बिरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल, १ वर्षमै सय बढीको सफल शल्यक्रिया
२० साउन २०८०
•
५ मिनेट पाठ
बिरामीको रोजाइमा बाजुरा जिल्ला अस्पताल, १ वर्षमै सय बढीको सफल शल्यक्रिया
बाजुरा जिल्ला अस्पतालमा उपचार हुँदै। फाइल तस्बीर
बाजुरा जिल्ला अस्पतालमा विरामीको चाप बढेको देखिन्छ। कुनै बेला अस्पताल नपुगी मेडिकलबाटै फर्किने विरामी पनि अस्पताल पुग्ने गरेका छन्। भने जटिल प्रकृतिको रोग समस्या भएकोहरु पनि बाजुरा जिल्ला अस्पताल अनिवार्य पुग्ने गरेका छन्। त्यसकै एउटै कारण हो, अस्पतालले सेवाको गुणस्तर सुधार गरेको छ।  




डाक्टर नबस्ने, उपचार सेवामा विश्वस्त हुन नसकिने र सामान्य चेकजाँच बाहेक अर्को सुविधा नपाइने आरोप सहन बाध्य बाजुरा जिल्ला अस्पताल केही वर्षयता धेरै फेरिएको छ। अति जोखिम र जटिल प्रकृतिको विरामीलाई बाहेक अन्य उपचार सेवा बाजुरा जिल्ला अस्पतालमै उपलब्ध भइरहेको कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन्।

विरामी आउने, पुर्जा लिने र सामान्य परामर्श बाहेक अन्य सेवा नपाउँदा हैरानी बेहोर्न बाध्य बाजुरा बासीका लागि पछिल्लो सयम उपचार सेवाको गुणस्तर र सेवा प्रवाहमा व्यापक सुधार भएको देखिन्छ। शल्यक्रिया देखि हाडजोर्नीको सफल उपचार बाजुरामा हुने गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्।

'डाक्टर बस्नै मान्दैनन्, सेवाको गुणस्तर नै छैन्, विरामी पुग्दा पनि उपचार पाउदैनन्, भन्ने अवस्थामा सुधार ल्याएका छौं, केही थप विशषेज्ञ डाक्टर ल्याएर नयाँ भवन हस्तान्त्रण हुने वित्तिकै थप सेवा विस्तार गर्छौ,' अध्यक्ष कार्कीले भने।

अस्पतालले सस्तो र सुलभ सेवा दिने गरेकोमा खप्तड छेडेदह गाउँपालिका ५ डोगडीका गजिरे बुढा सन्तुष्ट छन्। सात वर्षकी छोरीको हात भाँचीएपछि बुढा उपचार सेवाका लागि बाजुरा अस्पताल पुगेका थिए। यस अघि बयालगडा र धनगढी जाने गरेका थियौं, यो पटक बाजुरा अस्पतालमै हुन्छ भन्ने जानकारी पछि आएको र उपचार सेवा पाउँदा खुसी लागेको बुढाले बताएको छ।  

अस्पतालले २०७९ फागुन २३ गतेदेखि शल्यक्रिया सेवा सञ्चालन गरेको हो। हालसम्म ५० भन्दा बढी जटिल प्रकारका रोगहरुको उपचार जिल्ला अस्पताल बाजुरामै गरिएको सूचना अधिकारी नृपराज गिरीले बताएका छन्। केही समस्या देखियो, काम गर्दै जाँदा कमजोरी भएको विषयलाई मात्रै हाइलाइट गरिन्छ, राम्रा काम पनि धेरै भएका छन्, त्यसको प्रचार नै हुदैन्, अधिकारी गिरीले भने।

१ सय जना बढी हात खुट्टा भाँचीएका विरामीको मात्रै सफल उपचार गरिएको अस्पतालसँग तथ्याकं छ । विगतमा रिफर हुने करिव ९० प्रतिशत बढी विरामीलाई जिल्लामै उपचार गराउन सफल भएको दाबी सूचना अधिकारी गिरीको छ। हाल दैनिक १ सय माथि विरामी उपचारका लागि बाजुरा, हुम्ला, मुगु सहीतका जिल्लाबाट आउने गरेका छन्।  

रिफर गर्दा आर्थिक भार थपिन्थ्यो, समयमै भनेको अस्पतालमै लैजान विरामीका आफन्तसँग आर्थिक समस्या हुँदा ज्यान जाने जोखिम थियो। आफ्नै जिल्लामा उपचार पाउँदा खुसी लागेको बडीमालिका ६ की शान्ति बडुवालले बताएकी छन् । ऋण निकालेर उपचारका लागि जानु पर्ने, ठुलो आर्थिक नोक्सानी बेहोर्नु पर्ने बाध्यता हटेको बताउँछन्, बडुवाल।  

खप्तड छेडेदहका गजिरे बुढा र बडीमालिकाकी शान्ति बड्वाल उदारण मात्रै हुन्। उनी जस्तै सयै विरामीलाई सहज भएको छ। कर्मचारी व्यवस्थापन, भवनको अभाव र केही आर्थिक श्रोत व्यवस्थापन हुन नसक्दा समस्या देखिएपनि उपचार सेवामा कुनै कमी नभएको दाबी अस्पतालको छ।  

बाजुरा जिल्ला अस्पताल लामो समय देखि डाक्टर विहिन हुने समस्यामा गुज्रिएको थियो। काम गर्नका लागि कोही आउनै नमान्ने गरेको विगत यतिबेला बदलिएको छ। करार सेवाका लागि आएपनि ठुलो संख्यामा बिशषेज्ञ सहीत डाक्टरहरु सेवामा रहेकोमा विरामीलाई ठुलो सहयोग मिलेको छ।

केही दिन अगाडि मात्रै अस्पतालले अत्याधुनिक एक्सरे मेसिन सञ्चालन गरेको छ। अप्रेशन गर्नुपर्ने र हाड जोर्नीका विरामीलाई मेसिन सञ्चालनसँगै थप सहज भएको डाक्टर रोशन भट्टाराईले बताएका छन्। डाक्टर भट्टाराइ नै आएदेखि सय बढी हात जोर्नीका विरामीले जिल्लामै उपचार सेवा पाएका छन्। औजार उपकरण पनि अस्पतालमा एकपछि अर्को थपिदैं गएका छन्।  

यस अघि सामान्य चोट लागेको विरामीलाई पनि जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता थियो। जिल्लामा ८ जना चिकित्सकको दरबन्दी कायम छ। दरबन्दीमा कोही नभएपनि एकजना एमडिजिपी सहित १० जना मेडिकल अधिकृत गरी हाल ११ जना चिकित्सक सेवारत छन्।

अस्पतालमा ७८ जना करार सेवाका स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालको आन्तरिक श्रोतबाटै सेवा प्रवाह गर्नु पर्ने बाध्यताले भनेको जस्तो गर्न सकिएको छैन्, अझै थप व्यवस्थीत र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रयासरत रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्।

सीमित श्रोतसाधान, अप्रर्याप्त भवन संरचनाका बीच पनि अस्पतालको सेवा निकै प्रभावकारी र गुणस्तरीय रहेको छ। विरामी समेत सन्तुष्ट हुने गरेको पाइएको छ । अस्पतालसँग शब बहान र एम्बुलेन्स छ। तर एउटैले धेरै विरामी रिफर गरे लैजान र गाउँबाट विरामी बोकेर अस्पताल पुर्याउन समस्या छ । त्यही बाध्यताका कारण अधिकांश रिफर गरिएका विरामीले सार्वजनिक बस चढ्नु पर्ने बाध्यता छ।  

अस्पतालसँग भएको तथ्याकं अनुसार ४ बर्षको अवधीमा १२ जना सुत्केरीको मृत्यु भएको छ ।२०७६ सालमा ५ जना, २०७७ सालमा १ जना, २०७८ मा २ जना र २०७९ मा ४ जना सुत्केरीको मृत्यु भएको हो। निशुल्क एम्बुलेन्स सेवा सञ्चालनका लागि पनि अस्पताल लागि परेको छ।  

अस्पतालमा स्त्रीरोग विशषेज्ञ सेवा पनि छ। पाठेघर खसेका र यौनरोगसँग सम्बन्धीत समस्या भएका विरामीहरुका लागि जिल्ला बाहिर जानु पर्ने समस्या हटेको छ। गाउँका महिलाहरुले स्वास्थ्य कर्मीको अघि समस्या भन्न, अंग देखाउन लाज मान्ने गरेपनि सेवा लिनेको संख्या उल्लेख्य देखिन्छ।  

दन्त उपचार सेवा पनि सञ्चालनमा छ। आधुनिक औजार उपकरण सहीतको ल्याव र भिडियो एक्सरे सेवा सञ्चालन पछि झनै सहज भएको स्वास्थ्य कर्मीले बताउने गरेका छन्। डाक्टर नियमित बस्न थालेका छन्।  

उपचारका लागि जिल्ला बाहिर जाने गरेका विरामी पनि अस्पतालमै आउने गरेको अवस्था छ। यति हुनु भनेको अस्पतालको सेवा सुधार भएको प्रमाण हो, यस्लाई बढाउदै लैजानेमा विश्वस्त हुन कार्यालय प्रमुख डाक्टर मिलन जोशीको आग्रह छ।

सडक समस्याले समयमै विरामी अस्पताल पुर्याउने अवस्था छैन् । कोल्टीको हवाइ सेवा पनि प्रभावकारी छैन्। मौमस समस्या देखाएर आफू अनुकुल उडान भर्ने गरेको देखिन्छ। जुन कारण विरामीले समयमै उपचार नपाउने र अकालमै ज्यान गुमाउनु परेको अवस्था छ। यो समस्या हल हुने एउटै उपाय अस्पतालको सेवा सुधार गर्ने र सडक सञ्जाल प्रत्येक पालिकाबाट मार्तडीसम्म सडक सञ्चालन हुने गरि सुधार गर्नु बाहेक विकल्प देखिदैन्।  
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस