बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण
०४ असार २०७७
•
२ मिनेट पाठ
बागमती प्रदेश : थुप्रिदै स्वाब, सुस्त पीसिआर परीक्षण
बागमती प्रदेश अन्र्तगत कोरोना संक्रमित सबैभन्दा बढी देखिएको धादिङ जिल्लामा अहिले थ्रोट स्वाब संकलन कार्य धमाधम भइरहेको छ । यसरी भारतबाट आई क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरि पठाएको लामो समय भइसक्दा पनि पीसिआर परीक्षणको रिपोर्ट आउन सकेको छैन । ‘स्वाब संकलन गरि पीसिआर परीक्षणका लागि प्रयोगशाला पठायौँ तर रिपोर्ट ढिला आउँछ’, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘पीसिआर रिपोर्ट समयमै नआउदाँ क्वारेन्टिनको बसाई लम्बिने गरेको छ ।’  




स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाभर सात सय ५० जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा ६ सय २५ जनाको पीसिआर रिपोर्ट आएको छ । जसमध्ये ८६ जनाको पोजेटिभ आएको छ भने एक सय २५ जनाको रिपोर्ट आउन बाँकी छ । पर्याप्त किटको अभावमा भारतबाट आएकाहरुको आरडिटी परीक्षण मात्र गरिएको छ । जिल्लामा दुई हजार पाँच सय ४६ जनाको आरडिटी परीक्षण गरिएको छ । स्बाब संकलन किटको अभाव हुदाँ र आरडिटीको मात्रै भर पर्दा कारोना संक्रमणको जोखिम देखिएको छ । परीक्षण गर्नुपर्नेको संख्या दिनहुँ बढ्दो क्रममा रहे पनि परीक्षण व्यवस्थापन निकै फितलो देखिएको छ ।

बागमती प्रदेशभित्र काठमाडौँ उपत्यकासहित सात ठाउँबाट परीक्षण गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्व विद्यालय टिचिङ अस्पताल महाराजगंज काठमडौँ, पाटन अस्पताल ललितपुर, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा, धुलिखेल अस्पताल, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा परीक्षण गरिन्छ । प्राविधिक जनशक्ति कम हुनु र पूर्वाधारको अभावले गर्दा पीसीआर परीक्षणको नतिजा आउन ढिलाई भएको स्वास्थ्यकर्मीको भनाई छ ।  

हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा विहिबारसम्म कोभिड– १९ परीक्षणको लागि चार हजार आठ सय ५७ नमुना प्राप्त भएको केन्द्रका प्रबक्ता डा. पुरुषोत्तम सेढाईले बताए । ‘स्वाब संकलनका लागि प्राप्त भएका मध्ये चार हजार तीन सय ६८ को पीसिआर परीक्षण भइसकेको छ बाँकी चार सय ८९ स्वाब परीक्षण गर्न बाँकी छ’, उनले भने, ‘प्रयोगशालामा दिनानुदिन स्वाब थपिदै गएको छ, तीव्र परीक्षणका लागि प्रयोगशालामा सामग्री र जनशक्ति कम भएपछि परीक्षणको काम गरिरहेका छौँ ।’  

पर्याप्त किटको अभावमा थ्रोट स्वाबको नमुना संकलन पनि कम छ । कतिपय प्रयोगशालामा परीक्षण गर्ने किटको अभावमा संकलन गरिएका स्वाब थपिदै गएको छ भने काम पनि ठप्प भएको छ । भारतबाट दिनानुदिन आएकाहरुको आरडिटीमा बढी जोड दिइएको छ भने स्वाब संकलन थौरै गरिएको छ । कोरोनाको त्रासले बाग्मती प्रदेशमा भारतबाट हजारौँ व्यक्ति फर्केका छन् तर सबैको कोरोनाको जाँच हुन सकेको छैन ।  

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर १० हजार ६ सय ५ क्वारेन्टिन बेड रहेकोमा दुई हजार एक सय ६६ मा बसेका छन् । त्यस्तै १ हजार एक सय ५ आइसोलेसन बेड रहेकोमा १ सय ९४ बेडमा बसेका छन् । हालसम्म २९ हजार दुई सय ४३ आरडीटि परीक्षण गरिएको छ ।  
अर्को समाचार
बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै
१५ असार २०८०
•
२ मिनेट पाठ
बागमतीमा सत्तापक्ष र प्रतिपक्षकाे टकराव बढ्दै
बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन। नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्।




राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि बागमती प्रदेशसभाको बैठक पुनः स्थगन गरिएको छ।

मंगलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगन गरिएको बैठक बुधबार बिहान ११ः०० बजेका लागि बोलाइएको थियो। दलहरूकाे सहमति नजुटेपछि विशेष कारणवश भन्दै दिउँसो १ः३० बजे बैठक बस्ने गरी समय निर्धारण गरिएकामा सो समयमा पनि बैठक बस्न सकेन। दिउँसो ३ः३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुनः साँझ ५ः०० बजे बैठक बोलाइएकामा करिब आधा घन्टा ढिला गरी बैठक भएको थियो।

बैठक सुरु भएलगत्तै प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेशसभा सदस्यहरूले उठेर बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन। एमाले र राप्रपाले प्रदेश सभाको बैठकमा आफ्ना माग सत्ता पक्षले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक यही असार १७ गते आइतबार दिउँसो २ः०० बजेसम्मका लागि स्थगन गरिएको बताए।

अहिले बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षको टकराब बढ्दै गएको छ। आगामी आर्थिक वर्षको बजेट सम्बोधनमा प्रतिपक्षी दललाई पूरै निषेध गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षी दलका बीचमा टकराब बढ्दै गएको हो। बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।

बजेटमा सरकारले आफूखुसी गरेको भन्दै निरन्तर रूपमा विरोध गर्दै आएको एमालेले बागमती प्रदेशसभा चल्न दिएको छैन। बागमती प्रदेश सभाको बैठक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि पुनः स्थगन गरिएको हो। सरकारले ल्याएको बजेट जस्ताको तस्तै सके सहमतिमा नसके बहुमतका आधारमा पारित गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस