प्राणघातक रोगका बिरामीलाई चौदण्डीगढी नगरको उपचार सहयोग
०९ पौष २०७७
•
२ मिनेट पाठ
प्राणघातक रोगका बिरामीलाई चौदण्डीगढी नगरको उपचार सहयोग
विरामीका आफन्तलाई सहयोग रकम हस्तान्तरण गर्दै मेयर राई । तस्बिरः महेश्वर
उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिभिन्न ८ प्रकारका प्राणघातक रोग लागेर बिरामी नगरबासीलाई उपचार सहयोग गर्दै आएको छ। नेपाल सरकारको ‘बिपन्न नागरिकलाई उपचार राहत कोष निर्देशिका २०७५’ बमोजिम ८ खाले प्राणघातक रोग लागेर थलिएका विरामीलाई औषधि उपचार गर्न सहयोग गर्दै आएको जनाएको छ।  




क्यान्सर, मुटुरोग, मिर्गौला, अल्जाईमर, पार्किन्सन्स्, सिकललेस एनोमिया, हेड इन्जुरी र स्पाईनल इन्जुरीले थलिएका विरामीलाई औषधि उपचार खर्चवापत ५० हजारका दरले सहयोग दिँदै आएको नगरप्रमुख खगेन्द्र राईले बताए। उनका अनुसार सरकारको कार्यविधिलाई टेकेर नगरपालिकाले बनाएको ‘बिभिन्न ८ प्रकारका विरामीलाई औषधि उपचार सहयोग स्वास्थ्य राहत कोष वितरण कार्यविधि ०७५’ मार्फत सहयोग प्रदान गर्ने गरेको हो।

नगरपालिकाले सरकारबाट सूचिकृत ८ मध्ये कुनै रोग लागेका बिरामीलाई शल्यक्रिया (अपरेसन) र औषधि खर्चवापत प्रतिव्यक्ति ५० हजारका दरले सहयोग दिँदै आएको र त्यसबाहेक अन्य रोग लागेर उपचार गर्न नसक्ने गरिव तथा बिपन्न बर्गका नगरबासीलाई उनीहरुको आर्थिक अवस्था पहिचान गरी कम्तीमा ५ हजारदेखि ५० हजारसम्म उपचार खर्च दिँदै आएको नगरका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले बताए।  

अघिल्लो आर्थिक वर्षदेखि सुरु यो कार्यक्रम अनुसार अहिलेसम्म दर्जन बढीले सहयोग पाईसकेको लेखापाल अमर थापा मगरले बताए। उनका अनुसार सरकारले कार्यविधि बनाएकै वर्ष नगरपालिकाले कार्यविधि बनाएर लक्षित वर्गको पहिचान गरी सहयोग दिन थालेको हो। जस अनुसार आर्थिक वर्ष ०७६–७७ मा सो शीर्षकअन्तर्गत ३६ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको लेखापाल मगरले बताए। त्यस्तै चालुवर्ष ०७७–७८ सुरु भएयता पनि १३ लाख ६२ हजार रुपैयाँ वितरण गरिसकेको उनले बताएका छन्।  

नगरपालिकाको यस्तो कार्य उदाहरणीय भएको भन्दै नगरबासीले खुसी व्यक्त गरेका छन्। अन्य स्थानीयतहमा यस्ता कैयौं विरामीले सहयोग माग्दै गाउँ तथा नगरपालिकाको ढोका ढक्ढकाए पनि सहयोग नपाईरहेको अवस्थामा चौदण्डीगढीले गरेको यो काम सराहनीय भएको भन्दै नगरबासीले प्रशंसा गरेका छन्।  

सरकारले प्राणघातक रोगको उपचार खर्च दिने कानुन बनाएर सहयोगको ढोका खोले पनि कतिपय स्थानीयतहले आन्तरिक कानुन बनाउन नसक्दा जनता कानुन बमोजिम स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको गुनासो गरिरहेका छन्। यस्तो बेला चौदण्डीगढीको यो कार्य उदाहरणीय भएको प्रतिक्रिया बिरामीका आफन्तले दिएका छन्।  

देश संघीयतामा जानुअघि पनि सरकारले यस्ता प्राणघातक रोगको उपचार गर्न स्वास्थ्य मन्त्रालयमार्फत सहयोग दिने व्यवस्था गरेको थियो। तर, अस्पताल र फार्मेसीको बील भर्पाइ तथा प्रमुख जिल्ला अधिकारी अध्यक्ष तथा जनस्वास्थ्य कार्यालय प्रमुख सदस्यसचिव रहेको ‘जिल्ला स्वास्थ्य सिफारिस समिति’को सिफारिस अनिवार्य गरेपछि मात्र रकम पाउने व्यवस्था थियो। जनचेतना अभाव र झन्झटिलो कानुनी प्रक्रियाका कारण धेरै बिरामीले स्वास्थ्य सेवा पाउन नसकिरहेकोमा उपचार खर्च वितरण गर्ने अधिकार स्थानीयतहलाई दिएपछि आफूले सहयोग गर्न थालेको मेयर राईले बताए। 

चौदण्डीगढीको यस्तो कार्यको अन्य स्थानीयतहले पनि सिको गरे सेवाग्राहीले स्वास्थ्य लाभ पाउन सक्ने जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदी बताउँछन्।
अर्को समाचार
काभ्रेपलाञ्चोकमा रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह
२५ असार २०७८
•
३ मिनेट पाठ
काभ्रेपलाञ्चोकमा रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह
प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो ।  




मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।  

दुई महिनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ । 

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका  बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताए । उनले भने, “यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।” उनका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेगर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम विस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ ।  

यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । वाग्मती प्रदेशस्थित पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ । सामदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।  

रेबिज के हो र यसबाट कसरी बच्ने ?

रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेषगरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताए ।  

यो प्राण घातक रोग भएपनि आत्तिनुपर्ने रोग नभएको उनको भनाइ छ । रेबिजविरुद्धको खोप आइसकेको र टोकाइपूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ । यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरे पनि रेबिजबाट बच्न सकिन्छ । तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शङ्का लागेका जनावरले टोकेपछि पनि हेलचेक्रयाई गरी रेबिजविरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जाने उनको भनाइ छ । यस्तै रोग लागेको जनावरको र्‍याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ ।

स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ । रासस
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस