सुर्तीजन्य पदार्थमा कम कर किन?
२४ वैशाख २०८२
•
४ मिनेट पाठ
सुर्तीजन्य पदार्थमा कम कर किन?
सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धि भए यसका प्रयोगकर्ता स्वतः घट्छन् भन्ने मान्यता विश्व स्वास्थ्य संगठन र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियन्ताको छ। यो मान्यताअनुसार सुर्तीजन्य पदार्थको अन्तःशुल्क कर ७५ प्रतिशत तोकिनुपर्छ। तर सरकारमाथि सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरूको झेलमा परेर अन्तःशुल्क कर वृद्धि गर्न नसकेको आरोप छ।




हरेक वर्ष सरकारका अधिकारीलाई भेटेर सुर्तीजन्य पदार्थमा अन्तःशुल्क कर बढाउन सुझाए पनि अपेक्षित रूपमा हुन नसकेको नेपाल क्यान्सर रिलिफ सोसाइटीका केन्द्रीय सदस्य तथा नेपाल क्यान्सर सर्जन समाजका अध्यक्ष डा. प्रकाश न्यौपानेको गुनासो छ। ‘गत वर्ष पनि राष्ट्रपति, प्रधानमन्त्रीलाई भेटेर सुर्तीजन्य पदार्थमा अन्तःशुल्क कर बढाउन भन्यौं तर खासै कर बढेन,’ उनले भने।

नेपाल क्यान्सर रिलिफ सोसाइटी दुई दशकदेखि सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन उत्पादनमै अत्यधिक कर लगाउनुपर्ने अभियानमा जुटेको छ। तर सरकारले सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरूको प्रभावमा परेर कर बढाउन नसकेको डा. न्यौपानेको आरोप छ।

सुर्तीजन्य पदार्थमा कम कर बढाउनेमा नेपाल विश्वमै एक नम्बरमा पर्छ। छिमेकी राष्ट्र भारतमा सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर लगाइएको छ। नेपाल सरकारले पनि कम्तीमा भारतमा सरह कर लगाउन सके सुर्तीजन्य पदार्थको खपत घट्ने डा. न्यौपानेको दाबी छ।

विकास तथा अनुसन्धान प्रतिष्ठानअन्तर्गत सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका संयोजक जयकुमार गुरुङ पनि सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको झेल र प्रभावका कारण सरकारले कर बढाउन नसकेको बताउँछन्। सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन लागिपरेका सरोकारवालाले बर्सेनि सरकारलाई यस्तो उत्पादनमा अत्यधिक कर लगाउन सुझाव दिने गरेको तर गत वर्ष २ प्रतिशत मात्रै कर बढाइएको उनले बताए।

सरकारले गत वर्ष र त्यसको अघिल्लो आर्थिक वर्षमा सुर्तीजन्य पदार्थमा दुई प्रतिशत मात्र कर बढाएको उनको भनाइ छ।

गुरुङका अनुसार सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले अर्थ मन्त्रालयका नीति निर्मातालाई विभिन्न शीर्षकको कर देखाएर झुक्याउने गरेका छन्। उनीहरूले कच्चा पदार्थमा भन्सार शुल्क समेत थप गरी कर तिरेको शीर्षक पेस गर्छन्। उनका अनुसार झट्ट हेर्दा कम्पनीहरूले धेरै कर तिरेको देखिन्छ र सरकारी अधिकारीले अत्यन्त न्यून अन्तःशुल्क बढाउने निर्णय गर्छन्। उत्पादक कम्पनीले सबै करको हिसाब देखाउँदा सांसदसमेत झुक्किने गरेको उनको गुनासोे छ। ‘अन्तःशुल्क कर अलिकति पनि बढेको हुँदैन, सांसद पनि नबुझी ताली पिट्छन्,’ उनले भने।

खासमा कर वृद्धि गर्दा अन्तःशुल्क कर नै धेरै बढाउनुुपर्छ। हाल सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर एक खिलीमा ६० पैसा, अन्तः शुल्क कर २४ प्रतिशत र स्वास्थ्य जोखिम कर ५ प्रतिशत गरी ४१ प्रतिशत पुगेको छ। यो भनेको एक हजार खिल्ली चुरोटमा ५० देखि ८० रूपैयाँ वृद्धि हुनु हो। यो हिसाबले प्रति खिलीमा ६० पैसा वृद्धि हुनु हो। एक खिलीमा कम्तीमा असी/नब्बे पैसा वृद्धि गर्नुपर्छ,’ उनले भने।

त्यसैगरी विभिन्न स्तरमा चुरोेटको उत्पादन गर्ने कम्पनीले कुनै एउटामा मात्र कर बढाएर अर्र्को तरिकाले झुक्याउने गरेको गुरुङ बताउँछन्। नेपालमा पाँच स्तरका चुरोेट उत्पादन हुन्छन्। एउटामा मात्र कर बढाउँदा अन्य चुरोटमा कर मुक्त हुने हुँदा फेरि पनि बजार मूल्य कम हुन गई खपत बढ्ने गुरुङ बताउँछन्। यसका लागि पाँच स्तरका चुरोट उत्पादनबाट कम्तीमा दुईवटा स्तर उत्पादन बन्द हुनुपर्छ।

आगामी आर्थिक वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा अत्यधिक कर बढाउन माग राखेर नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठानले स्वास्थ्य र अर्थमन्त्रीलाई अध्ययनसहितको सुझाव प्रस्ताव पेस गर्ने भएको छ।

गुरुङका अनुसार अब भारतकै तहमा पुग्नेगरी सरकारले ३५ देखि ६० प्रतिशत कर वृद्धि गर्नुपर्छ। यो दरले कर वृद्धि भएमा केही वर्षमै विश्व स्वास्थ्य संगठनको मापदण्डमा पुग्न सकिने गुरुङ बताउँछन्। यसो गर्दा १७ अर्ब राजस्व संकलन हुन्छ। जुन राजस्व सुर्तीजन्य पदार्थ कर कोषमा संकलन गरी नागरिकको उपचारमा लगानी गर्न सकिन्छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमको तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष २८ हजार एक सय १० जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगले मृत्यु हुन्छ। नेपालमा ६७ लाख मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्छनु, जुन कुल जसंख्याको ३४ प्रतिशत हो। प्रतिवर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ४५ अर्ब रूपैयाँ खेर जान्छ ।
अर्को समाचार
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सांसदहरू सुझाव
१२ जेष्ठ २०८३
•
१ मिनेट पाठ
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सांसदहरू सुझाव
सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।




नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उनीहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरे। सुर्तीजन्य पदार्थबाट वार्षिक रु ३३ अर्ब राजस्व उठेता पनि स्वास्थ्य र उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन्।  

उनीहरूले सुर्तीजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्तीजन्य पदार्थको लतमा फसेको दृष्टान्त सुनाए। सांसदहरूले सुर्तीजन्य पदार्थमाथि भारतमा ५८ र बङ्गलादेशमा ७३ प्रतिशत कर लिने गरेको जानकारी दिए।

सांसद कुशुम महर्जनले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा ३९ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको भन्दै आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरिन्।

सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गरे। 'सुर्तीजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ,' उनले भने।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस