विद्यालयको मुख्य लक्ष्य बालबालिकाको भविष्यलाई उज्ज्वल बनाउनप्रति विधेयक जिम्मेवार नभएको बताए। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस