काठमाडौं, वैशाख १२ (नागरिक)-काठमाडौंमा बालबालिकाको आँखा उपचार सेवालाई अझ परिस्कृत तथा दूरगामी बनाउन सोमबार तिलगंगा इन्स्टिच्युट अफ ओप्थालमोलोजीमा ओआर बिआइएस इन्टरनेशनल र ताइवानको विदेश मन्त्रालय (एमओएफए)बीच समझौता सम्पन्न भएको छ। समझौतामा एमओएफए ताइवानको प्रतिनिधित्व भारतका लागि ताइवानी राजदूत तथा औआरबिएसको प्रतिनिधित्व एसियाका क्षेत्रीय निर्देशक पल फरेस्टले गरेका थिए।
उक्त अवसरमा तिलगंगा इन्स्टिच्युट अफ ओप्थालमोलोजीका निर्देशक सान्दुक रुइतको पनि उपस्थिति थियो। ओआरबिएस तथा एमओएफए विचको समझौताको उद्देस्य नेपालमा दूरगामी आँखा सेवा सम्बन्धि व्यवस्थाको विकासका लागि संयुक्त प्रयास रहेको बताइएको छ।