आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
२७ जेष्ठ २०७७
•
२ मिनेट पाठ
आरजुद्वारा डडेल्धुराका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले मंगलबार डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । 




पूर्व सांसद राणाले सात वटै पालिकाका १२ वटा बर्थिङ्ग सेन्टर, दुई वटा सुरक्षा निकाय र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई स्वास्थ्य सामग्री सहयोग गरेको रुडुक डडेल्धुराकि कार्यकारी निर्देशक अध्यक्ष सरस्वति खड्काले जानकारी दिइन् । उनका अनुसार बर्थिङ सेन्टरलाई २४ वटा पीपीई सेट, ६० लिटर सेनिटाइजर, थरमल गन १२ थान, पञ्जा २४ प्याकेट, मास्क तीन हजार पिस, गमबुट २४ जोडी, एन ९५ मास्क ४८ पिस, साबुन २४० थान, स्यानिटरी प्याड ११५२ पिस र औषधि सिटामोल मेट्रो ४८०० थान वितरण गरिएको हो ।

त्यस्तै पूर्व सांसद राणाले सुरक्षा निकायलाई पीपीई सेट ४, सेनिटाइजर ५ लिटर, थरमल गन २ थान, पञ्जा २ प्याकेट, गमबुट ४ जोडी, एन ९५ मास्क ८ पिस, साबुन ४० थान, औषधि सिटामोल ८०० थान र स्यानिटरी प्याड ९६ थान उपलब्ध गराएकी छन् । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई पीपीई १६ सेट, सेनिटाइजर २०लिटर, थरमल गन २, पञ्जा १० प्याकेट, पेपर मास्क २ प्याकेट,, गमबुट ४ जोडी, एन ९५ मास्क १०० पिस, साबुन १४० थान, स्यानीटरी प्याड १९२ थान र औषधि सिटामोल ८०० थान हस्तान्तरण गरिएको कार्यकारी निर्देशक खड्काले जानकारी दिइन् । 

कोरोना संक्रमणपछि डडेल्धुरामा दोस्रो पटक उनले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् । कांग्रेस नेतृ राणाले चाँडै सुदूरपश्चिम प्रदेशका सात वटै पहाडी जिल्लाका ५३ वटा स्वास्थ्य संस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने बताइन् । डडेल्धुरा कांग्रेस सभपाति शेरबहादुर देउवाको गृहजिल्ला हो । 

सभापति देउवाले केही दिन अघि मात्र १४० क्वीन्टल चामलसहित ठूलो मात्रामा खाद्यान्न राहत स्वरुप पठाएका थिए । देउवाले डडेल्धुराका प्रत्येक स्थानीय तहलाई २० क्विन्टल चामल, दुई सय केजी दाल, पाँच पेटी तेल, २८ केजी नुनका साथै चिनी, चियापत्ति, चनालगायतका खाद्यान्न पठाएका थिए ।
अर्को समाचार
यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री
२५ मंसिर २०८०
•
४ मिनेट पाठ
यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री
सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्। सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।




‘प्रधानमन्त्रीलगायत सत्ता गठबन्धन दलमा रहेका नेताहरूसँग निकट सम्बन्ध रहेका व्यक्तिले नै एनसेलको स्वामित्व खरिद गरेका छन्। एनसेललाई नै विगतमा सहयोग गरेका व्यक्तिलाई छानबिन समितिको जिम्मा दिइएबाट पुष्टि हुन्छ कि यसमा सरकारमा बस्नेबाटै एनसेललाई सरकारको स्वामित्वमा नल्याउने खेल भएको छ,’ प्रधानमन्त्री कार्यालयमा एक सचिवले भने। ती सचिवका अनुसार विगतमा एनसेललाई जोगाउन विभिन्न तिकडममा संलग्न रहेका व्यक्तिलाई समितिमा राखिएको छ। ‘हेर्नुस् न, टंकमणि शर्मा एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे अध्ययन गर्न बनेको समितिका संयोजक छन्। सचिवबाट बिदा हुन लागेका बैकुण्ठ अर्याल मुख्य सचिव छन् र सरकारको नेतृत्वमा विगतदेखि नै एनसेललाई सहयोग गर्दै आएका दाहाल छन्,’ ती सचिवले दाबीसाथ भने।

अहिले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा अध्ययन समिति गठन भएको छ। पूर्वमहालेखापरीक्षक हुँदा नै शर्मा एनसेलको पक्षमा लागेको आरोप निरूपण हुन सकेको छैन।

सुकदेव भट्टराई कार्यवाहक महालेखापरीक्षक भएका बेला एनसेलको बाँकी बक्यौता उल्लेख हुनु र शर्मा आएपछि त्यो बक्यौता कहीँ पनि नदेखिनुले आशंका जन्मिाएपछि सो विषयबारे त्यतिबेलै प्रश्न उठाइएको थियो । त्यति मात्र होइन, माओवादी शिविरमा भएको भ्रष्टाचारलाई लुकाउन सघाएको आरोप पनि शर्मामाथि कायमै छ।

स्रोतका अनुसार समिति सदस्य सचिव फणीन्द्रमणि गौतमले आफू रहेकै समितिप्रति असन्तुष्टि जनाइसकेका छन्। आफू एनसेलले कर छली गरेको विषयमा नेपालको पक्षमा वकालत गरेर मुद्दा जितेर आएको व्यक्ति रहेको भन्दै उनले ‘समितिमा भएका कोहीकसैलाई दोष दिनु उपयुक्त नहुने तर राम्रोसँग काम गर्ने अवस्था भने नभएको’ भन्दै आफूनिकट कर्मचारीलाई सुनाएका छन्।

एनसेलको कर छली प्रकरणमा सहयोगी भूमिकामा रहेका अर्याललाई गत असार २ गते अवकाश जानबाट रोकेर सत्ता साझेदार दल कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल दुवैले मुख्य सचिवमा नियुक्त गरेका थिए। उनको नियुक्तिका बेला दूरसञ्चार ऐनको मस्यौदामा २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई सहयोग पुर्‍याउने गरी सो प्रावधान हटाइएको बारे नागरिक दैनिकले निरन्तर समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएपछि सो ऐनको मस्यौदा अहिले पनि सञ्चार मन्त्रालयमा छलफलकै क्रममा राखेर रोकिएको छ।

प्रधानमन्त्री दाहाल र एनसेलसँगको साइनो लामो रहेको जानकारहरूको दाबी छ। विगतमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री कृष्णबहादुर महरा रहेका बेला एनसेलको कर छुट दिन हरप्रयत्न भएको थियो। त्यति मात्र होइन, शर्मालाई नै महालेखापरीक्षकमा नियुक्ति गरेर कर छलीलाई सहयोगी बनेको आरोपमा अहिले थप बहस सुरु भएको छ।  

२०७६ वैशाख २६ गते हालका प्रधानमन्त्री दाहालले आफ्नो ५०औं वैवाहिक वर्षगाँठ पनि एनसेलसँगै सम्बन्धित व्यक्ति निरजगोविन्द श्रेष्ठको घरमा मनाएका थिए। उनको सुनाकोठीस्थित घरमा वैवाहिक वर्षगाँठ मनाएका दाहाल र उनका सेरोफेरोका नेताहरूले एनसेललाई सहयोग पुर्‍याउँदै आएको स्रोतको दाबी छ।

आफ्नो विगत बाहिर आउने देखेपछि प्रधानमन्त्री दाहालले ऐनसेल खरिदबिक्रीको विवादका सम्बन्धमा सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर छलफलसमेत गरेका थिए।

त्यति मात्र होइन, एनसेललाई सरकारी स्वामित्वमा आउन नदिने योजना दुई वर्षअघि संसद्को कृषि समितिकी सभापति आरजु देउवा सिंगापुर जाँदा नै भएको स्रोतको दाबी छ। २०७८ सालमा केपी ओली नेतृत्वको सरकार ढल्नुअघि २०७७ फागुनमा सिंगापुर पुगेकी आरजुमार्फत दूरसञ्चार ऐन २०५३ मा उल्लेख भएका जटिल प्रावधान हटाउने योजना बनेको थियो। सोही योजनामुताबिक दूरसञ्चार ऐन २०७९ को मस्यौदा आएको सो मस्यौदा मन्त्रिपरिषद्मा पुग्नै नपाई मन्त्रालयमै अड्किएपछि एनसेलको सबै सेयर नेपाली नागरिकका नाममा पारिएको स्रोतको दाबी छ।

यो विषयमा अहिले सबैतिर चासो राखिएको छ। सत्ता गठबन्धनभित्रका केही नेताले पनि त्यसमा चासो राखेका छन्। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कडा शब्दमा आलोचना गरे पनि प्रधानमन्त्री दाहालको विगत र अहिलेको समितिबारे केही बोलेका छैनन्।

कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक मिलेमतो रहेको अभिव्यक्ति दिएका छन्। तर आफ्नै पार्टीका नेता र प्रधानमन्त्रीबारे उनी पनि बोल्न सकेका छैनन्। अर्कातर्फ उपेन्द्र यादवले पनि थापाको पदचाप पछ्याउँदै राजनीतिक र प्रशासनिक नेतृत्वलाई दोष दिएर उम्किने प्रयास गरेका छन्। भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएका रवि लामिछानेले पनि विदेश पुगेर कर छली गर्नेलाई छानबिन होइन, कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक खपतका लागि धारणा राखेका छन्।

उता संसद्को राज्यव्यवस्था समिति र अर्थ समितिबीच कसले बढी छलफल गर्ने भन्ने होडबाजी नै चलिरहेको छ। विगतमा अर्थ समितिमा रहेका रामहरि खतिवडा अहिले राज्यव्यवस्था समितिका सभापति छन्।

विगतमा एनसेलको करछली मुद्दाको चर्को बहस गर्ने र एनसेललाई घुँडा टेकाउने पात्र नै अहिले सो समितिमा भएकाले उनको भूमिकाप्रति सबैको चासो छ। ‘यो विषयमा छलफल गर्न भोलि बिहान मलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ। राज्यले समिति गठन गरेको अवस्था छ। उहाँले समितिमा आएर जवाफ दिन्छु भन्नुभएको छ। उहाँ र एनसेलबीचको सम्बन्धबारे पनि कुराकानी हुन्छ,’ खतिवडाले भने। उनका अनुसार भेटघाट गरेरै राज्यव्यवस्था समितिले छलफलका लागि प्रधानमन्त्रीलाई बोलाउनेछ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस