स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या
०९ असोज २०८१
•
२ मिनेट पाठ
स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।




अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्वास्थ्य बिमा बोर्डले दश महिनादेखि  दुई करोड ७५ लाख भुक्तानी नगर्दा अन्य सेवासहित चिकित्सक, स्वास्थ्यकर्मीलाई तलब खुवाउन र व्यवस्थापकीय काम प्रभावित भएको बताए। “बोर्डले बिमित बिरामीको औषधि उपचारबापतको रकम समयमा भुक्तानी नगर्दा खर्च धान्न मुस्किल हुन थालेको छ”, उनले भने, “रकम अभावका कारण अस्पतालको सेवा प्रभावित बन्दै गएको हो ।”

स्वास्थ्य बिमा गरेका बिरामीको औषधि उपचार गरेबापत बोर्डले उक्त रकम सम्बन्धित अस्पताललाई भुक्तानी गर्नुपर्ने प्रावधान छ । व्यवस्थापन समितिको कोषबाट दश महिनासम्म बजेट व्यवस्थापन गरिँदै आइएको सेवेदीले बताए । उनका अनुसार गत वर्ष तीन करोड मौज्दात रहेको समितिको खाता अहिले रित्तिने अवस्थामा पुगेको छ ।

बिमा बोर्डले भुक्तानीमा ढिलाइ गर्दा औषधि खरिद, व्यवस्थापन समितिअन्तगर्तका चिकित्सक, स्वास्थ्यकर्मीको तलब, भत्ता उपलब्ध गराउन बजेट अभाव भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डन डा अञ्जु थापाले बताइन  । म्याग्दीका १३ हजार तीन सय ६२ परिवार स्वास्थ्य बिमामा आवद्ध छन् । विसं २०७३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । दरवाङ आधारभूत अस्पताल र बेनी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका छन् ।

सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए भन्दै उक्त रकम बर्सेनि भुक्तानी लिन भने समस्या हुने गरेको अस्पतालका प्रमुख थापाले बताइन । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका प्रमुख उपेन्द्र बरालले बेनी अस्पतालको समस्याका विषयमा केन्द्रिय कार्यालयमा जानकारी गराइएको जानकारी दिए ।

एक परिवारका लागि  तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले एक लाख बराबरको बिमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रतिसदस्य थप  सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम्  दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । 
अर्को समाचार
भरतपुर अस्पतालले बिमाबापतको ५० करोड भुक्तानी पाएन
१२ वैशाख २०८२
•
३ मिनेट पाठ
भरतपुर अस्पतालले बिमाबापतको ५० करोड भुक्तानी पाएन
चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ। स्वास्थ्य बिमा बोर्डले पचास करोड रूपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको जानकारी अस्पतालले दिएको छ। आर्थिक अभावका कारण बिमा रकममार्फत दिइने सेवा हटाउँदै गएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा। डा कृष्णप्रसाद पौडेलले बताए।




‘असारसम्मको पचास करोड बढी बिमा रकम हामीले पाएका छैनौं’, बिहीबार भरतपुर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भने, ‘हामीले नियमित सेवा दिन सक्दैनौं।’

उनका अनुसार अस्पतालले बिमाबापत प्रदान गर्दै आएको २४ प्रकारका प्रयोगशाला सेवा हटाइएको छ। केही समय रोकिएमा अस्पतालले औषधि दिन नसक्ने उनले बताए।

अहिलेसम्म अस्पताल विकास समितिको बजेटबाट खर्च मिलान गरिएको छ। अस्पताल विकास समितिको कोषमा पनि बजेट सकिँदै गएको बताउँदै डा। पौडेलले सरकारले रकम उपलब्ध नगराए सेवाहरू रोक्नुको विकल्प नहुने बताए। उनका अनुसार अस्पतालले फागुन महिनादेखिको औषधि तथा अस्पतालजन्य उपकरण खरिद गरेको रकम तिर्न बाँकी छ। औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी नपाएपछि सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उनले बताए। ‘हामीले फागुन महिनादेखि खरिद गरिँदै आएको औषधिको पैसा तिर्न सकेका छैनौं। हामीसँग औषधि तथा अस्पतालजन्य उपकरणहरू सकिरहन्छ’, उनले भने, ‘पेमेन्ट नभएपछि उहाँहरूले रोक्छु भन्नुभएको छ।’

औषधि र स्वास्थ्य सामग्री सप्लायर्सलाई अस्पतालले १२ करोड रूपैयाँ हाराहारीमा तिर्न बाँकी रहेको उनले बताए।

बिमा बोर्डले असार महिनापछि ३७ करोड हाराहारी भुक्तानी गरेको थियो। त्यसयता थपिँदै पचास करोड बढी पुगेको हो। अस्पतालले प्रत्येक महिना ६ करोड रूपैयाँ बराबरको सेवा दिँदै आएको छ। आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको अस्पतालका अध्यक्ष राजु पौडेलले बताए। ‘अधिकांश हामीले किनेर खर्च गर्नुपरेको अवस्था छ, अध्यक्ष पौडेलले भने, ‘अस्पतालले कहिलेसम्म सामान किनेर उपचार गर्न सक्ला र?’

भरतपुर अस्पतालमा सरकारी दरबन्दी र अस्पताल विकास समितिमा गरेर एक हजार दुई सय पचास कर्मचारी छन्। विकास समितिका आठ सय कर्मचारीलाई तलब खुवाउन मात्रै मासिक साढे चार करोड रूपैयाँ खर्च हुने गरेको उनले बताए।

बिमा बोर्डलाई अस्पतालको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएको अध्यक्ष पौडेलले बताए। ‘हामीले स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य बिमा बोर्डका अध्यक्षलाई पनि पटक पटक भेटेर भनेका छौं,’ उनले भने, ‘तत्काल दिने कुनै आश्वासन पाएका छैनौं।’

बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेसन सेवासमेत दिनुपरेकाले खर्च धान्न कठिन भइरहेको छ। ‘अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका छन्। दैनिक एक हजार पाँच सय बिरामी बिमा अन्तरगतका हुन्छन्,’ बिमा शाखा प्रमुख लीलाधर पौडेलले भने ‘साउनदेखि हालसम्म इसिजीमा मात्र एक करोड बढी खर्च भएको छ।’

बिमाको सेवा नरोक्ने हो भने अस्पताललाई भार अझ थपिँदै जान्छ।’ बिमा रकम भुक्तानी नभएपछि देशका कतिपय अस्पतालले बिमाको सेवा नै बन्द गरेका छन्। यही अवस्थामा गए यहाँ पनि हटाउनुपर्ने बेला आउने अस्पतालले बताएको छ।

भरतपुर अस्पतालमा २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो। गत असार मसान्तसम्ममा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको थियो।

१० लाख ३५ हजार एक सय १५ पटक सेवा लिएका थिए। भरतपुर अस्पतालमा एक दर्जन बढी जिल्लाका बिमाका बिरामी उपचारका लागि आउने गर्दछन्। भरतपुर सबैभन्दा बढी बिरामी आउने गर्दछन्। मकवानपुर, तनहुँ र गोरखा लगातका जिल्लाबाट पनि बिमाको उपचार गर्न आउने गर्दछन्।  
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस