जापानिज इन्सेफलाईटीसबाट एकको मृत्यु,५ जना संक्रमित
२४ भदौ २०८१
•
१ मिनेट पाठ
जापानिज इन्सेफलाईटीसबाट एकको मृत्यु,५ जना संक्रमित
जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ । 




ईन्सेफलाईटीसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका राम शाहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरस्थित एक निजी विद्यालयमा अध्ययनरत गुरुको काठमाण्डौस्थित न्युरो अस्पतालमा उपचारका क्रममा एक साताअघि मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरीले बताए । उच्च ज्वरो आएर बेहोस अवस्थामा पुगे पछि २ साताअघि गुरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ १३ दिन उपचार गरे पनि सुधार नआएपछि थप उपचारका लागि न्युरो अस्पताल लगिएकोमा  ३ दिनपछि छोरा गुरुको मृत्यु भएको बुवा राम शाहायले बताए । 

जिल्लामा चालु आर्थिक वर्षभित्र  जापानिज इन्सेफलाईटीसका ५ संक्रमित भेटिएको उनले बताए । शुद्धोदन गाउँपालिकामा ३ वर्षीया बालिका, मायादेवी गाउँपालिकामा ३ वर्षीय बालक, कृष्ण नगर नगरपालिकामा १५ वर्षीय किशोर र कपिलवस्तु नगरपालिकामा ५ वर्षीय बालकमा जापानिज इन्सेफलाईटीसको संक्रमण देखिएको छ । पाँचमध्ये एक जनाको मृत्यु भएको हो । 

जापानिज इन्सेफलाईटीस क्युलेक्स नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हाँस, कुखुरा र बंगुरबाट लामखुट्टेले यो रोग सार्ने गर्दछ । जापानिज इन्सेफलाईटीस संक्रमित हुनेमा १ देखि १५ वर्षको उमेर समूहका बालबालिका जोखिममा पर्छन् । संक्रमितमा उच्च ज्वरो आउने, अचेत हुने, बर्बराउने लक्षण देखा पर्छन् । यसको संक्रमणबाट बच्न घर आँगन सफा राख्ने, खाल्टोमा पानी जम्न नदिने, झुल लगाएर सुत्नु पर्ने डाक्टरहरूको सुझाव छ । 
अर्को समाचार
मनसुन सुरु भएयता देशभर जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु
२६ भदौ २०८१
•
२ मिनेट पाठ
मनसुन सुरु भएयता देशभर जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु
मनसुन सुरु भएयता देशभरिमा जापानिज इन्सेफलाइटिसबाट नौ जनाको मृत्यु भएको छ। परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार यो रोगबाट कैलालीमा तीन र सुनसरीमा दुई तथा सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा एकएक जना गरी नौ जनाको मृत्यु भएको हो। यो वर्ष भदौको अन्तिम सातासम्म ५३ जनामा यो रोगको संक्रमण देखिएको छ। गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो। तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो।




गत वर्षको तुलनामा यो वर्ष कम संक्रमित भएको तथ्यांकले औंल्याए पनि मृत्यु संख्या भने यो वर्ष बढेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए। मृत्यु हुनेमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलिएकाहरू हुन्। संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका छन्। प्रतिरक्षा क्षमता कमजोर भएकाले बालबालिका बढी संक्रमित हुने र खोप नलिएका अन्य उमेरका मानिस पनि संक्रमित हुने बताइएको छ। धेरै जनाको मृत्यु भएपछि महाशाखाले बैठक राखेर खोप व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफलचलाइरहेको जनाइएको छ।

चिकित्सकका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमति लामखुट्टेले टोके मानिसमा यो रोगको संक्रमण हुन्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले यो रोग सार्छ। यो भाइरस भने सुँगुर, बंगुर, हाँसजस्ता घरपालुवा पशुपन्छीको शरीरमा लामो समय रहिरहन्छ । यस्ता पशुपन्छीलाई लामखुट्टेले टोकेर मानिसलाई पनि टोके यो रोग सर्छ। तर मानिसबाट मानिसमा यो रोग सर्दैन। यो रोगको संक्रमण भए कडा गरी टाउको दुख्ने, कडा ज्वरो आउने र मस्तिष्क सुन्निएर मानिस बिरामी बेहोससमेत हुन्छन। बेहोस भएकामध्ये कतिपय बिरामीको मृत्युसमेत हुन सक्छ। लक्षणअनुसार यसको उपचार गरिन्छ। उपचारपछि निको भए पनि पक्षाघात भई अपांगताको समस्या रहिरहन्छ।

यो रोग लागिसकेपछि निको नहुने र लागेकामध्ये ३० प्रतिशतको मृत्यु हुने जोखिम हुन्छ । तर यो रोगविरुद्धको खोप लिए यो रोगको जोखिम हुँदैन। नेपालले जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान चलाइसके पनि छुटेकाहरूमा संक्रमण भई मृत्यु भएको गौतमले बताए। अहिले छुटेकालाई खोप दिए पनि खोप शरीरमा पुगेर काम गर्न एक महिना लाग्ने भएकाले खोपको औचित्य नरहेको तर अर्को वर्षका लागि अहिल्यै खोप लिन सकिने डा. गौतमले बताए।

 सरकारले पहिला नै यो रोगविरुद्ध अभियान चलाइसकेको भएकाले बुस्टर डोज खोप दिन नसक्ने तर छुटेका बालबालिकाका हकमा नजिकको खोप केन्द्रबाट खोप लिन सक्ने व्यवस्था भएकाले एक वर्षभित्रका बालबालिकालाई नजिकको खोप केन्द्रमा गई खोप लिन उनले सुझाए। अन्य उमेर समूहको हकमा भने निजी क्लिनिकबाट किनेर यो रोगविरुद्धको खोप लिन सक्नेछन्। अहिले पनि गर्मी कायम रहेकाले थप एक महिना जापानिज इन्सेफलाटिस संक्रमणको जोखिम रहेकाले कुनै पनि लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ। यो लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, पूरा शरिर छोप्ने लुगा लगाउनेजस्ता उपाय अपनाउन सकिन्छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस