कामको पहिचान हुनुपर्ने सामुदायिक स्वास्थ्यकर्मीको माग
२८ फागुन २०८०
•
४ मिनेट पाठ
कामको पहिचान हुनुपर्ने सामुदायिक स्वास्थ्यकर्मीको माग
समाज, समुदाय र बालस्वास्थ्य सुधारका अथक मेहनत गरिरहेका सामुदायिक स्वास्थ्यकर्मी महिलालाई सशक्त बनाउन माग गरिएको छ। पब्लिक सर्भिसेज इन्टरनेसनल (पिएसआई) ले ११४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका सामुदयिक स्वास्थ्यकर्मीले भोग्दै आएका चुनौती तथा कठिनाइमाथि बनाइएको वृत्तचित्रसमेत सार्वजनिक गरेको छ।




महिला स्वास्थ्य स्वयंसेवक भनेर चिनिने सामुदायिक स्वास्थ्यकर्मीले समुदायलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य संस्थासँग जोड्ने काम गर्दै आएका छन्। आइतबार सार्वजनिक भिडियोमा उनीहरूको अनुभव तथा उपलब्धिबारे जानकारी दिइएको छ।

घरघर पुगेर उनीहरूले बालबालिकालाई समान्यतया आइपर्ने स्वास्थ्य समस्याहरूको पहिचान तथा उपचार गर्ने र झाडापखाला लागेकाहरूलाई पुनर्जलिय झोल (जीवनजल) वितरण गर्ने गरेका छन्, त्यस्तै जिंक चक्की प्रदान गर्ने र गर्भवती महिलाले सुत्केरी हुनुपूर्वको जाँच गरेको सुनिश्चितता गर्ने तथा नवजात शिशुहरूको स्वास्थ्यको बारेमा जानकारी लिने गर्छन्।

त्यति मात्र नभएर स्वास्थ्य सचेतनासम्बन्धी जानकारी प्रदान गर्ने र सरकारका विभिन्न कार्यक्रम तथा अभियानबारे सूचना तथा जानकारी प्रदान गर्नु पनि उनीहरूको जिम्मेवारीअन्तर्गत पर्छ। जिम्मेवारी निर्वाह गर्ने क्रममा स्रोतसाधनको अभाव, तालिमको कमी, जोखिमयुक्त कामलगायतका समस्या भोग्नुपरेको सामुदायिक स्वास्थ्यकर्मीको गुनासो छ।

उनीहरूलाई नियमित काम गर्ने श्रमिकका रूपमा स्वीकार गर्न मानिएको छैन र अन्य सरकारी कर्मचारीहरूले प्राप्त गर्ने मातृत्ववापतको सुविधा, पेन्सन, सामाजिक सुरक्षालगायतबाट वञ्चित गरेको नेपाल स्वास्थ्य स्वयंसेवक संघ (हिभोन) अध्यक्ष वसन्ती महर्जनले बताइन्।

नियमित तलब नपाएको र तोकिएको काम गरेबापत न्यून सुविधा पनि नदिएको उनले बताइन्। ‘कामको समयावधिअनुसार उच्च ज्यालाको स्केल बढाउनु पर्छ। ओभरटाइम गरेको खण्डमा मुलुकको कानुनअनुसार सोबापतको रकम भुक्तानी गर्नुपर्छ,’ उनले भनिन्, ‘मेरो नगरपालिकाले सामुदायिक स्वास्थ्यकर्मीलाई मासिक तीन हजार रकम दिन थालेको छ। थुप्रै ठाउँहरूमा सामुदायिक स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेवापत तलबका रूपमा एकसुको पनि पाएका छैनन्।’

समुदायमा आवश्यक पर्ने सामानहरू जस्तै टर्च लाइट, झोला र सुरक्षा सामग्री प्रदान गर्नुपर्ने माग उनीहरूको छ। यो शोषणपूर्ण अवस्था अन्त्य गर्न, आफ्नो अधिकारको आवाज उठाउन र सम्वन्धित सरकारी निकायसँग सामुदायिक स्वास्थ्यकर्मीहरू सम्वाद गर्न एक जुट भएका छन्।

सामुदायिक स्वास्थ्यकर्मीले आफ्नो संघर्षको माग गर्दै आएका केही सफलता पनि प्राप्त हुन थालेको छ। केही स्थानीय सरकारहरूले सामुदायिक स्वास्थ्यकर्मीहरूको योगदानको पहिचान र कदर गर्न थालेका छन्। यसै क्रममा नागार्जुन नगरपालिकाले आफ्नो क्षेत्रभित्र कार्यरत सामुदायिक स्वास्थ्यकर्मीलाई मासिक पाँच हजार रूपैंया उपलब्ध गराउन थालेको छ।

यसले सामुदायिक स्वास्थ्यकर्मीहरूले प्रदान गर्दै आएको अमूल्य सेवाको थोरै भएपनि कदर गरेको छ र उनीहरूको आर्थिक सुरक्षा तथा जीवनयापनमा केहि सहजता प्रदान गरेको छ।

त्यस्तै वागमति प्रदेशमा कार्यरत सामुदायिक स्वास्थ्यकर्मीहरूले प्रदेश सरकारबाट विमा सुविधा प्राप्त गरेका छन् जुन अर्को महत्त्वपूर्ण उपलउपलब्धि हो। यसले सामुदायिक स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य जांच लगायतमा मद्दत पुग्नुका साथै स्वास्थ्य सेवामा उनीहरूको पहुँचलाई सहज बनाएको छ।

यसैगरी बाँसगढी नगरपालिकाले हालै सामुदायिक स्वास्थ्यकर्मीहरूलाई सामाजिक सुरक्षा कोषमा सलग्न गराउने प्रतिबद्धता जनाएको छ। सामाजिक सुरक्षा कोषमा संलग्न गराइएपछि सो नगरपालिका क्षेत्रमा कार्यरत सामुदायिक स्वास्थ्यकर्मीहरूले स्वास्थ्य उपचार, मातृत्व सुरक्षा तथा वृद्धावस्थामा पेन्सनलगायतका सुविधा कोषबाट प्राप्त गर्नेछन्। यसैगरी आवश्यक परेमा उनीहरूले कुनै धितोविना नै १२ लाखसम्म ऋण लिन पाउने सुविधा पनि प्राप्त गर्नेछन्।

सामुदायिक स्वास्थ्यकर्मी हुनुमा खुसी छौं,’ नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) की अध्यक्ष गितादेवी थिङले भनिन्, ‘हामीलाई श्रमिकको रूपमा पहिचान गर्ने र हामीले गर्दै आएको कामलाई नियमित प्रकृतिको रूपमा स्थापित गर्ने अभियानको एक कदम हो भन्ने हामीले बुझेका छौं। हामीले कोभिड १९ को दौरान गरेको कामलाई बिर्सनु हुन्न। व्यक्तिगत सुरक्षाका साधनको अभावका वावजूद कोभिडको संक्रमण समुदायमा फैलिन नदिन हामीले मेरुदण्डको रूपमा काम गर्‍यौ।’

उनले थपिन्, ‘हामीले गरेको अथक प्रयासकै कारण नेपालमा मातृ र बाल मृत्युदरमा कमि आएको छ। हाम्रो अधिकारका लागि हामीसँग यस्ता पर्याप्त विषयहरू छन्।’ सामुदायिक स्वास्थ्यकर्मीको अधिकारका लागि निरन्तर अभियानहरू पिएसआई र यसका आवद्ध अन्य संगठनले सञ्चालन गरिरहेका छन्।

सन् २०२३ को अगष्टमा साझा मागपत्र तयार पारेर दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मीहरूको अधिकारको आवाज उठाएको स्मरण गराउन चाहेको उनीहरू बताउँछन्। सो दस्तावेजले दक्षिण एसियाका सामुदायिक स्वास्थ्यकर्मीहरूको प्राथमिकता प्रष्ट्याउने र उनीहरूको योगदानको कदर गर्दै सामुदायिक स्वास्थ्यकर्मीहरूप्रति निष्पक्ष व्यवहार गर्नुपर्नेमा जोड दिएको छ।

सामुदायिक स्वास्थ्यकर्मीहरूको सन्दर्भमा हालै प्राप्त उपलब्धिहरू उनीहरूको वर्षौंदेखिको समर्पण र योगदानको कदर भएको पिएसआईकी नेपाल परियोजना संयोजक जेनीजैन थापाले बताइन्।
अर्को समाचार
लैंगिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै
२५ फागुन २०८०
•
२ मिनेट पाठ
लैंगिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै
लैंगिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन्। एक सय १४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा सरोकारवालाबीच भएको छलफलमा सहभागीले सो कुरा बताएका हुन्।




राज्यले लैंगिक समानता तथा सशक्तीकरणका क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ‘लैंगिक समानता, सामाजिक समावेशीकरण एवं एचआइभी एड्ससम्बन्धी नीति र त्यसको कार्यान्वयनको अवस्था र भोलिको सोच’ विषयमा यहाँका सरोकारवालाबीच छलफल भएको थियो।  

मूल समारोह समिति एवं नगरस्तरीय लैंगिक हिंसा निगरानी सञ्जाल नेपालगञ्जका (लुम्बिनी प्रदेश) को आयोजनामा गरिएको उक्त छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले राज्यले तेस्रो लिंगीका लागि रोजगारीको व्यवस्था नगरे यौन व्यवसायको बाटो अपनाउन बाध्य हुने बताए। उनले तेस्रो लिंगीलाई पनि सम्मानपूर्वक जीवन बाँच्ने अधिकार भएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराए।

जिल्लास्थित विपन्न तथा गरिब परिवारका लागुऔषध प्रयोगकर्तालाई पुनःस्थापना केन्द्रमा राख्नलाई उपमहानगरले आफैं लगानी गरी सहयोग गरिरहेको उपप्रमुख राईले बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले महिला सशक्तीरकणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेको बताइन्। उनले उपमहानगरका २३ वडामध्ये १८ मा महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम पुगेको जानकारी दिइन्। साथै महिला सशक्तीकरणका लागि पाँचवटा सहकारी संस्था बनाइएको उनको भनाइ छ।

सेवा दिएर मात्र नहुने भन्दै व्यवस्थालाई उपयोगतर्फ लाग्न एएचएफ नेपालका ‘कन्ट्री प्रोग्राम म्यानेजर’ दिव्यराज जोशीले बताए। उक्त कार्यक्रममा डा. संकेत रिसालले सरकारले एचआइभी न्यूनीकरण गर्नका लागि ओसिएमसी (अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र) कार्यक्रम लागू गरिएको बताए। उनका अनुसार बाँकेको भेरी अस्पतालमा उक्त एकद्वार प्रणाली प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ।

भेरी अस्पतालमा आकस्मिक सेवाका रुपमा ओसिएमसी कार्यक्रम सञ्चालन भइरहेको डा. रिसालले जानकारी दिए। अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्रमा चिकित्सक, प्रहरी, वकिललगायत सबै सेवा एकै ठाउँबाट दिइँदै आइरहेको उनले बताए।

पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले झन्डै एक दशक पहिले र अहिले नेपालगञ्जमा तेस्रो लिंगीलाई गरिने हिंसामा न्यूनीकरण भएको बताइन्। विगत एक वर्षयता तेस्रो लिंगीलाई शारीरिक हिंसा नभई मानसिक हिंसा भइरहेको उनको भनाइ छ।

उनका अनुसार कोभिडको समयमा मानसिक हिंसाका कारण देशैभर ४३ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ। कार्यक्रममा सहभागीले बाँकेमा विशेष गरेर लागुपदार्थ सेवनकर्ताका श्रीमती घरेलु हिंसामा सिकार हुन गरेको बताएका थिए। –रासस
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस