आवासीय चिकित्सक र सरकारबिच तीन वटा विषयमा सहमति भएको छ । सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन स्थगित गरेका छन्।
शनिवार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबिच भएको छलफलमा तीन विषयमा सहमति भएको हो।
स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएको छ।
‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरूको आन्दोलन भएको थियो। त्यो बारेमा हामीले पटक पटक छलफल ग¥यौँ । र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित केही विषयहरू थिए,’ सहमति पत्रकारसँग कुरा गर्दै मन्त्री पौडेलले भने, ‘त्यसको बारेमा हामीले दुई पक्षीय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ । त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक सङ्घ यो आन्दोलन उहाँहरूको घोषित कार्यक्रम थियो, त्यसलाई उहाँहरू फिर्ता लिन तयार हुनुभएको छ ।’
चिकित्सकसँग भएको सम्झौता सरकारले इमानदारितापूर्वक कार्यान्वयन गर्ने मन्त्री पौडेलले बताए।