मिर्गौलाको समस्याबाट पीडित युवालाई प्रवासबाट सहयोग
३१ असार २०७७
•
१ मिनेट पाठ
मिर्गौलाको समस्याबाट पीडित युवालाई प्रवासबाट सहयोग
मिर्गौलाको समस्याबाट पीडित तेजबहादुर खड्का । तस्बिर : नागरिक
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका मिर्गौलाको समस्याबाट पीडित तेजबहादुर खड्कालाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । मिर्गौला फेल भएपछि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा उपचार गराइरहेका खड्कालाई हाल दोहा कतारमा रहेका युवाले १ लाख ५९ हजार १ सय ९० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 




खड्काको उपचार सहयोगार्थ दोहा कतारमा अमिर केरुङ लिम्बूको संयोजकत्वमा गठन गरिएको १३ सदस्यीय सहयोग समितिको पहलमा स्वदेश तथा विदेशमा बस्ने शुभेच्छुकबाट रकम संकलन गरेर पठाइएको सहयोग समितिका प्रमुख सल्लाहकार भलराज राईले बताए ।  

मिर्गौलाको समस्याको उपचारकाक्रममा खड्कालाई आर्थिक समस्या परेको जानकारी भएपछि दोहामा रहेका युवाको पुस ४ गतेको बैठकले सहयोग संकलन गरेर पठाइदिने निर्णय गरेको थियो । ३४ वर्षीय खड्कालाई गत मंसिर १३ गते वडा कार्यालय दोर्पाचिउरीडाँडाले सहयोगका लागि सिफारिस गरेको थियो । कतारमै पुगेका तेजबहादुरका काकामार्फत मिर्गौलाको उपचारकाक्रममा आर्थिक समस्या भएको जानकारी भएपछि प्रवासबाट सहयोग संकलन अभियान चलाइएको प्रमुख सल्लाहकार राईले जानकारी दिए ।
अर्को समाचार
खडेरी र फौजी किरा पीडितलाई राहतको व्यवस्था गर्न आग्रह
२८ जेष्ठ २०७७
•
१ मिनेट पाठ
खडेरी र फौजी किरा पीडितलाई राहतको व्यवस्था गर्न आग्रह
प्रदेशसभा सांसद उषाकला राईले खोटाङका खडेरी र फौजी किरा पीडित नागरिकलाई विशेष राहतको व्यवस्था गर्न सरकार समक्ष आग्रह गरेकी छन् । १ नम्बर प्रदेशको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा बुधबार शून्य समयमा बोल्दै खोटाङकी प्रदेशसभा सांसद राईले खडेरी र फौजी किराको प्रकोपका कारण अन्नबाली उत्पादन नहुँदा भोकमरीको चपेटामा परेका नागरिकका लागि विशेष राहतको कार्यक्रम ल्याउनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् ।  




सांसद राईले जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपीलासगढी गाउँपालिका लगायतका स्थानीय तहका नदी किनार क्षेत्रका गरिब जनता खडेरी र फौजी किराको मारमा परेको उल्लेख गरिन् । ‘एकातिर खडेरी, अर्कोतिर फौजी किराको अतिक्रमण, त्यसमाथि कोरोना भाइरसको संक्रमण । यी तीन चिजले खोटाङलाई आक्रान्त पारेको छ,’ सांसद राईले भनिन्, ‘गरिब जनता काम र माम नपाएर अत्यान्त पीडाग्रस्त हुनुहुन्छ । समस्याग्रस्त श्रमिक र गरीब, सुक्खाग्रस्त क्षेत्रका खडेरी पीडितलाई विशेष राहत कार्यक्रमको व्यवस्था गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’  

प्रदेशसभा सांसद राईले जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थाका लागि सरकार समक्ष आग्रह गरेकी छन् । उनले विकास निर्माणको चटारो लागेको बेला सिमेन्टको मूल्या बढेको भन्दै मूल्य नियन्त्रणका लागि चासो दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस