क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री
२० साउन २०७७
•
२ मिनेट पाठ
क्वारेन्टिन व्यवस्थापनका लागि नगरपालिकालाई १४ लाखको सामग्री
तस्बिर : दमन राई/नागरिक
बालसेवा समाज नेपाल नेर्पा खोटाङले क्वारेन्टिन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई १४ लाख बराबरको सामग्री प्रदान गरेको छ । 




क्रिश्चियन एडको सहयोगमा सञ्चालन भइरहेको ‘सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता (वी फिल)’ परियोजना अन्तरगत बालसेवाले क्वारेन्टिन व्यवस्थापनका लागि आइसोलेसन बेड, व्यक्तिगत सरसफाइका सामग्री, पानी ट्यांकीदेखि चामल, दाल, तेल, नुन लगायतका सामग्री प्रदान गरेको हो । दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा मंगलबार आयोजित कार्यक्रमका बाल सेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई क्वारेन्टिन निर्माणका सामग्री एबं बन्दोबस्तीका सामग्री हस्तान्तरण गरेकी छन् ।

नगरपालिकालाई अस्पताल आइसोलेसन बेड ५० थान, सय जनालाई पुग्ने म्याट्रिस, सिरानी, बेडकभर, ब्ल्यांकेट, झुल, चप्पल, दन्तमञ्जन, ब्रस, टावल, एन ९५ मास्क, सावुन, सेनिटाइजर लगायतका व्यक्तिगत सरसफाईका सामग्री, पाँच सय लिटरको पाँच वटा पानी ट्यांकी, ३० केजीको ६६ बोरा चामल, दुई सय केजी दाल, हाफ लिटरको ११४ पोका तेल र ३४ प्याकेट नुन हस्तान्तरण गरिएको बालसेवाले जनाएको छ । क्वारेन्टिनमा उपयोगपछि जुनसुकै स्वास्थ्य संस्थामा लगेर उपयोग गर्न मिल्ने गरी नगरपालिकालाई अस्पताल आइसोलेसन बेड हस्तान्तरण गरिएको समाजकी अध्यक्ष भुजेलले बताईन् ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेपाल रेडक्रस सोसाइटीका सभापति कुमारसिं बस्नेत लगायतको रोहबरमा बालसेवाले नगरपालिकालाई क्वारेन्टिन व्यवस्थापन सम्बन्धी सामग्री प्रदान गरेको हो । यस्तै, थप स्टेण्डसहितको पाँच सय लिटरको पाँच वटा ड्रम, एक हजार ९८० केजी चामल, दुई सय केजी दाल, ११४ पोका तेल र ३४ पोका नुन हस्तान्तरण  गरिने ‘सशक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशीलता (वी फिल)’ परियोजनाका प्रवन्धक युवराज रिजालले बताए ।  

यसअघि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाका एक हजार ५४१ घरधुरीलाई खाद्यान्न वितरण गरेको परियोजनाले जनाएको छ ।
अर्को समाचार
एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण
०७ असोज २०७८
•
१ मिनेट पाठ
एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिँदै ।
कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफले एक करोड बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ। संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो।  




प्रदेश अस्पतालमा आयोजित कार्यक्रममा ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले स्वास्थ्य सामग्रीहरु प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेका थिए।  

ब्याक टु लाइफ जर्मन आइएनजीओ हो। कर्णाली प्रदेशको मुगु र बागमती प्रदेशका केही जिल्लाहरुमा ब्याक टु लाइफले स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ।  

कार्यक्रममा ब्याक टु लाइफका पब्लिक रिलेसन अधिकृत अन्जन दाहालले ४२ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्रदेश अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको बताए।  

ब्याक टु लाइफले प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान, प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डिआर एक्स–रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स–रे मेशिन १ सेट हस्तान्तरण गरेको हो।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस