कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
११ चैत्र २०८०
•
३ मिनेट पाठ
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।




आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्ध वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको प्रमुख स्वास्थ्य सूचकमा यो अवस्था देखिएको हो।

मन्त्रालयले सुरक्षित सुत्केरी, बालमृत्युको अवस्था, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र पोषणको अवस्थालगायत समेटी चालु आवसहित तीन आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको हो।

कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिका आर्थिक वर्ष २०७८/७९ मा ८८.६ प्रतिशत थियो। आव २०७९/८० मा घटेर ८३ प्रतिशतमा झरेको छ। चालु आवको पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरेका छन्।

त्यस्तै, कूल बालबालिकामध्ये कम तौल भएका दुई वर्ष मुनिका बालबालिका आव २०७८/७९ मा ४.१ प्रतिशत थियो। आव २०७९/८० मा ३.६ प्रशित रहेको छ। चालु आवको  पुस मसान्तसम्ममा २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ।

नवजात शिशुको मृत्यु सङ्ख्या आव २०७८/७९ मा दुई जना रहेकामा आव २०७९/८० मा शून्यमा झरेको तथ्याङ्क उल्लेख छ। तर चालु आवको पुस मसान्तसम्म छ जना मृत्यु भएको देखिएको छ।

पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु सङ्ख्या आव २०७८/७९ मा १० जना, आव २०७९/८० मा आठ जना र चालु आवको पुस मसान्तसम्म १० जनाको मृत्यु भएको तथ्याङ्कमा छ।  

आव २०७८/७९ मा मातृ मृत्यु सङ्ख्या १७ जना रहेको छ। आव २०७९/८० मा १६ जना छन्। चालु आवको पुससम्ममा छ जना आमाको मृत्यु भएको तथ्याङ्कमा देखिएको छ। परिवार नियोजनको साधनको प्रयोगदर आव २०७८/७९ मा १८.७ प्रतिशत, आव २०७९/८० मा १६.१ र चालु आवको पुस मसान्त सम्ममा १६.१ प्रतिशत रहेको पाइएको छ।

चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आर्थिक वर्ष २०७८/७९ मा ७२.३ रहेको थियो भने आव २०७९/८० मा बढेर ९८.३ प्रतिशत पुगेको छ। चालु आवको पुुस मसान्तसम्म ८५ प्रतिशत  पुगेको छ।

आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७८/७९ मा शून्यमा झरेको छ। त्यस्तै आव २०७९/८० मा ३४.६ प्रतिशत छ। चालु आवको पुस मसान्तसम्म ३१.४ प्रतिशत छ। सुत्केरीपश्चात् मापदण्डअनुसार तीन पटक जाँच गराउने आमा आव २०७८/७९ मा ५२.६ प्रतिशत रहेकामा आव २०७९/८० मा बढेर ५७.३ प्रतिशत पुगेको छ। चालु आवको पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनेको सङ्ख्या बढेको छ। आव २०७८/७९ मा ६९.८ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएकामा आव २०७९/८० मा ८३।६ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएका छन्। दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको सङ्ख्या आव २०७८/७९ मा ७०.१ रहेकामा २०७९/८० मा ७४.५ रहेको छ। चालु आवको पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको सङ्ख्या आव २०७८.७९ मा एक हजार छ सय ५२ जना थिए। आव २०७९/८० मा ८० जना घटेर एक हजार पाँच सय ७२ रहेको छ। चालु आवको पुस मशान्त सम्म छ सय ८५ मात्र क्षयरोगी रहेका छन्। कुष्ठरोगमा बिरामीको सङ्ख्या आव २०७८/७९ मा ६८ रहेकामा आव २०७९/८० मा ७३ र चालु आवको पुस मसान्तसम्म २८ जना छन्।

एचआइभी सङ्क्रमितको सङ्ख्या आव २०७८/७९ मा ७० जना थिए। आव २०७९/८० मा ५६ र चालु आवको मसान्तसम्ममा ४४ जना रहेको तथ्याङ्कमा उल्लेख छ। प्रदेशभरि बहिरङ स्वास्थ्य सेवा लिन आएका बिरामीको सङ्ख्या आव २०७८/७९ मा १०४.५ प्रतिशत, आव २०७९/८० मा ८४.७ प्रतिशत र चालु आवको पुस मसान्त सम्म ५३.४ प्रतिशत रहेको छ।

अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या आव २०७८/७९ मा ३.४ प्रतिशत, आव २०७९/८० मा ५.१ र चालु आवको पुस मसान्तसम्ममा ६.२ प्रतिशत रहेको देखिएको छ। प्रदेश सरकारले स्वास्थ्य सूचकमा सुधार ल्याउन भरमग्दुर प्रयास गरेको जनाएको छ।

कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई मुख्य उपलब्धिका रुपमा हेरिएको छ। विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। तीन तहका सरकारको सक्रियतासँगै कर्णालीका स्वास्थ्य अवस्था सुधार भएको मुख्यमन्त्री राजकुमार शर्माले बताए। भौगोलिक विकटताले गर्दा तोकिएका काम गर्न समय लागेको समेत मुख्यमन्त्री शर्माको भनाइ छ। -रासस
अर्को समाचार
बागमती प्रदेशमा थपिए ६७ करोडका योजना
०२ वैशाख २०८१
•
२ मिनेट पाठ
बागमती प्रदेशमा थपिए ६७ करोडका योजना
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ। प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो।




आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट उपलब्ध गराउनका लागि गत चैत १२ र २० गते दुईपटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणाली प्रविष्ट गर्न पत्राचार गरिएको मन्त्रालयका उपसचिव लक्ष्मी रिमालले बताइन्।  

उनले आर्थिक मामिला मन्त्रालयले अर्थ विविध शीर्षकमा रहेको बजेटबाट खर्च गर्न सकिने गरी योजना कार्यान्वयनका लागि पत्राचार गरेको जानकारी दिइन्।  

भइपरी आउने भनी राखिने विविध शीर्षकको रकमबाट खर्च गर्ने गरी योजना थप भएका छन्, रिमालले भनिन्,मन्त्रालयबाट प्रणालीमा योजना थपिएपछि बजेट उपलब्ध गराउँछौं। थपिएकामध्ये ३२ करोडको पूर्वाधारका योजना रहेको उनले जानकारी दिइन्।

भौतिक पूर्वाधार विकास कार्यालयले दिएको जानकारीअनुसार एक सय ६३ योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्ने गरी ३२ करोडको योजना थप भएर आएको छ।

थप गरिएका योजना कुलो, मन्दिर,आर्यघाटदेखि सडक निर्माणसम्मका रहेका छन्। 

सबै योजना भौतिक पूर्वाधार विकास मन्त्रालय,खानेपानी,ऊर्जा तथा सिँचाइ,पर्यटन,उद्योग तथा सहकारी, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित छन्। 

भौतिकमा सडक स्तरोन्नति तथा निर्माण, भवन,कुलो, कल्भर्ट,मन्दिर, आर्यघाट निर्माण तथा मर्मतका लागि योजना थपिएका छन्।

खानेपानी, ऊर्जा तथा सिँचाइमा खानेपानीका योजना, तरकारी बजार व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापनका टुक्रे योजना छन्।

पर्यटन मन्त्रालयमा संस्कृति तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, मन्दिर संरक्षणका कार्यक्रम,गुठी,पाटी, सत्तल, विहारका निर्माण तथा स्तरोन्नति,बाल उद्यान निर्माण गर्नेलगायत योजना थप भएको समितिको प्रतिवेदनमा जनाइएको छ।

सामाजिक विकास मन्त्रालयमा वितरणमुखी बजेट थप भएका छन्। लक्षित वर्गका लागि तालिम,गोष्ठी, सेमिनार,जनचेतनामूलक कार्यक्रम समावेश छन्। साथै विद्यालय सभाहल, शौचालय निर्माण, साना खेलका पूर्वाधार, फर्निचर खरिदलगायत योजना पनि थपिएका छन्।

वन तथा वातावरण मन्त्रालयको नदी नियन्त्रण तथा पर्खाल निर्माण, शिवपुरी जङ्गल सफारीका लागि पूर्वसम्भाव्यता अध्ययन गर्ने,रानीवनमा टुरिजम पार्क बनाउनेलगायत साना योजना समावेश छन्। आर्थिक मामिला मन्त्रालयसँग अर्थ विविध शीर्षकमा चार अर्ब २६ करोड ५० लाख तीन हजार ८५ बजेट छ।

जसमध्ये चालूतर्फ रु तीन अर्ब २७ करोड १३ लाख ८३ हजार ८५ र पुँजीगततर्फ ९९ करोड ३६ लाख २० हजार बजेट रहेको मन्त्रालयका उपसचिव रिमालले जानकारी दिइन्।-रासस
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस