भक्तपुर जिल्ला डेङगूको उच्च जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्। जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका अनुसार जिल्लामा डेङगूको अवस्था भयावह छ।
कार्यालयले राखेको तथ्याङ्क अनुसार जिल्लाका चार वटा नगरपालिकाहरू मध्ये दुई वटा नगरपालिकाहरूमा डेङगूको जोखिम उच्च छ। भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा डेङगूकोे जोखिम उच्च रहेको तथ्याङ्क कार्यालयले दिएको छ।
कार्यालयका डेङगू हेर्ने अधिकृत दीपक अच्छामीले भक्तपुरमा हालसम्म एक हजार सात सय २९ जनामा डेङगू देखिएको जानकारी गराए। उनले भने, यो हामीसँग प्राप्त डाटा मात्रै हो, खास त न्यूनतम पनि यहाँ बिरामीहरूको संख्या यो भन्दा पनि तेब्बर बढी छ।
आफूहरुकहाँं सरकारी अस्पतालबाहेक निजी पोलिक्लिनिक, मेडिकलहरूबाट परीक्षण गरी पोजेटिभ देखिएकाहरूको तथ्याङ्क नभएकाले वास्तविक पीडित यो भन्दा पनि कम्तीमा तेब्बर रहेको उनको भनाई छ। उनका अनुसार परीक्षण नगरेर पनि तथ्याङ्क नदेखिएहरुको संख्या उतिकै बढी छ।
तथ्याङ्क अनुसार जिल्लामा महिला र पुरुषहरूमध्ये सबैभन्दा बढी पुरुषहरू डेङगूको जोखिममा रहेका छन् । जिल्लामा कुल नौ सय ३३ पुरुष र सात सय ९६ महिला डेङगूका रोगी छन्। उच्च जोखिममा रहेका नगरपालिकाहरू मध्ये पनि भक्तपुर नगरपालिका क्षेत्रमा डेङगूको जोखिम सबैभन्दा बढी उच्च रहेको छ । तथ्याङ्क अनुसार भक्तपुर नगरपालिका क्षेत्रमा चार सय १६ जना पुरुष र तीन सय ६६ जना महिला गरी कुल सात सय ८२ जना डेङगूका पीडित छन् । त्यसपछि दोश्रो धेरै पीडित मध्यपुर नगरपालिका क्षेत्र छ। यहाँ कुल चार सय ७७ डेङगूका बिरामीहरूमध्ये दुई सय ५६ पुरुष र दुई सय २१ महिला डेङगूका बिरामी रहेका छन्।
जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले आइतबार पत्रकारहरुसँंग गरेको अन्तरक्रियामा नयाँ नगरपालिकाका रुपमा रहेका सुर्यविनायक र चाँगुनारायणमा परीक्षण नगरेकाले कम संख्या देखाएको बताए । जिल्लामा चल्ने भनेको भक्तपुर, ख्वप र कोरियामैत्री नगरपालिका अस्पताल हो, उनले भने, यी तीनमध्ये भक्तपुर र ख्वपमा भक्तपुर नगर बासी र कोरियामैत्री नगरपालिका मध्यपुर थिमिबासीको नजिकका भएकाले उनीहरुले ती अस्पतालहरूमा परीक्षण गरेकाले त्यहाँ बढी बिरामी देखिएका हुन्। सूर्य विनायक र चाँगुनारायण नगरपालिका क्षेत्रका बासीहरूले भने यी तीनबाहेक निजी तथा काठमाडौंका अस्पतालहरूमा परीक्षण गराएकाले ती दुई नगरपालिकाहरूमा बिरामीको संख्या कम देखाएको दाबी उनले गरे।
डेङगू एउटा भाइरल हो। यो लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यसको लागि झोल पदार्थ बढी खानु पर्दछ। यो रोग लागिसकेपछि रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने भएकाले झोल पदार्थ बढी खानुपर्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयको प्रशासन विभागले एक सूचना जारी गरी देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा यो अभियान चलाउनु पर्ने जनाएको छ।
यसका लागि मन्त्रालयका सबै कर्मचारी तोकिएको समयमा उपस्थित भइ आफ्नो कार्यालय सफा गर्नु गराउनु भनी सूचना जारी गरिएको छ। मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै देशभर डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयसहित हरेक घर, टोल सबैले प्रत्येक साता एक घण्टाका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाउने कार्यक्रम अघि सारेको थियो।
यो अभियान साउनदेखि असोजसम्म नियमित रूपमा जारी राख्नु पर्ने महाशाखाको निर्देशन छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...