आमा र शिशुको पोषणलाई ध्यानमा राखी टनेलपाल वितरण
२० असार २०८१
•
२ मिनेट पाठ
आमा र शिशुको पोषणलाई ध्यानमा राखी टनेलपाल वितरण
तस्बिर: गर्भवती आमालाई टर्नेलपाल वितरण
जुम्लाको गुठिचौर गाउँपालिकाका ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न टनेलपाल वितरण गरिएको छ। गाउँपालिका वडा नम्बर ३ का ३९ जना गर्भवती आमालाई आमा र शिशुको पोषणलाई सुधार गर्न प्रति व्याक्ति एक वटाका दरले टनेलपाल वितरण गरिएको हो।




हरियो सागपात खाने बानीको विकास गर्नका लागि टनेलपाल उपलब्ध गराइएको वडा सचिव पविता रोकाया ९बुढा० ले बताइन्। उनले भनिन्,एक हजार दिनका आमा र शिशुको पोषणमा सुधार ल्याउने उद्देश्य छ।’ ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउने कार्यलाई अगाडि बढाइएको वडा सचिव रोकाया बताउँछिन्।

गर्भवती र एक हजार दिनका आमाले पाएको टनेलपाललाई अन्य कामका लागि प्रयोग गर्ने गरेको पाइएकोले त्यसो नगरी पोषण परिवर्तनको लागि प्रयोग गर्न  वडा नम्बर ३ का वडाध्यक्ष ईन्द्र बुढाले आग्रह गरे। सरकारलाई लगानी गर्न उर्जा थप्ने कामतिर लाग्न पनि उनले सुझाव दिए।

उनका अनुसार, बजारमा पाइने बनिबनाउ खाना निरुत्साहित गर्दै अर्गानिक खानालाई प्रवर्द्धन गर्नुपर्ने जरुरी छ। वडालार्इ समृद्ध र सफल बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने उनले दाबी पनि गरे।

पोषणमा सुधार गर्नका लागी अर्को वर्ष पोषणमैत्री वडा बनाउन  यस्ता कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ।

वितरण गरेको टनेलपाललाई असोजको पहिलो हप्ताभित्र करेसाबारीमा हालि सक्नुपर्ने उनले बताए।

अनुगमनको क्रममा आमाहरु पौष्टिक आहारको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउने योजनासहित यो कार्यक्रम सुरु गरिएको उनले बताए।

गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि बारम्बार जनचेतना दिने गरिएको छ। टनेलपाल नदेखिए कारबाहीको दायरामा ल्याइने उनले चेतावनी समेत दिए।

बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले हुनु पनेृ भएकाले गर्भमा रहेदेखि नै बच्चा जन्मेको २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने गुठिचौर गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता जगि प्रसाद धितालले बताए।

जसमा गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरी २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ। यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी कुरामा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए। यो समयमा ‘हरेक बार खाना चार’ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा विशेष जोड दिन पनि उनले आग्रह गरे।

स्वास्थ्य संस्थामा ८ पटकको गर्भ जाँच अनिवार्य गर्नु भनिएको छ। वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतना दिने कार्यसमेत गरिएको छ। अन्न, गेडागुडी, घ्यु तेल माछा मासु र अण्डा, फलफुल सागपात र तरकारी जस्ता खाने कुरालाई प्राथामिकता दिनुपर्छ।
अर्को समाचार
‘एक वर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’
१४ भदौ २०८१
•
३ मिनेट पाठ
‘एक वर्षमा मकवानपुरमा आमा र नवजात शिशुको मृत्यु भएन’
विगत केही वर्षअघिसम्म घरमा सुत्केरी गराउने मकवानपुरका गर्भवती पछिल्लो समय स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउन थालेपछि मातृ मृत्युदर र शिुशु मृत्युदरमा केही सुधार आएको छ।




स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउनेको सङ्ख्या बढेका कारण मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले बताए।

स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले भत्तालगायत सुविधा दिनु, पछिल्लो समय बाटोघाटो बनेर यातायातको सहजता हुनु र स्वास्थ्य संस्थाप्रति विश्वास बढ्नुजस्ता कारणले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउने दर बढ्दै गएको हो।

घरमा सुत्केरी गराउँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेकाले पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्या पछिल्ला वर्षमा बढेको उनको भनाइ छ। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन।

आव २०८०/८१ मा ६६ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। आव २०७९/८० मा ७६ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी गराएको थियो। मकवानपुरबाहेक काठमाडौं, ललितपुर र भक्तपुरलगायत जिल्लाका स्वास्थ्य संस्थामा पुगेर पनि सुत्केरी गराउने गरेकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष सङ्ख्या केही कम देखिएको प्रमुख मिझारले जानकारी दिए।

यस्तै स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने गर्भवतीको सङ्ख्या पनि विगत वर्षको तुलनामा बढेको छ। गर्भजाँच कम्तीमा आठपटक गराउनुपर्ने हुन्छ। गर्भको नियमित जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७९/८० मा ३० प्रतिशत रहेकामा आव २०८०/८१ मा बढेर ४८ प्रतिशत पुगेको उनले बताए।स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउनेको सङ्ख्या शतप्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलाको सङ्ख्या ५६ प्रतिशतमात्र रहेको उनले बताए।

मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास हुँदै गएका कारण स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या बढेका कारण मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आएको उनले जानकारी दिए।  पुरानो सोच र चेतनाको अभावमा गर्भवती स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने प्रवृत्तिमा सुधार हुँदै गएकाले मातृ तथा नवजात शिशु मृत्युदर विस्तारै घट्दै गएको हेटौँडा अस्पतालका चिकित्सक डा बिदुर भण्डारीले बताए।

‘पहिला–पहिला थुप्रै समस्या थियो, चेतना पुगेको थिएन, दुर्गम ठाउँमा यातायात पुग्न सकेको थिएन’, डा भण्डारीले भने, ‘त्यही भएर गर्भवती अस्पताल नपुगी गाउँघरकै सुडेनीबाट सुत्केरी गराउने गर्दथे, जसका कारण थुप्रै आमा र बच्चाको मृत्यु हुन्थ्यो, अहिले धेरै सुधार आएको छ’, उनले भने।

अहिले धेरैको सोचमा परिवर्तन आएको छ, धेरैजसो गर्भवती नियमित गर्भजाँचसँगै स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउन थालेका छन्, जसले गर्दा आमा तथा नवजात शिशुको मृत्युदर कम भएको उनको भनाइ छ।

गर्भवतीलाई सुत्केरी गराउने क्रममा जटिलता आउन सक्ने कुरालाई दृष्टिगत गरी जिल्लाका बर्थिङ सेन्टरमा गर्भवतीका लागि प्रतिक्षा कक्षको व्यवस्था मिलाइएको छ। ‘गाउँमा गर्भवती बस्दा अचानक केही समस्या आउन सक्छ, त्यही भएर हामीले सुत्केरी हुनुभन्दा तीन–चार दिनअघि नै गर्भवतीलाई बर्थिङ सेन्टरमा बोलाउँछौँ’, मनहरी गाउँपालिका–४ स्थित बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी मीरा थापाले भने।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन वर्षअघिसम्म जिल्लामा ८३ प्रतिशत गर्भवतीले सामान्य सुत्केरी र १३ प्रतिशतले शल्यक्रिया विधिबाट सुत्केरी गराउने गरेकामा पछिल्लो आव २०८०/८१ मा सामान्य सुत्केरी गराउनेको सङ्ख्या ७७ प्रतिशमा झरेको र शल्यक्रिया विधिबाट सुत्केरी गराउनेको सङ्ख्या २२ प्रतिशत पुगेको छ।

तिथिमिति हेरेर सन्तान जन्माउने, पीडा झेल्न नसक्नेलगायत कारण पछिल्लो समय शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रम बढेको र यो चिन्ताको विषय भएको प्रमुख मिझारको भनाइ छ।-रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस