आलेख:पर्वत जोगाउन पैरवी
२३ कार्तिक २०८१
•
११ मिनेट पाठ
आलेख:पर्वत जोगाउन पैरवी
 बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्




यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।

रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार। गीतले भनेको जस्तै सधैंभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ।  विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले हाम्रा यी सेता हिमालहरु कतै कलापत्थरमा त परिणत हुने होइन? हाम्रा भावी पुस्ताका लागि हिमाल थियो रे अनि हिमाल सेतै हुन्थे रे भन्ने एकादेशको कथा जस्तो त हुने होइन? यी र यस्ता प्रश्नहरुले गीतले भने जस्तै बिहान उठेर हिमाल हेर्न सधैँ नपाइएला कि भन्ने चिन्ता पनि छ।  

हिमालकै कारण त हो नि नेपाली भूभाग साँच्चै प्रकृतिको बेजोड सङ्गम बनाएको। यहाँका हिमालदेखि तालतलैयाले लगाएको मोहनीले त हो नि पर्या–पर्यटकहरुको नेपाल आकर्षणको मुख्य गन्तब्य बन्न सफल भएको।यसैको अस्तित्व जलवायु परिवर्तनको असरले समाप्त गरेमाको पर्यटक आउला नेपाल? अनि कस्तो देखिएला नेपाल? हिमालको महत्व अपार भएर नै होला कवि तथा गीतकारहरुले हिमालको महिमा बोकेको रचनाहरु रचेका।  

 नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

 उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

 तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको

 माटो र पानी पहिलो धन धर्तीका छोराको

स्व. माधवप्रसाद घिमिरेको यो कविताको हरफहरुले पनि हिमालको महत्वको महिमा प्रस्तुत गरेको छ। उहाँले सायद हिमाल नै नरहलाकी भन्ने चिन्ताले पनि होला, हिमाल रहेन भने नेपाल र नेपालीको नै अस्तित्व छैन भन्ने सन्देश कवितामार्फत दिएका छन्।

नेपालीको मनमा अखण्डित रूपमा स्वदेश वा विदेश जहाँ बसेका भए पनि हिमाल बसेकै हुन्छ। हिमालको अस्तित्व कसरी जोगिएला भन्ने चिन्ता उत्तिकै छ। विश्व समुदायसामु पनि हामीले हाम्रो हिमाल जोगाउनुपर्छ भनेर गुहार माग्दै आइरहेका छौँ । ती धनि र विकसित मुलुकहरुमा भएको औद्योगिक विकासका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेर जलवायु परिवर्तनको असर विश्वभर निम्ताएको छ। हामीले गर्दै नगरेको गल्तीको सजाय हामीले भोग्नुपर्ने?अव हाम्रो हिमाल जोगाउने जिम्मा तिमीहरुको हो भनेर नेपालले विश्व समुदायसामु आवाजहरु बुलन्द रुपमा उठाउँदै आइरहेको छ।  

हिमाललाई नजिकबाट निहाल्दै आएकाहरु पनि हिमालमा हिउँ घटेर कतै हिमालको अस्थित्व नै नाश हुने हो कि भनेर उत्तिकै चिन्तत छन्। सोलुखुम्बु जुनुबेंसीमा जन्मिनुभएकी ङिमी शेर्पा पहिलो महिला पर्वतारोहीका रुपमा परिचित हुन्। शेर्पाले २०४२ सालमा बिनाअक्सिजन माउन्ट नुप्से (७८६५ मिटर) आरोहणपछि पहिलो पर्वतारोहीको रुपमा इतिहास बनाएका छन्। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई उनले नजिकबाटै साक्षत्कार गरेका छन्। “जलवायु परिवर्तनको असरका कारण हिमालमा हिउँ नै बाँकी नरहला कि भन्ने चिन्ता लाग्छ, हिमाली क्षेत्रका मानिसहरुमा पर्ने असरले हिमाली क्षेत्रमा नै मानिस नहुने हो कि चिन्ता छ”, उनी भन्छन्, “हिमालका लागि हिँउ श्रृङ्गार हो, जलवायु परिवर्तनको असरले हिमालमा हिउँ नै नरहे हिमालको मात्रै के अस्तित्व।”

पर्यटन व्यवसायीसमेत रहनुभएका आङ्छिरिङ शेर्पा उमेरले ७० नाँघे। लामो समय हिमालकै काखमा हुर्किएर खेलेकाले पनि त्यो हिमाल र यो हिमालका बारेमा जानकार छन् उनी। “हामी सानो छँदा त हिमाल सबै सेता थिए, अब हेर्दाहेर्दै हिमालमा हिउँ पातलियो । कालापत्थरहरु देखिन थाले”, उनी भन्छन्, “यस्तै हो भने त अवको २० वर्षमै हिमालको अस्थित्व मिटिन्छ कि भन्ने चिन्ता लाग्छ।अनि हिमाल हेर्न भनेर पर्यटक आउन छाड्लान हाम्रो व्यवसाय पनि धरापमा पर्नेछ।”

सोलुखुम्बुमा जन्मिएका शेर्पा जलवायु परिवर्तनका हिमालमा परेको असरले कुन बेला ठूलो विपद्को सामना गर्नुपर्ने हो उत्तिकै चिन्तित छन्। पहिला र अहिलेमा देखिएको फरकमा अन्तर पाछन् उनी। भन्छन्, “भन्दा मान्छेले नपत्याउलान्,  त्यो इम्जा छो हिमताल थिएन।सानो हिमनदी थियो। त्यहाँ त बच्चा हुँदा हामी चिप्लेटी खेल्थ्यौ।सन् १९६२ तिर सानो कुवा जस्तो बन्यो। अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिउँ पग्लिएर । यस्तै पग्लिँदै जाने हो भने हिमाल त कति कुरुप देखिन्छ होला है।”

जलवायु परिवर्तनका असरका कारण पर्वतीय क्षेत्र जोखिममा रहेको भन्दै शेर्पाले अव हिमाली क्षेत्रका मानिस बसाई सरेर जानुपर्ने अवस्था आइसकेको बताए। “यदि हिमाली क्षेत्रका मानिसहरु नै त्यहाँ भएनन् भने हिमालको रहन, सहन संस्कृति हेर्न चाही को आउँला रु है । अनि त्यहाँ आउने पर्यटक पनि देख्नै पाउलान् हाम्रा पुस्ताले,” शेर्पा भन्छन्।  

फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ अहिले साहसी पर्वतारोहीको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन्। गोरखा आरुघाटमा जन्मिएकी श्रेष्ठलाई सानोमा टाढाबाटै हिमाल हेर्दा हिमालले लोभ्याएको थियो।हिमालकै नजिक जान पाए कस्तो हुन्थ्यो होला? भन्ने लाग्थ्यो पूर्णिमालाई। जहाँ इच्छा तहाँ उपाय भने झैँ उनले विश्वकै अग्लो पर्वत सगरमाथा पटकपटक आरोहण गरीसकेकी छन्।

हिमालको अस्तित्व मिटिने चिन्ता  

जलवायु परिवर्तनका कारण मनै लोभ्याउने हिमालहरुको अस्तित्व मेटिएर त जाने होइन ? भन्ने चिन्ता उत्तिकै छ उनलाई। “हिमाल अझै चढिरहन मन छ, तर हिमपहिरोले कतै पुरिने पो हो कि डर पनि छ”, श्रेष्ठ भन्छिन्, “हिमालका हिउँ हराएर गयो भने के होला ? भन्ने लाग्छ। हिमाल जाँदा अहिले पनि कलापत्थरहरु देखिन्छ।अनि हिमाल चढ्नेहरुलाई जोखिम पनि छ।”

जलवायु व्यवस्थापनका लागि प्रतिकार्य रणनीति २०८० अनुसार जलवायुजन्य र जलसम्बन्धी प्रकापहरूले जीउज्यान, धनमाल र सम्पत्तिमा गम्भीर क्षति प¥याएका छन। वायुमण्डलीय तापक्रमका वृद्धिले हिउँ पग्लन क्रम बढको छ र नयाँ हिमताल बनेको रणनीतिमा उल्लेख छ। “विद्यमान हिमतालका आकार बढेका छ। यसबाट हिमताल फुटी बाढी आउन खतरा थपिएका छ।अन्य क्षेत्रका तुलनामा हिमालय क्षेत्रमा कम्तिमा पनि ०.३ दखि ०.७ डिग्री सेल्सियस तापक्रम बढ्न प्रक्षेपण गरिएका छ”, रणनीतिमा भनिएको छ ।  

हिमालमा के हुनसक्छ अन्य असर ?  

हिमालमा जलवायुले पारेका असरका कारण हिमालको अस्तित्व सकिने, पानीको स्रोतहरु सुक्ने, हिमताल फुट्ने, हिमपहिरो जाने, पर्यटक घट्ने, बसाइँ सर्नुपर्ने अवस्था आएर त्यहाँका संस्कृति लोभ हुने लगायतका असर देखिने बताउछन्। पर्वतीय क्षेत्रका मुद्धामा पैरवी गर्दै आएकी जलवायु अभियन्ता गीता पाण्डे।पर्वतीय क्षेत्रमा जलवायुले पारको असर न्यूनीकरण तथा अनुकूलनका लागि निरन्तर पैरवी आवश्यक रहेको उहाँको सुझाव छ। 

जलवायु परिवर्तनसम्बन्धी २१ औँ विश्व सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो।पेरिस सम्झौतावमोजिम तापक्रमका वृद्धि १.५ डिग्री सेल्सियसमा कायम भए तापनि यस २१ औँ शताब्दीका अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लन प्रक्षेपण गरिएको छ। इसिमोडका हालका अध्ययनअनुसार ६५ प्रतिशत हिमपिण्ड सकिएको छ। यस शताब्दीका अन्त्यसम्म पानीका उपलब्धता घट्ने उल्लेख छ।

नेपाल सरकारले आगामी ३० वर्ष (विसं २०७८–२१०८)का लागि तयार गरेको राष्ट्रिय अनुकूलन योजनामा विगतका तुलनामा वर्षामा आएका कमीले गर्दा नदी खोलामा पानीका बहाव कम भएकाले आव २०७७/७८ मा ६.९ प्रतिशत जलविद्युत् उत्पादन घटेको उल्लेख भएको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा तापक्रमका वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेन्टिग्रेड रहको छ । हिन्दुकुश हिमालयका मूल्याङ्कन प्रतिवदन अनुसार विश्व तापक्रम वृद्धि पेरिस सम्झौताबमाजिम १.५ डिग्री सेन्टिग्रेड कायम गर्न सकिएमा पनि हिमालय क्षेत्रका तापक्रम त्यो भन्दा औसतमा ०.३ दखि ०.७ डिग्री सेन्टिग्रेड बढी हुने देखाएको छ । तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौ शताब्दीका अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लने अध्ययनले देखाएको छ।इसिमाडको तथ्याङ्कअनुसार हिन्दकुश हिमालय क्षेत्रका हिमनदीका अनुगमन र विश्लषण गर्दा हिमनदीका पिण्ड ६५ प्रतिशतले घटका पाइएको छ। 

पैरवीमा जोडबल निरन्तर

गत वर्ष युएइको दुबईमा सम्पन्न भएको २८ औँ कोपमा पनि नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका थिए। “म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु,” प्रधानमन्त्री दाहालले सम्बोधनको सुरुमै भनेका थिए, “तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रात पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ।”

यस बेलामा पनि पर्वतीय क्षेत्रको मुद्धाले विश्व समुदायमा चर्चामा ल्यायो। कोपमा पहिलोपटक हिमालको मुद्दा छलफलमा समाहित गरियो।यसअघि नेपालले जोडदार रुपमा हिमालको मुद्दा कोपमा समाहित गराउन जोडबल गर्दै आइरहेको थियो। यसो त एक वर्षअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनिओ गुटेरेस चारदिने नेपाल भ्रमणमा आएका थिए। महासचिव गुटेरेसले भ्रमणमा रहेको बेलामा हिमालयबाट बगेका नदीहरुले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसा गर्न समेत भ्याए। यस्ता हिमनदी पग्लिएमा पानीको स्रोत समेत सङ्कटमा पर्नसक्ने भन्दै उनले दिएको अभिव्यक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो। यसले पनि कोपमा पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्न नेपाललाई सहज भयो।  

महासचिव गुटेरेसले २८ औं कोप सम्मेलन शुरु हुनुअघि नेपालको भ्रमण गरेर पनि होला नेपाललाई बढी सम्झिएका थिए। नेपालको भ्रमणको क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट साक्षात्कार गर्ने मौका पाएर पनि होला उनले हिमालमा परेको जलवायु परिवर्तनको असर पनि नकिजबाटै नियाले। ती अनुभवहरु विश्व सामुदायको अगाडि अभिव्यक्त गरे। हिमालमा जलवायु परिवर्तनको असर यसले हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रभावलाई बताइदिएर विश्वको नै ध्यान तानिदिए। उनको सम्बोधनले झण्डै एक सय ९२ देशका सहभागीको ध्यान खिच्यो। 

डेढ दशकदेखि नेपालले हिमालको मुद्दा उठाउँदै आइरहेको थियो। निरन्तर रुपमा उठाएको मुद्दा कोपमा समावेश होला भन्ने आशा हुन्थ्यो।तर हिमालका एजेन्डाले कुनै प्रथामिकता नै पाउन सक्दैनथ्यो। जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नै बाँकी नरहने भयो।अव कालापत्थरमा परिणत हुने हो कि भन्ने चिन्ता र चासो उत्तिकै रहेको छ सरोकारवालहरुमा। सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्मन्न भएको १५औँ कोपमा भाग लिन पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएको थियो। त्यसबेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरुप कोपमा लिएर जाने गरेको थियो ।

जलवायु परिवर्तनको असरहरुको कारणले पर्वतीय क्षेत्रहरुको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरहरुका बारेमा नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले निरन्तर आवाज उठाउँदै आइरहेको छ।  

कोप २८ ले बढाएको उत्साह  

पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८ निर्णयका दस्तावेजमा समावेश गरिएसँगै नेपालका लागि यो महत्वपूर्ण र ऐतिहासिक निर्णय भएको थियो। यसले वर्षौदेखि सफल हुन नसकेको नेपालको लक्ष्य पूरा भएको छ।हिमालको एजेन्डाले पाएको प्राथमिकतासँगै चर्चा पनि पायो।यसै सन्दर्भमा गत कोप–२८ ले पहिलोपटक पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटको बारेमा निर्णय लिदै गत जुनमा भएको संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय ९एसबिएसटीए० को ६० औं बैठकमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका विषय उठाइएको थियो।

यसै सन्दर्भमा पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनहरुमा सो सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउन गत मे २२ र २३ मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधिहरु, विषयविज्ञहरु एवम् साझेदार संस्थाहरु सम्मिलित पर्वतीय क्षेत्र, मानिस र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको आयोजना भएको थियो । उक्त सम्मेलनमा पनि हिमालमा परेको असर र आगामी रणनीतिको विषयमा व्यापक छलफल समेत भएको थियो।  

आगामी कोपमा पनि हिमालकै मुद्दा प्राथमिकतामा  

नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) हुँदैछ।नेपालको तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल  सहभागी हुँदै छन्।

उनले यस वर्षको कोपमा पनि हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन्। एक सय ९२ भन्दाबढी मुलुकहरुको राष्ट्रप्रमुखदेखि उच्चपदस्थ अधिकारीहरु सामु उहाँले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ।वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा सिन्धु ढुंगानाले कोपमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरलाई कोपको मुख्य एजेन्डा बनाइएको जानकारी दिएकी छन्।

थामेको हिउँपहिरोको उदाहरण  

अधिकांश कोपहरुमा नेगोशेसनमै निरनतर भाग लिई कोपमा नेपालको हितमा पैरवी गर्दै आएका मञ्जित ढकालले पनि पर्वतीय क्षेत्रमा जलवायुले पारेको असरका उदाहरण दिँदै र जलवायुजन्य हानिनोक्सानीको एजेन्डामा जोड दिनुपर्ने बताएका छन्।

“यही वर्ष सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा  अचानक आएको बाढीले करोडौ क्षति पुगेको छ, यो ताजा हिमपहिरोको उदाहरणले यस पटकको कोपमा अझै पर्वतीय क्षेत्रको मुद्दाले प्राथमिकता पाउने आशा छ,” कोपमा भाग लिन बाकु पुगिसकेका ढकालले भने, “मङ्गलबार र बुधबार अतिकम विकसित मुलुकहरुको समूह (एलडिसी)को बैठकसमेत भएको, एलडिसीको तर्फबाट साझा मुद्दाका रुपमा पर्वतीय क्षेत्रको सुरक्षाका पक्षमा पैरवी गर्ने तयारी भएको छ ।” रासस
अर्को समाचार
विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
१६ जेष्ठ २०८२
•
३ मिनेट पाठ
विश्वका ४० प्रतिशत  हिमनदी पग्लने निश्चित, ७५ प्रतिशत गुम्ने खतरा
जलवायु परिवर्तनले विश्वका ४० प्रतिशत हिमनदी पग्लने निश्चित भएको छ। विश्वको औसत तापमान २.७ डिग्री सेल्सियसले बढेमा तीन चौथाइ हिमनदी गुम्ने अध्ययनले देखाएको छ। 




तापमान वृद्धिको वर्तमान दर कायम रहेमा यो शताब्दीको अन्त्यसम्ममा औद्योगिक क्रान्तिअघिको तुलनामा तापमान २.७ डिग्री सेल्सियस बढ्ने वैज्ञानिकहरूको अनुमान छ। जीवाश्म इन्धनको प्रयोगबाट निस्कने उत्सर्जनले तापमान वृद्धिमा सबैभन्दा ठूलो भूमिका खेल्छ।

हिमनदीको क्षतिले विश्वभर गहिरो प्रभाव पार्छ। ठूलो मात्रामा हिमनदी पग्लँदा समुद्री सतह बढ्छ, जसले तटीय क्षेत्रका लाखौँ मानिसलाई बसाइँ सर्न बाध्य बनाउँछ। हिमनदीमा आधारित नदीहरू सुक्दा अर्बौँ मानिसलाई खानेपानी र सिँचाइका लागि पानीको अभाव हुने अध्ययनको निष्कर्ष छ।

पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमामा राख्न सके आधा हिमनदीको बरफ बचाउन सकिन्छ, तर उत्सर्जन बढिरहेकाले यो लक्ष्य टाढिँदै गएको वैज्ञानिकहरू बताउँछन्। तापमानको एक डिग्रीको दशौँ भाग रोक्न सकिए २.७ खर्ब टन बरफ बचाउन सकिन्छ।

पश्चिमी अमेरिका र क्यानडाका ७५ प्रतिशत हिमनदी पग्लने निश्चित छ। ‘हिन्दुकुश र काराकोरमका उच्च, चिसा पहाडका हिमनदीहरू केही हदसम्म संकट थेग्न सक्छन्, तर विश्वव्यापी तापमान बढ्दा यी हिमनदी पनि ठूलो स्तरमा खुम्चिन्छन्,’ अध्ययनमा भनिएको छ।

यो अनुसन्धानले शताब्दीको अन्त्यपछि पनि हिमनदीको अवस्था आकलन गर्न बहु-मोडेल प्रयोग गरेको छ। हिमनदी पग्लँदा समुद्री सतह बढ्नुका साथै हिमताल विस्फोटको जोखिम बढ्छ, जसले तल्लो भेगका समुदाय र पारिस्थितिक प्रणालीमा असर गर्छ। हिमनदी पर्यटनमा निर्भर क्षेत्रहरू झन् प्रभावित हुनेछन्।

‘हाम्रो अध्ययनले तापमानको प्रत्येक अंश महत्त्वपूर्ण छ भन्ने स्पष्ट गर्छ। आजका छनोटहरूले शताब्दीऔँसम्म प्रभाव पार्छ र हिमनदीहरूको सुरक्षा निर्धारण गर्छ,’ बेल्जियमको भ्रिये युनिभर्सिटी ब्रसेल्सका डा. ह्यारी जेकोलारीले भने।

अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयका डा. लिलियन शुस्टर भन्छिन्, ‘हिमनदी घट्दा जलवायु परिवर्तन आफ्नै आँखाले देख्न सकिन्छ। तर यो प्रक्रिया लामो समयसम्म समायोजन हुने भएकाले वर्तमान अवस्था देखिएभन्दा खराब छ।’

‘तत्काल कार्य गर्न ढिलो भइसकेको छैन। प्रत्येक डिग्रीको दशौँ भाग कमीले हिमनदीको क्षतिबाट हुने मानवीय पीडा कम गर्न सकिन्छ। यो सन्देशले मानिसहरूलाई आशा दिन्छ,’ शुस्टरले थपिन्।

अध्ययनले सन् २०२० लाई आधार वर्ष मानेको छ, तर विगत शताब्दीको तापमान वृद्धिले हिमनदीहरूले ठूलो बरफ गुमाइसकेका छन्। ऐतिहासिक तथ्याङ्कको अभावले क्षतिको परिमाण निर्धारण गर्न कठिन छ। डा. जेकोलारीका अनुसार सन् १८५० मा हिमनदीहरू अहिलेभन्दा ठूला थिए।

‘साइन्स’ जर्नलमा प्रकाशित यो अध्ययनले आठ हिमनदी मोडेल प्रयोग गरेको छ, जसलाई वास्तविक अवलोकनका आधारमा क्यालिब्रेट गरिएको छ। यी मोडेलले विश्वका २ लाख हिमनदी (ग्रिनल्यान्ड र अन्टार्कटिका बाहेक) मा बरफको क्षति अनुमान गरेका छन्। अनुसन्धानकर्ताले केही अनिश्चितता स्वीकारे पनि ४० प्रतिशत हिमनदी लोप हुने निश्चित छ, र खराब अवस्थामा यो ५५ प्रतिशतसम्म पुग्न सक्छ।

आर्कटिक क्यानडाको दक्षिणमा ८० प्रतिशत र हिन्दुकुश–काराकोरम–हिमालयको पश्चिममा ५ प्रतिशत हिमनदी लोप हुने देखिएको छ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा १९ प्रमुख हिमनदी क्षेत्रका ८० प्रतिशत हिमनदी गुम्नेछन्, जसमा युरोपदेखि पूर्वी हिमालय, रुसी आर्कटिक, पश्चिमी अमेरिका र आइसल्यान्डका हिमनदी पूर्ण रूपमा हराउनेछन्।

हिमनदीहरूले हाल समुद्री सतह वृद्धिको एक चौथाइ योगदान गर्छन्। लोप हुने निश्चित हिमनदीले ११ सेन्टिमिटर समुद्री सतह बढाउँछ। तापमान २.७ डिग्री सेल्सियस पुग्दा यो २३ सेन्टिमिटर पुग्छ, तर १.५ डिग्रीमा सीमित गरे १४ सेन्टिमिटरमा झर्छ।

‘हिमनदीहरू जलवायु परिवर्तनका प्रतिष्ठित उदाहरण हुन्,’ यूकेको नर्थम्ब्रिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रु शेफर्ड भन्छन्, ‘यो प्रक्रिया शताब्दीऔँसम्म चल्छ। जीवाश्म इन्धनको प्रयोग जारी राखे पहाडी परिदृश्य चिन्न नसकिने हुनेछ।’

‘हिमनदी टाढा लागे पनि तिनको क्षति सबैका लागि महत्त्वपूर्ण छ। बेलायतमा कार चलाउँदा उत्सर्जन हुने ग्यासले १० हजार किलोमिटर टाढाको हिमनदी पग्लन मद्दत गर्छ,’ डा. जेकोलारीले भने। गार्जियनबाट
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस