आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको गति बढाउन सरकारलाई दवाव
०६ असार २०७७
•
४ मिनेट पाठ
आरडिटी परीक्षण बन्द गरी पिसिआर परीक्षणको गति बढाउन सरकारलाई दवाव
पिसिआर परीक्षणको गति बढाउनुपर्ने माग गर्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस नगर सभापति बलराम शर्मा । तस्बिर : नागरिक
भारतबाट फर्केर आएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमका विवेक बस्नेतको आरडिटी जाँच गर्दा केहीदिन अघि पोजेटिभ देखियो । विश्व स्वास्थ्य संगठनको नियम अनुसार २४ घण्टा भित्रमा उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्नुपथ्र्यो, तर दश दिनपछि मात्र उनको पिसिआर परीक्षण गरियो । पिसिआर रिपोर्ट नेगेटिभ त आयो, तर उनले दश दिनसम्म अनेकौं तनावको सामना गर्नु पर्‍यो । ‘आरडिटी रिपोर्ट पोजेटिभ आएपछि समयमै पिसिआर परीक्षण भएन, जसले गर्दा धेरै तनाव खेप्नु पख्यो,’ विवेकले भने ।




यो त एउटा प्रतिनिधि मुलक घटना मात्र हो । बाँकेमा पिसिआर परीक्षण यसरी नै कछुवा गतिमा चलिरहेको छ । समयमै पिसिआर परीक्षण नहुँदा क्वारेन्टिनमा बसेका ब्यक्तिले अनेकौं तनाव झेल्नु परेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपनि पिसिआर परीक्षणको गति भने सुस्त चलिरहेको छ । पिसिआर परीक्षणका लागि भेरी अस्पताल नेपालगन्जमा मात्र प्रयोगशाला सञ्चालनमा छ ।  

उक्त प्रयोगशालामा बाँकेसहित बर्दिया, प्युठान, रोल्पा, रुकुम लगायत जिल्लाबाट ल्याइएको स्वाब परीक्षण गरिन्छ । जसले गर्दा स्वाब परीक्षणको गति कछुवा गतिमा चलेको हो । पिसिआर परीक्षणको गति सुस्त हुँदा सरकारलाई नागरिक स्तरबाट चौतर्फी रुपमा दवाव दिइएको छ । सरकारलाई विभिन्न माध्यमबाट दवाव बढेको हो ।

आरडिटी परीक्षण पश्चात घर पठाइएका कतिपय ब्यक्तिमा कोरोना पोजेटिभ देखिएको पाइएको छ । यसको ज्वलन्त उदाहारण हुन्, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतसहित पाँच जना ब्यक्ति । वडाअध्यक्ष बस्नेतसहित क्वारेन्टिनमा बसिरहेका पाँच जनाको आरडिटी विधीमार्फत कोरोना परीक्षण गर्दा नेगेटिभ देखियो । रिपोर्ट नेगेटिभ देखिएपछि स्वास्थ्यकर्मीले घर जान सल्लाह दिए । त्यसको केहीबेर पछि आएको पिसिआर रिपोर्टमा भने कोरोना पोजेटिभ देखिएको थियो ।  

यस्ता विभिन्न घटनाक्रमले गर्दा बाँकेमा आरडिटी परीक्षण प्रति नै प्रश्न उठ्ने गरेको छ । ‘यस्तो महामारीका बेला सरकारले अर्बौ रकम खर्च गरेर ल्याएको स्वास्थ्य सामाग्री तथा औषधि माथि नै प्रश्न चिन्ह लाग्नु दुर्भाग्य हो,’ पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब सरकारले नेपाली जनताको स्वास्थ्य माथिको खेलवाडलाई तत्काल बन्द गरी पिसिआर परीक्षणलाई ब्यापक बनाउन जरुरी छ, अन्यथा अझै भयावह स्थिती आउन सक्ने सम्भावना प्रबल छ ।’  

पिसिआर परीक्षणको गति बढाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस कोहलपुर नगर समितिले ज्ञापन पत्र बुझाएको छ । आरडिटी परीक्षण तत्काल बन्द गर्नुपर्ने र पिसिआर परीक्षणको गति बढाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको नगर सभापति बलराम शर्माले बताए । महामारीको विषमपरिस्थितीमा नेपाल सरकार र स्थानीय सरकार गम्भीर बन्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार शनिबारसम्म करिव ५ हजार ८ सय जनाको पिसिआर र ७ हजार २ सय ब्यक्तिको आरडिटी विधिमार्फत कोरोना परीक्षण गरिएको छ । प्रयोगशालाको क्षमता भन्दाबढी स्वाब संकलन भएर आइरहेकाले समयमै रिपोर्ट सार्वजनिक गर्न कठिनाइ हुने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ बताउँछन् । भेरी अस्पतालका अनुसार दैनिक ८० देखि १ सय वटा स्वाबको पिसिआर परीक्षण गरिन्छ । ‘ल्याबको क्षमता भन्दा धेरै स्याम्पल कलेक्सन भएर आइरहेको छ, जसले गर्दा समयमै रिपोर्ट दिन कठिनाई भइरहेको छ,’ प्रजिअ कुरुङवाङले भने ।  

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठ पनि प्रयोगशालामा चाप बढेका कारण ढिलो आउने गरेको बताउँछन् । ‘प्रयोगशालामा कामको चाप धेरै बढेको छ, तैपनि छिटो भन्दा छिटो रिपोर्ट ल्याउने कोसिस गरिरहेका छौं,’ उनले भने । जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर आरडिटी र पिसिआर परीक्षणको काम जारी राखिएको बताए । सरकारले नीतिगत रुपमा निर्णय नगर्दासम्म आफुहरुले आरडिटी विधीमार्फत कोरोना परिक्षणको काम जारी राख्ने फोकल पर्सन श्रेष्ठले बताए ।  

कोरोना पोजेटिभ महिलाको सफल शल्यक्रिया
कोरोना पोजेटिभ महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया गरिएको छ । कोरोना संक्रमित महिलाको शल्यक्रिया भएको यो दोस्रो पटक हो । यसअघि सोही अस्पतालमा अछामबाट आएकी एक संक्रमित महिलाको पनि आन्द्राको सफल शल्यक्रिया गरिएको थियो ।  

राजधानी बाहिर सम्भवतः पहिलो पटक संक्रमित महिलाको शल्यक्रिया सफलता पुर्वक गरिएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडियाका अनुसार कपिलवस्तु, कृष्णनगरकी २७ बर्षिया गर्भवतीको शनिबार बिहान सफल शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट संक्रमित महिलाले शिशु जन्माएकी हुन् । उनको शिशुको तौल दुई किलो ४ सय ग्राम रहेको छ ।

प्रसुती रोग विशेषज्ञ डा. अमरेन्द्र कुशवाहा, डा. कविता सिन्हा, बालरोग विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियन डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियन संगिता गिरी, नर्सद्धय सरस्वती श्रेष्ठ र पवित्रा बिष्टको टोलीले शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । उनलाई रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालले कोहलपुर रेफर गरेपछि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । भारतको मुम्बईबाट फर्केर आएकी उनलाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टाइनमा बसेको अवस्थामा पिसिआर परीक्षण गर्दा गत जेठ ३० कोरोना पोजेटिभ देखिएको थियो । आमा र शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अर्को समाचार
‘आरडिटी’ जाँच अनिवार्य गर्नुपर्ने नीतिले मजदुरलाई मर्का
०७ साउन २०७७
•
३ मिनेट पाठ
‘आरडिटी’ जाँच अनिवार्य गर्नुपर्ने नीतिले मजदुरलाई मर्का
बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का लोकबहादुर थारुले यसैसाता मजदुरी गर्न स्याङजा जाने योजना बनाए । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनी गाउँका अरु साथीसँग मजदुरी गर्न जादै थिए । तर, उनले सहजै जिल्ला छाड्न पाएनन् । आरडिटी जाँच बिना स्थानीय प्रशासनले उनीहरुलाई जाने अनुमति नै दिएन । सरकारले लागु गरेको नियम अनुसार उनीसहित राप्तीसोनारीका २९ जनाले कोहलपुरको एक निजी प्रयोगशालालाई १५ सय रुपैयाँका दरले पैसा तिरेर आरडिटी जाँच गराए ।  




आरडिटी जाँच गराउँदा सबैको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरुलाई प्रशासनले स्याङजासम्म जाने अनुमति दियो । मजदुरी गर्न गएका उनीहरु सरकारले लकडाउन घोषण गर्नुअघि स्याङजाको वालिङबाट घर फर्केर आएका थिए । ‘कोरोना भाइरसको महामारी फैलिन नपाउँदै हामीहरु घर फर्केर आएका थियौं, अहिले फेरी मजदुरी गर्न स्याङजा जान खोज्दा सरकारले आरडिटी जाँच गरेपछि मात्र अनुमति दियो, तर सबैको रिपोर्ट नेगेटिभ आयो,’ राप्तीसोनारी–५ का प्रताप थारुले भने ‘लकडाउनका कारण ऋणको भारीले हामीलाई थिचेका बेला निजी प्रयोगशालालाई महंगो पैसा तिरेर आरडिटी जाँच गराउन निकै समस्या भयो ।’ सरकारले ल्याएको यस्तो नीतिले गरिव, विपन्न जनता मर्कामा पर्ने र निजी प्रयोगशालाहरु मोटाउने निश्चित रहेको लोकबहादुर बताउँछन् ।  

जिल्लामा कोरोना भाइरस महामारीको त्रास क्रमशः घट्दै जान थालेपछि काम गर्न मजदुरहरु घरबाट बाहिरिन थालेका छन् । उनीहरु देशका विभिन्न जिल्लामा काम गर्न निस्कने गरेका हुन् । जिल्ला बाहिर निस्कने मजदुरका लागि अनिवार्य रुपमा आरडिटी परीक्षण गर्नुपर्ने र आरडिटी रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित जिल्लामा गइसकेपछि क्वारेन्टिन बस्नु नपर्ने सरकारको नियम छ । संघीय सरकारको दोहोरो र बाझिने नीति/नियमप्रति असन्तुष्टी ब्यक्त भएका छन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु संघीय सरकारले आरडिटी जाँच गर्ने विषयमा बाझिने खालको नीति, नियम लागु गरेको बताउँछन् ।  

‘संघीय सरकारले कुनै समयमा बाहिरबाट आएका ब्यक्तिलाई १४ दिन क्वारेन्टिनमा बसालेर सिधै घर पठाउने नियम बनायो, तर हामीले नमानेर पिसिआर र आरडिटी किट आफै खरिद गरेर भएपनि सबैको कोरोना जाँच गरेर मात्र घर पठाएका थियौं, तर अरु ठाउँमा क्वारेन्टिनमा बसेका ब्यक्तिको चेकजाँच नै भएन,’ उनले भने ‘अहिले फेरी यही सरकारले कामका लागि जिल्ला बाहिर जाने गरिब, मजदुरलाई अनिवार्य आरडिटी जाँच गर्नुपर्ने नियम लादेको छ ।’ संघीय सरकारको यस्तो नियमबाट गरिब, विपन्न परिवार अत्यन्त मर्कामा परेको अध्यक्ष थारु बताउँछन् । सरकारले आरडिटी जाँच गर्न निजी प्रयोगशालालाई पनि अधिकार दिदाँ बजारमा कालोबजारी समेत बढेको उनले सुनाए ।  

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु काम गर्न जिल्ला बाहिर जाने मजदुरहरु अहिले अनिवार्य आरडिटी जाँच गर्नुपर्ने सरकारको नीतिबाट निकै मर्कामा परेको बताउँछन् । ‘लकडाउनका कारण लामो समयसम्म घरमा बसेका मजदुरहरु अहिले फेरी कामको लागि बाहिर जान खोज्दैछन्, तर अनिवार्य रुपमा आरडिटी जाँच गर्न बाध्य पारिएको छ,’ उनले भने ‘आरडिटी जाँचको प्रक्रिया बुझ्न उनीहरु प्रायः वडा कार्यालयमा आउँछन्, हामीले अहिले केही गर्ने स्थिती छैन ।’
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस