मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध
११ माघ २०८१
•
१ मिनेट पाठ
मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन अनुरोध गरेका छन्।  




उनले आज एक भिडियो सन्देश जारी गर्दै नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जोखिम बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको भन्दै किशोरीलाई खोप लगाउन अनुरोध गरेका हुन्। उनले प्रारम्भिक किशोरावस्थामा एचपिभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने धारणा राखे।  

'सरकारको नीति तथा कार्यक्रममा एचपिभी खोप ल्याउने योजना बनाएअनुरुप खोप ल्याएर देशैभर अभियान सञ्चालन गरिरहेका छौँ,' उनले भने, 'यो अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विविध कारणले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका सम्पूर्ण किशोरीलाई स्वास्थ्य सेवा विभागमार्फत खोप दिन थालिएको छ।'

मन्त्री पौडेलले आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई नियमित अभियानमार्फत खोप दिइने बताए। उनले यस अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यकता पर्ने बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत सम्बन्धित सबैको सहभागिता लागि आह्वान गरे।  

मन्त्री पौडेलद्वारा जारी विज्ञप्तिमा विद्यालय केन्द्रित खोप केन्द्रबाट उपलब्ध गराइने भएकाले लक्षित समूहका किशोरीहरूले आआफ्नो विद्यालय वा नजिकको विद्यालयमा खोप लगाउन अनुरोध गरिएको छ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई विद्यालयमा गएर खोप लगाइने मन्त्रालयले जनाएको छ।
अर्को समाचार
एचपिभी परीक्षण गरिएका २५ सय महिलामध्ये एक सय २६ जनामा पेपिलोमा भाइरस
२० जेष्ठ २०८२
•
३ मिनेट पाठ
एचपिभी परीक्षण गरिएका २५ सय महिलामध्ये एक सय २६ जनामा पेपिलोमा भाइरस
काठमाडौं महानगरले महिलाहरूमा गरेको क्यान्सर परीक्षण शिविरमा परीक्षण भएका २५ सय ६४ जनामध्येमा एक सय २६ जनामा पेपिलोमा भाइरस पुष्टि भएको छ। काठमाडौं महागरपालिका र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिषठानको सहकार्यमा गत चैत १२ देखि वैशाख १२ गतेसम्म महिलाहरूको स्तन, पाठेघरको मुख र अन्य क्यान्सर परीक्षण शिविर सञ्चालन भएको थियो। सोमबारको शिविरमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले शिविरको नतिजा प्रतिवदेन महानगरलाई बुझाएका छन्।  




प्रतिवेदनमाथि बोल्दै शिविरमा सहभागी वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ प्रा.डा.सन्ध्या चापागाइँले ह्युमन पेपिलोमा भाइरस हुँदैमा क्यान्सर भइनहाल्ने बताइन्। ‘एचपिभी पोजिटिभ हुनु भनेको क्यान्सर हुनु होइन,’ उनले भनिन्। तर यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुने भएकोले सचेत हुनु आवश्यक रहेको उनको भनाइ छ। ‘एचपिभी पोजिटिभ देखिने बित्तिकै परिवारका सदस्य डराउनु हुन्छ, तर यस्तो हुँदैमा क्यान्सर भइहाल्दैन,’ उनले भनिन्।  

एचपीभी पोजेटिभ देखिएका १२६ जनामध्ये १३ जनामा एचपीभी १६ र १५ जनामा एचपीभी १८ पोजेटिभ देखिएको प्रा.डा.चापागाइँले जानकारी दिइन्। एक महिने निःशुल्क शिविरमा २ हजार ५६४ जनाको सर्भाइकल क्यान्सर, ६७० जनाको मेमोग्राम, ३७० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। यस्तै ११३ जनाको कल्कोस्कोपी गरियो। शिविर पुगेका महिलाहरूमध्ये करिब ८५ प्रतिशत महिलाले पहिलो पटक परीक्षण गराएका थिए।  

‘अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने साधन छन्। शिविरबाट ९८ जनाको रिपोर्ट यी दुई समूहमा देखिएन। उनीहरूको रिपोर्टलाई अन्य समूहमा राखिएको डा. चापागाइँले बताइन्। महानगरपालिकाले यसको परीक्षणका लागि साधन उपलब्ध गराएमा नमूनाको पुनः परीक्षण गरी भाइरस यकिन गर्न सकिन्छ, रिपोर्टको आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सजिलो हुन्छ,’ चापागाइँले भनिन्।  

एनका अनुसार एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ। यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुने गरेको छ।  

परीक्षण गराएका महिलाहरूमध्ये ३८ जनाको परिवारमा स्तन क्यान्सरको हिस्ट्री थियो। ५ जनाको स्तन र सर्भाकल क्यान्सर, २ जनाको ओभरियन क्यान्सर, ३४ जनाको सर्भाइकल क्यान्सरको हिस्ट्री थियो। १ हजार ६६ जना बिरामीले आफ्नो परिवारमा क्यान्सर नभएको रिपोर्टले औल्याएको छ।  

परीक्षणमा सबैभन्दा धेरै ३० देखि ६९ वर्ष उमेर समूहका महिलाहरू सहभागी भएका थिए। गत वर्ष एचपीभी डीएनए पोजेटिभ देखिएका ६० जना, भीआइए पोजेटिभ देखिएका ११ जना, प्यामस्मेयर पोजेटिभ देखिएका ८ जना, एचपीभी डीएनए र भीआइए पोजेटिभ देखिएका २ जनाले पनि यस वर्ष परीक्षण गराएका थिए।

रिपोर्टले देखाएको तथ्यमा कुरा गर्दै अस्पतालको अङ्कोलोजी विभागका प्रमुख प्राध्यापक डा.विवेक आचार्यले ‘महानगरपालिकासँगको सहकार्यमा हामीले यो सेवालाई नियमित गर्ने योजना बनाएको बताए। ‘यसबाट धेरै सेवाग्राहीलाई सहज परीक्षणको वातावरण बन्ने छ,’ उनले भने। डा.आचार्यको प्रस्तावमा महानगर सकारात्मक रहेको महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले बताए। ‘शिक्षित भइकन पनि सहरका महिलाहरूले क्यान्सर परीक्षण नगर्ने प्रवृत्ति देखिएन, ३० वर्ष उमेर माथिकालाई परीक्षण गर्ने वातावरण बनाउँछौं,’ स्वास्थ्य प्रमुख केसीले भने।

परीक्षण विधि के-के थिए?  

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिएको थियो। प्रारम्भिक जाँचका क्रममा शंका लागेका महिलाहरूको अल्ट्रासाउन्ड, मेमोग्राफी गर्न पठाइएको यियो। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पीसीआर ९ ह्युमन प्यापोलिमा भाइरस परीक्षण गरियो। यसबाट पोजेटिभ रिपोर्ट आएका महिलाहरुको कल्पोस्कोपी र बायोप्सी गरिएको थियो। २०८१ सालमा पहिलो पटक र यो वर्ष दोस्रो चरणको परीक्षण शिविर सञ्चालन गरिएको हो। गत वर्ष आठ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। ती मध्येमा ६ हजार ६ सय ३४ जनामा पाठेघरको मुखको एचपिभी डिएनए परीक्षण गरिएको थियो भने ४ सय ५३ जनामा एचपिभी पोजेटिभ देखिएको थियो।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
यो पनि पढौँ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस