उच्च पहाडी/हिमाली भेगको यात्रामा जाँदै हुनुहुन्छ? यसरी जोगिन सक्नुहुन्छ लेक लाग्नबाट
२८ कार्तिक २०८१
•
४ मिनेट पाठ
उच्च पहाडी/हिमाली भेगको यात्रामा जाँदै हुनुहुन्छ? यसरी जोगिन सक्नुहुन्छ लेक लाग्नबाट
उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन्। मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठमा) यस्ता घटना बढी हुने गर्छन्।




पदयात्रा र तीर्थयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा मात्र गत आवमा लेक लागेर २१ जना पर्यटकले ज्यान गुमाएका थिए। जसमध्ये छ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए। यसरी लेक लागेर मृत्यु हुनेको सङ्ख्या सालिन्दा बढ्दो छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्। मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटक उक्त समस्याबाट बढी प्रभावित हुने गरेका छन्। न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने उक्त स्वास्थ्य समस्याबाट कसरी जोगिने ? स्वास्थ्य सतर्कताका उपाय के छन् ? चिकित्सक रविरञ्जन प्रधान र पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ।

सतर्कता र सावधानी

उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ। कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ। यो समस्या विशेष गरी मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकका बढी देखिने गरेको छ।

काठमाडौँ उपत्यकालगायत तराई भेगबाट एकैदिनमा ३७ सय १० मिटरमा पर्ने मुक्तिनाथ र चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल पुग्दा लेक लाग्ने गरेका उदाहरण धेरै छन्। मुक्तिनाथ पुग्ने भारतीय पर्यटक पनि मोटर लिएर एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या बढी देखिने गरेको हो।

लेक लागेर पर्यटकको मृत्यु हुने क्रम बढ्दै जान थालेपछि पछिल्लो समय मुक्तिनाथमा प्राररम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा ल्याइएको छ।  पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैचोटिमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ। स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्दा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ। पदयात्रा गर्ने पर्यटकले एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्नु राम्रो मानिन्छ।

शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा निस्कुनपर्छ। नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्नुहुँदैन। पदयात्रा गर्दा पथप्रदर्शक साथ लिएर जाँदा धेरै सहज हुन्छ। हिमाली क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य रहेकाले एक्लै जानु जोखिमपूर्ण हुन्छ। सामान्यतया समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा पुग्दा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन सक्छ।

स्थानीय वातावरणमा अनुकूलन हुँदै अगाडिको यात्रा तय गर्नुपर्छ। जस्तो कि मुक्तिनाथ जानु छ भने एकदिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ। तिलिचो ताल पुग्नु छ भने आधार शिविरमा एकदिन विश्राम लिनुपर्छ। हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। लामो दुरीको पदयात्रामा जानु छ भने समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्छ। हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेका छन्।

लक्षण र उपचार

लेक लाग्नुलाई मेडिकल भाषामा ‘हाइपोब्यारिक हाइपोक्जिया’ भनिन्छ। यो समस्या अक्सिजनको कमीले हुने गर्छ। जुनसुकै उमेरको व्यक्तिमा लेक लाग्ने समस्या निम्तन सक्छ। लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन सक्छ। पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुहोस्। लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यानसमेत जान सक्छ।

लेक लागेर सिकिस्त हुनुपर्व यति कुनै लक्षण देखिएको छ भने तत्काल यात्रा अगाडिको यात्रा रोकेर कम उचाइ भएको ठाउँमा फर्कनुहोस्। लेक लाग्न नदिन चिकित्सकले सुझाएको औषधि पनि खान सकिन्छ। तर सामान्य लक्षण देखिएपनि तल फर्किनुपर्छ। लेक लागेर जटिल अवस्थामा पुगेका बिरामीको समयमा उद्धार र उपचार हुन सकेन भने ज्यान जोखिममा पर्छ। हिँड्दा प्रशस्त पानी पिउनपर्छ। लेक लागेको बेला आराम गर्ने पानी वा झोलिले खानेकुरा उत्तम मानिन्छ। पहिलोपटक धेरै उचाइमा पुग्नेलाई लेक लाग्ने सम्भावना बढी हुन्छ।

लेक लाग्ने समस्याका तीन अवस्था हुन्छन्। पहिलो अवस्थामा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोर महसुस हुने जस्ता लक्षण देखिन्छन्। दोस्रो अवस्थामा फोक्सो सुनिने, फोक्सोमा पानी जम्ने, श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ। तेस्रो र अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो। फोक्सो र मस्तिष्क सुनिएका बिरामीले समयमा उपचार नपाउँदा अवस्था गम्भीर भएर मृत्यु हुनसक्छ। जटिल अवस्थाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पताल प¥याइएका उदाहरण पनि छन्। राम थापा /रासस
अर्को समाचार
विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
१६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
विश्वका ४० प्रतिशत  हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
जलवायु परिवर्तनले विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित भएको छ। विश्वको औसत तापमान २.७ डिग्री सेल्सियसले बढेमा तीन चौथाइ हिमनदी गुम्ने अध्ययनले देखाएको छ। 




तापमान वृद्धिको वर्तमान दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा औद्योगिक क्रान्तिअघिको तुलनामा तापमान २.७ डिग्री सेल्सियस बढ्ने वैज्ञानिकहरूको अनुमान छ। जीवाश्म इन्धनको प्रयोगबाट निस्कने उत्सर्जनले तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्छ।

हिमनदीको क्षतिले विश्वभर गहिरो प्रभाव पार्छ। ठूलो मात्रामा हिमनदी पग्लँदा समुद्री सतह बढ्छ, जसले तटीय क्षेत्रका लाखौँ मानिसलाई बसाइँ सर्न बाध्य बनाउँछ। हिमनदीमा आधारित नदीहरू सुक्दा अर्बौँ मानिसलाई खानेपानी र सिँचाइका लागि पानीको अभाव हुने अध्ययनको निष्कर्ष छ।

पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमामा राख्न सके आधा हिमनदीको बरफ बचाउन सकिन्छ, तर उत्सर्जन बढिरहेकाले यो लक्ष्य टाढिँदै गएको वैज्ञानिकहरू बताउँछन्। तापमानको एक डिग्रीको दशौँ भाग रोक्न सकिए २.७ खर्ब टन बरफ बचाउन सकिन्छ।

पश्चिमी अमेरिका र क्यानडाका ७५ प्रतिशत हिमनदी पग्लने निश्चित छ। ‘हिन्दुकुश र काराकोरमका उच्च, चिसा पहाडका हिमनदीहरू केही हदसम्म संकट थेग्न सक्छन्, तर विश्वव्यापी तापमान बढ्दा यी हिमनदी पनि ठूलो स्तरमा खुम्चिन्छन्,’ अध्ययनमा भनिएको छ।

यो अनुसन्धानले शताब्दीको अन्त्यपछि पनि हिमनदीको अवस्था आकलन गर्न बहु-मोडेल प्रयोग गरेको छ। हिमनदी पग्लँदा समुद्री सतह बढ्नुका साथै हिमताल विस्फोटको जोखिम बढ्छ, जसले तल्लो भेगका समुदाय र पारिस्थितिक प्रणालीमा असर गर्छ। हिमनदी पर्यटनमा निर्भर क्षेत्रहरू झन् प्रभावित हुनेछन्।

‘हाम्रो अध्ययनले तापमानको प्रत्येक अंश महत्त्वपूर्ण छ भन्ने स्पष्ट गर्छ। आजका छनोटहरूले शताब्दीऔँसम्म प्रभाव पार्छ र हिमनदीहरूको सुरक्षा निर्धारण गर्छ,’ बेल्जियमको भ्रिये युनिभर्सिटी ब्रसेल्सका डा. ह्यारी जेकोलारीले भने।

अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयका डा. लिलियन शुस्टर भन्छिन्, ‘हिमनदी घट्दा जलवायु परिवर्तन आफ्नै आँखाले देख्न सकिन्छ। तर यो प्रक्रिया लामो समयसम्म समायोजन हुने भएकाले वर्तमान अवस्था देखिएभन्दा खराब छ।’

‘तत्काल कार्य गर्न ढिलो भइसकेको छैन। प्रत्येक डिग्रीको दशौँ भाग कमीले हिमनदीको क्षतिबाट हुने मानवीय पीडा कम गर्न सकिन्छ। यो सन्देशले मानिसहरूलाई आशा दिन्छ,’ शुस्टरले थपिन्।

अध्ययनले सन् २०२० लाई आधार वर्ष मानेको छ, तर विगत शताब्दीको तापमान वृद्धिले हिमनदीहरूले ठूलो बरफ गुमाइसकेका छन्। ऐतिहासिक तथ्याङ्कको अभावले क्षतिको परिमाण निर्धारण गर्न कठिन छ। डा. जेकोलारीका अनुसार सन् १८५० मा हिमनदीहरू अहिलेभन्दा ठूला थिए।

‘साइन्स’ जर्नलमा प्रकाशित यो अध्ययनले आठ हिमनदी मोडेल प्रयोग गरेको छ, जसलाई वास्तविक अवलोकनका आधारमा क्यालिब्रेट गरिएको छ। यी मोडेलले विश्वका २ लाख हिमनदी (ग्रिनल्यान्ड र अन्टार्कटिका बाहेक) मा बरफको क्षति अनुमान गरेका छन्। अनुसन्धानकर्ताले केही अनिश्चितता स्वीकारे पनि ४० प्रतिशत हिमनदी लोप हुने निश्चित छ, र खराब अवस्थामा यो ५५ प्रतिशतसम्म पुग्न सक्छ।

आर्कटिक क्यानडाको दक्षिणमा ८० प्रतिशत र हिन्दुकुश–काराकोरम–हिमालयको पश्चिममा ५ प्रतिशत हिमनदी लोप हुने देखिएको छ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा १९ प्रमुख हिमनदी क्षेत्रका ८० प्रतिशत हिमनदी गुम्नेछन्, जसमा युरोपदेखि पूर्वी हिमालय, रुसी आर्कटिक, पश्चिमी अमेरिका र आइसल्यान्डका हिमनदी पूर्ण रूपमा हराउनेछन्।

हिमनदीहरूले हाल समुद्री सतह वृद्धिको एक चौथाइ योगदान गर्छन्। लोप हुने निश्चित हिमनदीले ११ सेन्टिमिटर समुद्री सतह बढाउँछ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा यो २३ सेन्टिमिटर पुग्छ, तर १.५ डिग्रीमा सीमित गरे १४ सेन्टिमिटरमा झर्छ।

‘हिमनदीहरू जलवायु परिवर्तनका प्रतिष्ठित उदाहरण हुन्,’ यूकेको नर्थम्ब्रिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रु शेफर्ड भन्छन्, ‘यो प्रक्रिया शताब्दीऔँसम्म चल्छ। जीवाश्म इन्धनको प्रयोग जारी राखे पहाडी परिदृश्य चिन्न नसकिने हुनेछ।’

‘हिमनदी टाढा लागे पनि तिनको क्षति सबैका लागि महत्त्वपूर्ण छ। बेलायतमा कार चलाउँदा उत्सर्जन हुने ग्यासले १० हजार किलोमिटर टाढाको हिमनदी पग्लन मद्दत गर्छ,’ डा. जेकोलारीले भने। गार्जियनबाट
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस