अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शून्य
१६ फागुन २०७७
•
२ मिनेट पाठ
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शून्य
अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। सन्धिखर्क नगरपालिकाका दुईजना निको भएर घर फर्किएसंगै सक्रिय संक्रमितको संख्या शून्य भएको हो। गत जेठ १२ गते पाणिनी गाउँपालिकाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमितको संख्या शून्यमा झर्दा हालसम्म अर्घाखाँचीका ८ सय एक जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन अर्घाखाँचीको तथ्याङ्कमा उल्लेख छ।  




अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन सय ८१, भुमिकास्थान नगरपालिकाका एक सय ३५, शितगंगा नगरपालिकाका एक सय आठ, पाणिनी गाउँपालिकाका ३३, मालारानी गाउँपालिकाका ९० र छत्रदेव गाउँपालिकाका ५४ गरी ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

भुमिकास्थान–९ ढिकुराका ३० वर्षीय पुरुषको मृत्यु भएपछि गत जेठ १६ गते अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो। शनिबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ रहेको छ। जम्मा संक्रमित आठ सय एक जना मध्ये सत सय ८८ ले कोरोनालाई जितेका छन् भने १३ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।  

अर्घाखाँचीका ६ स्थानीयतह मध्ये छत्रदेव गाउँपालिका बाहेक पाँच स्थानीयतहका १३ जनाले ज्यान गुमाएका हुन्। जसमध्ये सन्धिखर्क नगरपालिकाका ५ जना, भुमिकास्थान नगरपालिकाका ३ जना, शितगंगा नगरपालिकाका २ जना, पाणिनी गाउँपालिकाका २ जना र मालारानी गाउँपालिकाका १ जना गरी १३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिए।

कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकाले संक्रमितको संख्या कम भएको अर्घाखाँची अस्पतालका मेसु डा. कपिल गौतमले बताए। सचेतनाका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाइएको र नागरिक आफैले पनि सुरक्षाका मापदण्ड अपनाएकाले संक्रमितको संख्या शून्यमा झार्न सफल भएको उनले बताए। ‘कोरोना संक्रमित शून्यमा झरेका छन्, डा गौतमले भने,‘संक्रमित हुन थालेपछि पहिलो पटक क्वारेन्टिनहरु खाली भएका छन्, खुशी छौं।’ संक्रमित छैनन् भनेर लापर्बाही गर्न नहुने उनको भनाइ छ। अझैपनी उत्तिकै सचेतना उपनाउनु पर्नेमा उनले जोड दिए।  

गत माघ १५ र फागुन २ गते गरी दुई चरणमा प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप लगाईएको थियो। फागुन अन्तिम सातादेखि अर्को चरणको खोप लगाउने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा गौतमले बताइन्।
अर्को समाचार
उच्च जोखिममा प्रदेश ५ का पहाडी जिल्ला
२९ जेष्ठ २०७७
•
५ मिनेट पाठ
उच्च जोखिममा प्रदेश ५ का पहाडी जिल्ला
तीन साताअघिसम्म प्रदेश ५ का पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना संक्रमण शून्य थियो । बुटवलमा उपचारत एक शिक्षकको स्वाब परीक्षण गर्दा जेठ ५ गते कोरोना पोजेटिभ देखियो । त्यसयता यी तीन जिल्लामा संक्रमितको संख्या पाल्पामा नौ, गुल्मीमा सात र अर्घाखाँचीमा ३६ पुगेको छ । तीनवटै जिल्लामा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भइसकेको छ ।  




अहिलेसम्म तराईको तुलनामा पहाडमा संक्रमितको संख्या कम छ । तर जोखिम झन् बढेको जनस्वाथ्यका अधिकारीहरू बताउँछन् । ‘भारतबाट फर्केकाहरूले क्वारेन्टिन भरिभराउ छन् । पिसिआर परीक्षण नगण्य छ । आरडिटी किट पनि पर्याप्त छैन, जोखिम बढेको छ,’ स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले भने । तीनवटै जिल्लामा एक/एक संक्रमितको मृत्यु भएपछि कन्ट्याक्ट टे«सिङले प्राथमिकता पायो । तर भारतबाट फर्केकाहरूको परीक्षणलाई प्राथमिकता दिइएको छैन । त्यसको मुख्य कारण किट अभाव हुनु र संकलित नमुनाको रिपोर्ट समयमै नआउनु हो ।

तीनै जिल्लामा भारतबाट फर्केकालाई साँघुरा क्वारेन्टिनमा कोचाकोच गरी राखिएको छ । भारतबाट फर्कने क्रम अहिले पनि जारी छ । दिल्ली, महाराष्ट्र, गुजरातजस्ता कोरोना फैलिएका भारतीय सहरहरूबाट फर्कने धेरै छन् । अहिलेसम्म तराईका जिल्लामा भेटिएका संक्रमित पनि अधिकतर तिनै सहरबाट फर्केका हुन् । प्रदेशमा खटिएका डब्लुएचओका एक अधिकारीले समयमै संक्रमितको पहिचान गरी विशेष सावधानी नअपनाइए पहाडी जिल्लाले पनि तराईकै नियति भोग्नुपर्ने बताए । ‘क्वारेन्टिनलाई मापदण्डअनुरूपको बनाउनु अति जरुरी छ । टेस्टको गति बढाउने र संक्रमितको उपचारका लागि पूर्वाधार तयार गर्नुपर्ने देखिन्छ,’ ती अधिकारीले भने ।  

क्वारेन्टिन र आइसोलेसन सेन्टर मापदण्डअनुरूप व्यवस्थापन नगरिए अर्घाखाँची, पाल्पा र गुल्मीले पनि कपिलवस्तु, बाँके र रूपन्देहीको जस्तै नियती भोग्नुपर्ने जनस्वास्थ्यका विज्ञहरूले औंल्याएका छन् ।
जनस्वास्थ्य विज्ञहरूले पहाडमा जोखिम बढिरहेको बताइरहँदा तीनै जिल्लामा कोरोना पहिचान, संक्रमण रोकथाम तथा उपचारको तयारी फितलो छ । न किट पर्याप्त छ, न परीक्षण । न त क्वारेन्टिन र संक्रमितलाई राख्ने आइसोलेसन मापदण्डअनुरूपका छन् ।  

हाल ३६ जनामा संक्रमित भेटिएको अर्घाखाँचीमा अहिलेसम्म ४५ शड्ढयाको एउटा आइसोलेसन सेन्टर तयार छ । जिल्लामा मंगलबारसम्म चार हजार तीन सय क्वारेन्टिनमा छन् । परीक्षणको गती बढ्दा संक्रमित थपिए भने तीनलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अन्योल छ । प्रजिअ विजयराज पौडेलले भूमिकास्थान, शीतगंगा, छत्रदेव र सन्धिखर्कमै २०/२० शड्ढयाका आइसोलेसन सेन्टर बनाउने तयारी भइरहेको बताए ।

स्वास्थ्य समस्या देखिएका वा लक्षणसहितका संक्रमितलाई आइसोलेसन अस्पतालमा राख्ने भनिएको छ । तर त्यसखालको आइसोलेसन शड्ढया जिल्ला अस्पतालमा जम्मा दुईवटा छन् । लक्षणसहितका संक्रमित थपिए र आइसियु, भेन्टिलेटरको सुविधा आवश्यक परे बुटवल दौडाउनुको विकल्प छैन । स्वास्थ्य सुरक्षा सामग्रीको पनि अभाव छ । एम्बुलेन्स चालकहरूकै लागि पर्याप्त पिपिई नभएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आर्चायले बताए ।

‘पिपिई नहुँदा एम्बुलेन्सले संक्रमित बोक्न मान्दैनन् । भारतबाट फर्केकालाई जिल्ला ल्याउन त्यस्तै समस्या छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिएका नमुनाको रिपोर्ट दुई सातासम्म नआउँदा जोखिम बढेको छ,’ आर्चायले भने । आरडिटी रिर्पोट पोजेटिभ आएर संकलन गरिएका स्वाबसमेत प्रदेशका प्रयोगशाला भैरहवा र दाङले लिन नमानेपछि चितवन पठाइएको उनले बताए ।  

हालसम्म नौ संक्रमित भेटिएको पाल्पामा क्वारेन्टिनमा रहेका दुई हजारको परीक्षण भएको छैन । भिटिएम पर्याप्त नहुँदा अत्यावश्यक र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरूको स्वाब संकलनलाई प्राथमिकता दिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । परीक्षणको गति बढे संक्रमितको सख्या पनि बढ्न सक्ने अनुमान स्वास्थ्य अधिकारीहरूको छ । 

तर संक्रमितको व्यवस्थापनका लागि तयारी फितलो छ । स्वास्थ्य कार्यालयका प्रमुख न्यौपानेका अनुसार तानसेनमा १२ र २० शड्ढयाका दुई आइसोलेसन सेन्टर तयार छन् । पूर्वखोला, रिब्दिकोटमा र रामपुरमा २०/२० शड्ढयाको आइसोलेसन सेन्टर बन्दैछन् । मिसन अस्पतालमा तीन, लुम्बिनी मेडिकल कलेजमा नौ, रामपुरमा दुई र जिल्ला अस्पतालमा एउटा आइसोलेसन शड्ढया तयारी अवस्थामा छ । 

तर सरकारी अस्पतालमा आइसियु र भेन्टिलेटरको व्यवस्था छैन । ‘संक्रमित सिकिस्त भए बुटवल भैरहवालाई नै विकल्पका रूपमा लिनुपर्ने अवस्था छ,’ न्यौपानेले भने । पाल्पामा पनि क्वाारेन्टाइन र आइसोलेसन सेन्टरहरू मापदण्डअनुरूप नभएको डब्लुएचओका अधिकारीले बताए । त्यहाँ सामाजिक दूरी नै कायम नगरिएको ती अधिकारीले बताए । उनका अनुसार एउटै धारा, शौचालय, बाथरुम धेरैजनाले प्रयोग गरिरहेका छन् । त्यसकारण क्वारेन्टिनभित्रबाट संक्रमण फैलने खतरा छ ।

अहिलेसम्म सात संक्रमित भेटिएको गुल्मीमा चार हजार दुई सयजना क्वारेन्टिनमा छन् । परीक्षण गति निकै सुस्त छ । कन्ट्याक्ट ट्रेसिङलाई जोड दिइए पनि किट अभावमा स्वाब संकलन हुन सकिरहेको छैन । आरडिटी किटसमेत पर्याप्त उपलब्ध नगराइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए । ‘क्वारेन्टिनमा चार हजारभन्दा बढी छन् तर आरडिटी किट २४ सय थान पठाइएको छ,’ डा. शर्माले भने ।

उनका अनुसार रेसुंगामा २०, छत्रकोटमा तीन, चन्द्रकोटमा आठ, धुर्कोटमा २०, सत्यवतीमा १०, मुसीकोटमा १६ शड्ढयाको आइसोलेसन सेन्टर बन्दैछन् तर ती मापदण्डअनुरूप छैनन् । हाल उपलब्ध साधनस्रोतले मापदण्डअनुरूपका आइसोलेसन सेन्टर बनाउन नसकिने उनको भनाइ छ । आइसोलेसन सेन्टरमा कम्तीमा एक चिकित्सकसहित स्वास्थ्यकर्मीहरू हुनुपर्ने मापदण्ड छ । 

तर धुर्कोट, मुसीकोटलगायत पालिकामा चिकित्सक छैनन् । सेन्टरमा ६ जनाबराबर एक बाथरुम र शौचालयको व्यवस्थापन हुन सकेको छैन । जिल्लामा आइसोलेसन अस्पताल तथा आइसियु, भेन्टिलेटरको व्यवस्था छैन । डा. शर्माले पहाडी जिल्लामा पनि आइसोलेसन अस्पताल व्यवस्थापन गरिनुपर्ने खाँचो आंैल्याए ।  

मुख्यमन्त्री संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले तराई र पहाडका सबै जिल्लामा आइसोलेसन सेन्टर बनाउने, क्वारेन्टिनलाई मापदण्डअनुरूप स्तरोन्नति गर्ने, परीक्षणको दर बढाउने, पिपिईलगायत स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त उपलब्ध गराउनेलगायत निर्णय गरेको थियो । तर पहाडी जिल्लाका पालिका प्रमुख तथा स्वास्थ्यका अधिकारीहरूले भने प्रदेश सरकारले कागजी निर्णय गरे पनि आवश्यक सहयोग र समन्वय नगरेकेको गुनासो गरेका छन् । 

तराईका जिल्लामा क्वारेन्टिन व्यवस्थापनमा हेलचक्र्याइँ गरिँदा त्यहीबाट संक्रमण फैलिएको छ । पहाडी जिल्लामा पनि क्वारेन्टिन र आइसोलेसन सेन्टर मापदण्डअनुरूप व्यवस्थापन नगर्ने हो भने कपिलवस्तु, बाँके र रूपन्देहीको जस्तै नियति पाल्पा, गुल्मी र अर्घाखाँचीले पनि भोग्नुपर्ने जनस्वास्थ्यका विज्ञ तथा डब्लुएचओका जनस्वास्थ्य प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस