काभ्रेमा १६ हजार छात्रालाई एचपिभी खोप लगाइने
१५ माघ २०८१
•
२ मिनेट पाठ
काभ्रेमा १६ हजार छात्रालाई एचपिभी खोप लगाइने
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ। उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलनकार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।




देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो। कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यकीय खोप जिल्ललास्थित कार्यालयमा आइपुगेको छ। सोहीअनुसार जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी १५ हजार नौ सय ३५ जना छात्रालाई खोप लगाउने तयारी गरिएको हो।

कार्यालयको तथ्याङ्कानुसार जिल्लास्थित १३ स्थानीय तहमा कक्षा ६ मा अध्ययनत तीन हजार आठ सय ६६, कक्षा ७ का तीन हजार ३३, कक्षा ८ का तीन हजार एक, कक्षा ९ का दुई हजार नौ सय ८७ र कक्षा १० का दुई हजार सात सय ९९ गरी विद्यालय तहमा १५ हजार छ सय ८६ जनालाई खोप लगाइने छ। यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे व्यवस्थापन गरिसकिएको श्रेष्ठले बताइन्। उनका अनुसार विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो। काभ्रेपलाञ्चोकमा भने व्यवस्थापनका हिसाबले दुई चरणअन्तर्गत नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा दोस्रो चरणको अन्तिममा लगाइने भएको श्रष्ठले बताइन्। स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिने छभने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ। रासस
अर्को समाचार
एचपिभी परीक्षण गरिएका २५ सय महिलामध्ये एक सय २६ जनामा पेपिलोमा भाइरस
२० जेष्ठ २०८२
•
३ मिनेट पाठ
एचपिभी परीक्षण गरिएका २५ सय महिलामध्ये एक सय २६ जनामा पेपिलोमा भाइरस
काठमाडौं महानगरले महिलाहरूमा गरेको क्यान्सर परीक्षण शिविरमा परीक्षण भएका २५ सय ६४ जनामध्येमा एक सय २६ जनामा पेपिलोमा भाइरस पुष्टि भएको छ। काठमाडौं महागरपालिका र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिषठानको सहकार्यमा गत चैत १२ देखि वैशाख १२ गतेसम्म महिलाहरूको स्तन, पाठेघरको मुख र अन्य क्यान्सर परीक्षण शिविर सञ्चालन भएको थियो। सोमबारको शिविरमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीले शिविरको नतिजा प्रतिवदेन महानगरलाई बुझाएका छन्।  




प्रतिवेदनमाथि बोल्दै शिविरमा सहभागी वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ प्रा.डा.सन्ध्या चापागाइँले ह्युमन पेपिलोमा भाइरस हुँदैमा क्यान्सर भइनहाल्ने बताइन्। ‘एचपिभी पोजिटिभ हुनु भनेको क्यान्सर हुनु होइन,’ उनले भनिन्। तर यसबाट संक्रमण भएर क्यान्सरको जोखिम हुने भएकोले सचेत हुनु आवश्यक रहेको उनको भनाइ छ। ‘एचपिभी पोजिटिभ देखिने बित्तिकै परिवारका सदस्य डराउनु हुन्छ, तर यस्तो हुँदैमा क्यान्सर भइहाल्दैन,’ उनले भनिन्।  

एचपीभी पोजेटिभ देखिएका १२६ जनामध्ये १३ जनामा एचपीभी १६ र १५ जनामा एचपीभी १८ पोजेटिभ देखिएको प्रा.डा.चापागाइँले जानकारी दिइन्। एक महिने निःशुल्क शिविरमा २ हजार ५६४ जनाको सर्भाइकल क्यान्सर, ६७० जनाको मेमोग्राम, ३७० जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो। यस्तै ११३ जनाको कल्कोस्कोपी गरियो। शिविर पुगेका महिलाहरूमध्ये करिब ८५ प्रतिशत महिलाले पहिलो पटक परीक्षण गराएका थिए।  

‘अहिलेसम्म एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण गर्ने साधन छन्। शिविरबाट ९८ जनाको रिपोर्ट यी दुई समूहमा देखिएन। उनीहरूको रिपोर्टलाई अन्य समूहमा राखिएको डा. चापागाइँले बताइन्। महानगरपालिकाले यसको परीक्षणका लागि साधन उपलब्ध गराएमा नमूनाको पुनः परीक्षण गरी भाइरस यकिन गर्न सकिन्छ, रिपोर्टको आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सजिलो हुन्छ,’ चापागाइँले भनिन्।  

एनका अनुसार एचपीभी ६, एचपीभी ११, एचपीभी १६, एचपीभी १८, एचपीभी ३१, एचपीभी ३३, एचपीभी ४५, एचपीभी ५२ र एचपीभी ५८ को संक्रमणले क्यान्सरको जोखिम हुन्छ। यसमध्ये नेपालमा एचपीभी १६ र एचपीभी १८ को मात्र परीक्षण हुने गरेको छ।  

परीक्षण गराएका महिलाहरूमध्ये ३८ जनाको परिवारमा स्तन क्यान्सरको हिस्ट्री थियो। ५ जनाको स्तन र सर्भाकल क्यान्सर, २ जनाको ओभरियन क्यान्सर, ३४ जनाको सर्भाइकल क्यान्सरको हिस्ट्री थियो। १ हजार ६६ जना बिरामीले आफ्नो परिवारमा क्यान्सर नभएको रिपोर्टले औल्याएको छ।  

परीक्षणमा सबैभन्दा धेरै ३० देखि ६९ वर्ष उमेर समूहका महिलाहरू सहभागी भएका थिए। गत वर्ष एचपीभी डीएनए पोजेटिभ देखिएका ६० जना, भीआइए पोजेटिभ देखिएका ११ जना, प्यामस्मेयर पोजेटिभ देखिएका ८ जना, एचपीभी डीएनए र भीआइए पोजेटिभ देखिएका २ जनाले पनि यस वर्ष परीक्षण गराएका थिए।

रिपोर्टले देखाएको तथ्यमा कुरा गर्दै अस्पतालको अङ्कोलोजी विभागका प्रमुख प्राध्यापक डा.विवेक आचार्यले ‘महानगरपालिकासँगको सहकार्यमा हामीले यो सेवालाई नियमित गर्ने योजना बनाएको बताए। ‘यसबाट धेरै सेवाग्राहीलाई सहज परीक्षणको वातावरण बन्ने छ,’ उनले भने। डा.आचार्यको प्रस्तावमा महानगर सकारात्मक रहेको महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले बताए। ‘शिक्षित भइकन पनि सहरका महिलाहरूले क्यान्सर परीक्षण नगर्ने प्रवृत्ति देखिएन, ३० वर्ष उमेर माथिकालाई परीक्षण गर्ने वातावरण बनाउँछौं,’ स्वास्थ्य प्रमुख केसीले भने।

परीक्षण विधि के-के थिए?  

परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच गरिएको थियो। प्रारम्भिक जाँचका क्रममा शंका लागेका महिलाहरूको अल्ट्रासाउन्ड, मेमोग्राफी गर्न पठाइएको यियो। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पीसीआर ९ ह्युमन प्यापोलिमा भाइरस परीक्षण गरियो। यसबाट पोजेटिभ रिपोर्ट आएका महिलाहरुको कल्पोस्कोपी र बायोप्सी गरिएको थियो। २०८१ सालमा पहिलो पटक र यो वर्ष दोस्रो चरणको परीक्षण शिविर सञ्चालन गरिएको हो। गत वर्ष आठ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। ती मध्येमा ६ हजार ६ सय ३४ जनामा पाठेघरको मुखको एचपिभी डिएनए परीक्षण गरिएको थियो भने ४ सय ५३ जनामा एचपिभी पोजेटिभ देखिएको थियो।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस