स्वास्थ्यमा वर्ष २०७७: अवसरमा रूपान्तरित चुनौती
०२ वैशाख २०७८
•
३ मिनेट पाठ
स्वास्थ्यमा वर्ष २०७७: अवसरमा रूपान्तरित चुनौती
नयाँ संविधानले स्वास्थ्यलाई आधारभूत अधिकारको रुपमा व्यवस्था गरेसँगै नेपाल स्वास्थ्य क्षेत्रमा क्रमिक सुधारको बाटोमा अघि बढिरहेको थियो। अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट अस्पताल निर्माणलगायतका योजना लागु गर्ने प्रक्रिया सुरु भएको थियो।




गत वर्षको अन्तिम समयमा विश्वभरि फैलिएको कोभिड १९ महामारीको प्रभाव नेपालमा पनि पर्‍यो। कोरोना महामारी व्यवस्थापन नेपालका लागि चुनौती बनेर देखियो। सुरुका दिनमा महामारी व्यवस्थापनको तयारी सरकारसामु चुनौतीपूर्ण थियो। कोभिड १९ विरुद्धको खोप कार्यक्रमका संयोजक डा. श्यामराज उपे्रतीका अनुसार नेपालमा कुनै पनि प्रकोप व्यवस्थापनको बारेमा योजना बने पनि तयारी नहुनुको परिणाम गत वर्ष सरकारले झेल्नुपर्‍यो। 

कोभिड महामारी सुरु हुनेबित्तिकैको समयमा यसको परीक्षण गर्न देशका कुनै पनि निकायमा आधुनिक प्रयोगशाला थिएन । त्यसैले तीव्र गतिमा प्रयोगशाला व्यवस्थापन गर्नुपरेको थियो। यसरी एक्कासि देखा परेको चुनौतीका कारण स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास, जनशक्तिलाई तालिम, प्रयोगशाला विस्तार भएको डा.उप्रेती बताउँछन्। ‘गत वर्षको चुनौतीले समस्यामात्र नभएर सिकाइ र विकासको अवसर पनि पनि दियो’, डा.उप्रेतीले भने । यो सिकाइलाई जनताले देख्ने गरी प्रयोगमा ल्याउन अझै बाँकी रहेको उनले बताए । कोभिड १९ का कारण धेरै कुरामा सुधार भएको डा. उपे्रतीको अनुभव छ। ‘प्रयोगशाला थपिए, आइसियु थपिए, स्वास्थ्यकर्मीले महामारी व्यवस्थापनको तालिम पाए’, उनले भने।

कोभिड १९ का कारण सरकारका नियमित कार्यक्रमसमेत प्रभावित भए। खोप अभियान, गर्भवती जाँच, सुरक्षित प्रसूतिसेवासमेत प्रभावित भएको जनस्वास्थ्यविद् बताउँछन्। परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलको विचारमा पनि स्वास्थ्य क्षेत्रका लागि बितेको वर्ष महामारीका कारण चुनौतीपूर्ण रह्यो तर चुनौतीले सफलता पनि दिएको छ। सुरुमा कोरोना महामारीका कारण नियमित शल्यक्रिया, परिवार नियोजन कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, दीर्घरोगीको नियमित उपचार सेवा प्रभावित भए। तर यो अप्ठेरोलाई सरकारले केही समयमै व्यवस्थापन गर्न सिकेको पोखरेलको भनाइ छ। उनले भने, ‘चुनौतीकै बीचमा महामारी व्यवस्थापन गर्न सफल भयौं।’ बितेको वर्षले अब आउने महामारीको व्यवस्थापनमा सजिलै अघि बढ्न सक्ने क्षमता स्वास्थ्य क्षेत्रले विकास गरेको उनले बताए। ‘फेरि चुनौती आएको छ, हामी गत वर्षकै जस्तो स्थानीयदेखि प्रदेश तहसम्मका संरचनालाई पुनर्ताजगी गरेर अघि बढ्नुपर्छ’, उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर अनुगमन नियमन महाशाखाका प्रमुख डा.विकास देवकोटा गत वर्ष स्वास्थ्य क्षेत्र चुनौतीकै बीचबाट गुज्रिए पनि थुप्रै उपलब्धि हासिल भएको बताउँछन्। ‘गत वर्ष सयौं वर्षमा एकपटक आउने महामारीको सामना गर्नुपर्दा ठूलो चुनौती देखा पर्‍यो’, उनले भने, ‘तर यो चुनौतीले नेपाल सरकारलाई धेरै सिकायो र अवसर पनि दियो।’ स्वास्थ्य क्षेत्रमा कोरोनाकै कारण स्तरवृद्धि भयो। महामारी व्यवस्थापन सरकार एक्लैका लागि असम्भव हुन्छ भन्ने पनि गत वर्षले सिकायो। स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य, गैरसरकारीदेखि निजी अस्पतालको हातेमालोले मात्र कोरोना व्यवस्थापन सम्भव भएको थियो। स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने, अस्पताललाई थप सक्षम बनाउने, भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, आधुनिक उपकरण भित्राउने, प्रयोगशाला थप्नेलगायत काम गत वर्ष भएको देवकोटाले बताए।

कोरोनाले निम्त्याएको चुनौतीका कारण सरकारको नियमित स्वास्थ्यसेवा प्रभावित भए पनि महामारीकै बीच पुनः सुचारु गर्न सिकेको डा.देवकोटाले बताए। ‘सुरुमा ननकोभिड बिरामीलाई समेत सेवा दिन सकेनौं। अबका दिनमा महामारीकै बीच ननकोभिड बिरामीलाई सेवा दिन सिकेका छौं’, उनले भने। ‘समग्रमा बितेको वर्ष चुनौतीपूर्ण रहे पनि उपलब्धिमूलक रह्यो’, डा.देवकोटाले भने।
अर्को समाचार
अन्तिम सास रहेसम्म समाजसेवामा लागिरहन्छु
३० कार्तिक २०७८
•
६ मिनेट पाठ
अन्तिम सास रहेसम्म समाजसेवामा लागिरहन्छु
धादिङमा जन्मिएर धादिङलाई नै कार्यथलो बनाउँदै आएका दिपेश कडेल चुनौतीलाई पनि अवसर ठान्दछन्। उनलाई लाग्छ मेहनत गर्दै गए एक दिन अवश्य पनि सफलताले पछ्याउँदै आउँछ।




२६ हिउँद पार गरेको दिपेशले समाजसेवा मार्फत समाजमा विभिन्न सकारात्मक गतिविधि गर्दै आइरहेका छन्। उनी मानवसेवा आश्रम, कपडा बैंक, खेलकुद लगायत अन्य आयआर्जनका बाटोमा उन्मुख छन् भने शिक्षण पेशा पनि छाडेका छैनन्।

उनको परिचय बेनीघाट बजारदेखि सिंगो धादिङमा फैलिएको छ। उनको लक्ष्य आफूले गरेको कर्मलाई जिल्लाभरि फैलाउने रहेको छ।

उनी आफ्नो पिताको प्रेरणाले यस क्षेत्रमा लागेको बताउँछन्। समाजमा उनको परिवारको निकै राम्रो छवि रहेको छ। त्यसका कारणले पनि समाजसेवामा लाग्न उनलाई प्रेरणा मिलेको छ। दिपेश भन्छन्, ‘बुबा हजुर बुवाको यो समाजमा राम्रो छवि छ। बुवाको राजनीतिक र सामाजिक क्षेत्रमा उतिकै योगदान भएकाले मैले पनि त्यसलाई पछ्याउँदै यहाँसम्म आएको हुँ।'

कर्म गर फलको आशा नगर भन्ने कुरा उनको जीवनमा लागु हुन्छ। उनी सबैभन्दा पहिला आफ्नो कर्मलाई प्राथमिकतामा राख्छन्। अनि मात्र अरु कुरामा ध्यान दिन्छन्।

गाउँमा विद्यालय स्तरको पढाइ सकाएर राजधानी पसेका दिपेश त्रिचन्द्र बहुमुखी क्याम्पमा स्नातक तहको पढाइ पूरा गरेर पुनः गाउँमा नै फर्किएका थिए।

आफ्नो अन्तिम सास रहेसम्म समाजसेवा लाग्ने बताउँछन्। जति कठिन अवस्था आएपनि उनी आफ्नो लक्ष्य र उद्देश्यबाट विचलित हुने छैनन्। आफ्नो लागि भन्दा पनि समाज र देशका लागि बाँच्न पाउनु नै सार्थक जीवन हो भन्ने उनको धारणा छ।  
धादिङ राजधानीको छिमेकी जिल्ला भएता पनि विकास र समृद्धिमा निकै पछाडि परेको छ। बत्ती मुनि सधैँ भनेझैँ कतिपय भूभागमा अहिले पनि शिक्षा, स्वास्थ्य, यातायाको हिसाबले पिछडिएको उनी बताउँछन्।

धादिङको आँगनीबाट पृथ्वी राजमार्ग बनेतापनि गाउँको जीवन र ग्रामीण परिवेश अझै पनि उस्तै छ। समस्याहरु यथावत रुपमा नै रहेका छन्। ग्रामीण भेगमा यतायताको सुविधा नभएकाले प्रशस्त मात्रमा तरकारी र फलफूलको उब्जाउ भएपनि बजारसम्म पुर्याउन निकै सकस अवस्था रहेको उनी बताउँछन्।

गाउँ समाजका मानिसको दुख देखेर उनको मनमा चस्का पस्थ्यो। त्यसकारण पनि समाज सेवाको माध्यबाट निःशुल्क कपडा बैंक सञ्चालनको सोच आएको उनले बताए।

यो काम एक्लै गर्नका लागि सम्भव नै थिएन। नजिकका साथीभाइसँग सल्लाह गरेर एउटा समूह बनाएर त्यसैमार्फत अग्रसर भएर काम गर्न थाले।

धादिङको भौगोलिक अवस्था पनि अलि कठिन छ। यस क्षेत्रमा चेपाङ समुदायको पनि बसोबास रहेको छ। उक्त समुदायलाई बिहानबेलुकाको छाक टार्न मुस्किल छ। जाडोको समयमा चिसोले कठ्याङ्ग्रिएर मान्छेको ज्यान गएको समाचारले स्तब्ध बनाएको कारणले पनि उक्त समुदायलाई सहयोग गर्नुपर्छ भन्ने धारण सिर्जना भएको उनी बताउँछन्।

कपडा बैंक सुरु गर्दाको समयमा उनको बेग्लै अनुभव छ। त्यसबेला सहयोग गर्नका लागि सहयोगी भावना मनमा थियो तर आर्थिक कसरी जुटाउने भन्ने चिन्ता पनि थियो।

समस्याको समानान खोज्दै उनले एकदिन फेसबुकमा एउटा स्टाटस लेखे, 'यतातिर निकै जाडो छ। न्यानो लुगा नपाएर धेरै मानिसको विजोग छ। कपडा बैंक खोल्न पाए कस्तो हुन्थ्यो? तपाईँहरुको सुझाव पाउँ।'

उनको स्टाटसमा सकारात्मक प्रतिक्रियाको ओइरो लाग्यो। जसको कारण थप आशा र हौसला पनि थपियो। त्यसपछि उनको इन्नबक्समा मेसेजको ओइरो लाग्न थाल्यो। जसको कारणले गर्दा केही समय पछि काम गर्ने महोल बन्न थाल्यो। उनको त्यस कार्यले धेरै गरिव तथा विपन्न वर्गलाई खुसी दिलायो। परिणाम स्वरुप १० हजार मानिसलाई कपडा वितरण गर्न उनी सफल भए।

अहिले विश्वमा फैलिएको कोरोना माहामारीको कारणले गर्दा उक्त काममा अवरोध भएको उनी बताउँछन्। अहिले नेपालभित्रैबाट १५/२० बोरा कपडा आइसक्यो। यो अभियान बाह्रै महिना सञ्चालनमा रहेको भए पनि पछिल्लो समयको कोभिड १९ को संक्रमणका कारण अभियानमा केही अवरोध आएको उनको भनाइ छ।

'सबैलाई खाना नाना र छाना’ अभियान सञ्चालनमा ल्यायौ,‘ उनी भन्छन्, 'धादिङ जिल्लाको जुनसुकै स्थानका मानिसले खाना, लुगाकपडा र औषधि उपचार नपाएको मानिसले आफूहरूसँग सम्पर्क गर्न सक्ने भन्ने अभियान चलायौँ। मानव सेवा आश्रमसँगको सहकार्यमा २०/२५ जना सडक मानवको उद्धार गरिसकेका छौँ।’

विद्यालय तहका गरिब बच्चालाई पोसाक, औषधि, पुस्तक खाना समेत उनीहरुले वितरण गरेका छन्। धादिङका अधिकांश स्थानमा खाद्यान्नको धेरै अभाव भएको उनी बताउँछन्।

‘केही समयअघि को कुनै एक गाउँमा खाना नपाएर जंगली फल खाएको भन्ने समाचार बाहिरियो। यो कुराले एकदम मन पोल्यो।चेपाङ समुदाय ओडारमा बस्ने, चप्पलबिना नै विद्यालय जाने लगायतका कुरा देखेर विकट स्थानमा गएर सहयोगको अभियान चलायौँ,’ उनले भने।

उच्च शिक्षाका लागि राजधानीमा रहँदा उनले क्रिकेटको पनि ज्ञान लिएका थिए। उनले त्यो बेला एससिए नामक एक क्रिकेट एकेडेमीमा प्रशिक्षण सम्म लिन भ्याएका थिए।

२०७२ सालको भूकम्पछि उनले गाउँको शिक्षा सदनमा ८ कक्षासम्म पढाएका थिए।

उनी भन्छन्,‘विद्यालयमा समेत विद्यार्थीलाई रचनात्मक काममा सहभागी गराउने,विभिन्न किसिमका प्रतियोगिता पनि सुरू गराएँ। उनीहरुलाई सामाजिक कामको बारेमा प्रोत्सहन दिदा मलाई पनि उर्जा मिल्थ्यो।

उनी २०७५ सालमा वडामा युवा तथा खेलकुद विकास समितिको संयोजक बने। धादिङ जिल्लाको रोलाङ गाउँपालिका–५ मा क्रिकेट रङ्गशाला निमार्णका लागि सरसल्लाह गरे डिपिआर बनाए। गाउँपालिकामा गए। गाउँपालिकाबाट १२ लाख सहयोग मिल्यो। आफैँ समितिको अध्यक्ष बने डिपिआर तयार भएपछि क्षेत्रीय स्तरको रंगशाला बनिरहेको उनले जानकारी दिए। स्थानीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा थप बजेट व्यवस्थापन भइरहेको उनी बताउँछन्।

समाजसेवाको अलवा उनको क्रिकेटमा पनि रुचि छ। उनी बच्चामा पनि खुब क्रिकेट खेल्थे। त्यसकारण पनि क्रिकेटसँग उनको बेग्लै आत्मियता जोडिएको छ।

उनले खेलकुदको लागि धेरै काम गरे। क्लब बनाएर संयोजक बने त्यही समयमा धादिङ जिल्लामा पहिलो पटक विद्यालय स्तरको क्रिकेट प्रतियोगिता गराए।

प्रतियोगिताले राम्रो खेलाडी समेत पायो। त्यसबेला जिल्लाभित्रका प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीलाई बाहिर प्रतिस्पर्धा गराउन समस्या थियो। किनभने जिल्ला क्रिकेट संघ थिएन। उनले आफ्नै उमेरका केही युवा भेला गराएर आफ्नै नेतृत्वमा यसै वर्ष धादिङ जिल्लामा क्रिकेट तदर्थ समिति गठन गरेका छन्।

जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) बाट वैधानिकता पाए विभिन्न गतिविधि गर्न अझै सहज हुन्छ। आफ्नो सफलताको ती दिन सम्झिँदै उनी भन्छन्, ‘क्यानबाट वैधानिकता पाए निकै सहज हुनेछ। यस कार्यले हाम्रो समाजका धेरै युवा लाभान्वित हुनेछन्।'

खेलकुद विकासको लागि उनीको धेरै योजना र लक्ष्य रहेको छ। ‘अब महिला क्रिकेट प्रतियोगिता पनि गछौँ।’  टेनिस, उमेर समूह अन्तर्गत यू–१९ र यसपछि क्रिकेट बेसिक कोर्स भनेर क्रिकेट संघसँग समन्वयन गरेर जिल्लाका सबै स्थानीय तहबाट खेलाडीको छनोट गरी आधारभूत तालिम प्रदान गर्ने उनको योजना रहेको छ।

उनी आफ्नो सास रहुन्जेल समाज सेवा लाग्ने बताउँछन्। जस्तो सुकै कठिन अवस्था आओस् उनी आफ्नो लय र उद्देश्यबाट विचलित हुने छैनन्। उनी आफ्नो लागि भन्दा पनि समाज र देशका लागि बाँच्न पाउनु नै सार्थक जीवन ठान्दछन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस