कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव
१० वैशाख २०७८
•
४ मिनेट पाठ
कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव
फाइल तस्बिर
काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।  




कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा.पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ। 

अस्पतालमा तीन/चार दिनदेखि नै आइसियु र अन्य शयया भरिभराउ भइसकेको अस्पतालका कोभिड उपचार संयोजक तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए। अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्राथमिकता दिएर उपचार गरेको र ज्वरोमात्र आएकालाई औषधि दिएर होम आइसोलेसनमा पठाउन थालेको उनले बताए। यो अस्पतालमा २० वटा आइसियुसहित ५४ वटा शयया कोभिड उपचारका लागि छुट्याइएको छ। बिरामीको चाप बढेपछि सामान्य लक्षण भएकालाई आयुर्वेद उपचार केन्द्र आइसोलेसन सेन्टरमा रेफर गरिएको उनले बताए।

वीर अस्पतालले पनि कोभिडका बिरामीको उपचारका लागि छुट्याइएका शयया भरिन थालेको जनाएको छ। वीर अस्पतालमा १० वटा आइसियु र ६२ वटा शयया कोभिडका बिरामीको उपचारका लागि छुट्याइएको छ। सबै शयया भरिएपछि थप्ने तयारी भइरहेको अस्पतालका कोभिड १९ उपचार सम्पर्क चिकित्सक अच्युत कार्कीले बताए।  

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा पनि तीन/चार दिनदेखि कोभिड शयया भरिभराउ छन्। बिरामी भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयसँगै समन्वय गरेर अन्यत्र पठाइरहेको अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाले बताए। यो अस्पतालमा कोभिड उपचारका लागि ११ वटा आइसियुसहित ६० शययाको व्यवस्था गरिएको छ। बिरामी बढेपछि शयया थप्ने तयारी भइरहेको जानकारी थपलियाले दिए। संक्रमण तीव्र भएकाले बिरामीले सामान्य शययासमेत पाउन नसक्ने अवस्था आउन सक्ने चिकित्सकले बताएका छन्।  

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्। सरकारले उपचारका लागि शयया बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए। ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने।  

तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक थपलियाको छ। ‘नेपालमा भारतकै शैलीमा संक्रमण तीव्र भएकाले नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने देखिन्छ’, उनले भने। तर लकडाउन गर्नुअघि सरकारले जनतालाई केही दिनअघि नै सूचना दिनुपर्ने उनी बताउँछन्।  

शुक्रराज ट्रपिकल अस्पतालका डा.बास्तोला संक्रमणबाट जोगिन अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाउँछन्। ‘संक्रमित बढेमा शयया पाए पनि मृत्यु हुने सम्भावना हुन्छ, बरु अस्पतालमै जानुनपर्ने गरी जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरौं’, उनको आग्रह छ।  

राजधानीका मुख्यमुख्य कोभिड अस्पतालहरू भरिएपछि बिरामी व्यवस्थापन गर्न हम्मे परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक लागू गर्न, गराउन आदेश दिए पनि पूर्ण रूपमा पालना हुन नसकेकाले स्थिति गम्भीर बन्दै गएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए। मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए। ‘स्थिति गम्भीर छ, जनस्वास्थ्य मापदण्ड पालना नभएमा गाह्रो छ’, उपत्यकामा लकडाउनसमेत गर्नुपर्ने अवस्था आइसकेको तर्फ संकेत गर्दै उनले भने।  

एकै दिन २४ सय २८ जनामा संक्रमण  

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमण दर अघिल्लो दिनभन्दा बढेर २३.२३ प्रतिशत पुगेको छ। चौबीस घण्टामा परीक्षण भएका १० हजार ४ सय ४८ वटा नमुनामध्ये २४ सय २८ मा संक्रमण पुष्टि भएको छ। योसहित मुलुकमा सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० पुगेको छ। त्यस्तै कुल संक्रमित संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ।

सक्रिय संक्रमितमध्ये १ सय ७० जना आइसियुमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा ३ सय ९६ जना संस्थागत आइसोलेसनमा, ५२ जना आइसियुमा र ३८ जना भेन्टिलेटरमा छन्। चौबीस घण्टामा काठमाडौंमा ९ सय ८७ जना र भक्तपुरमा ८६ जना संक्रमित भएका छन्। पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ।
अर्को समाचार
चाप बढेपछि भेरी अस्पतालको अक्सिजन प्रणालीले काम गर्न छाड्यो
३१ वैशाख २०७८
•
४ मिनेट पाठ
चाप बढेपछि भेरी अस्पतालको अक्सिजन प्रणालीले काम गर्न छाड्यो
भेरी अस्पतालको अक्सिजन वितरण प्रणाली । तस्बिर : नागरिक
नेपालगन्जस्थित भेरी अस्पतालसँग बढीमा एक सय जना बिरामीलाई मात्र धान्न सक्ने क्षमताको अक्सिजन प्रणाली सञ्चालनमा छ । तर, अस्पतालको अक्सिजन प्रणालीबाट अहिले दैनिक २ सय ५० भन्दा बढी बिरामीलाई अक्सिजन सप्लाई हुन्छ ।  




अस्पतालको कोभिड वार्डमा मात्र शुक्रबार दिउँसोसम्म २ सय ४२ जना कोरोना संक्रमित उपचाररत छन् । त्यसमध्ये ८२ जना सिकिस्त र एक सय ६० जना मध्यम खालका रहेका छन् । कोरोना संक्रमितको चाप अत्यधिक मात्रामा बढेपछि अस्पतालको अक्सिजन प्रणालीबाट अहिले पर्याप्त मात्रामा अक्सिजन पुर्‍याउन कठिन भइरहेको छ । बिरामीको चापकै कारण ‘हाईफ्लो’ अक्सिजन पुर्‍याउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

भेरी अस्पतालका अनुसार हाल कोरोना संक्रमित बिरामी भर्ना भएका अधिकांस बेडमा पाईप लाईनमार्फत अक्सिजन उपलब्ध छ । ‘सेन्ट्रल सप्लाई सिस्टम’ जडान भएकाले सबै बेडमा समान हिसाबले अक्सिजन पुग्छ । तर, अक्सिजनको ‘फ्लो’ कम हुँदा सिकिस्त बिरामीलाई बचाउनै कठिन भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अधिकांस संक्रमित सिकिस्त खालका बिरामी हुन् । ‘अक्सिजनको फ्लो कम भएकै कारण बाँच्ने खालका संक्रमित पनि भटाभट मर्न थाले, अस्पतालको अक्सिजन सिस्टम नै बन्द हुने स्थिती आईसक्यो,’ एक स्वास्थ्यकर्मीले भने । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको तुलनामा भेरी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या दैनिकजसो बढी नै हुन्छ । भेरी अस्पतालमा संक्रमितको मृत्यु धेरै हुनुको एउटा प्रमुख कारण अक्सिजन वितरण प्रणाली रहेको अधिकांस स्वास्थ्यकर्मीको बुझाई छ । 

- सिकिस्त कोरोना संक्रमितलाई बचाउनै कठिन  

- ‘हाईफ्लो’ अक्सिजन नहुँदा भेन्टिलेटरका बिरामी घटाउँदै अस्पताल  
अक्सिजनको फ्लो कम हुँदा भेन्टिलेटरले प्रभावकारी रुपमा काम गर्न नसकेको र भेन्टिलेटरमा राख्दा अक्सिजनको खपत बढ्ने तथा भेन्टिलेटरमा राखेका बिरामी निको हुने दर उत्साहप्रद नदेखिएको अस्पताल प्रशासनले जनाएको छ । यस्तो बाध्यात्मक परिस्थिती आएपछि अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन कम खपत हुने अर्थात् ‘सिपिएपी’ विधि प्रयोग गरिएको अस्पताले एक सूचनामार्फत जानकारी दिएको छ । बिरामीलाई आइसियू चाहियो भनेर भौंतारिनु भन्दा अक्सिजन सहितको बेड जहाँ पाइन्छ त्यही उपचार गराउनु अहिलेको परिस्थितिमा बुद्धिमतापूर्ण हुने अस्पतालले सूचनामार्फत प्रष्ट्याएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बिरामीको चाप धेरै भएपछि अक्सिजन प्रणालीमा समस्या निम्तिएको बताए । ‘अक्सिजन लोड धेरै छ, हामीले जतिसक्दो अक्सिजन खपत कम गर्ने विधी प्रयोग गरिरहेका छौं, भेन्टिलेटर मै राख्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘बिरामीलाई भेन्टिलेटरमा राखियोस् भन्ने हुन्छ, बढीभन्दा बढी बिरामीलाई हाम्रो क्षमताको अक्सिजनले कसरी ब्यवस्था मिलाउन सकिन्छ, यो एड्जेस्टमेन्ट हो ।’ अस्पतालमा भर्ना हुने सिकिस्त खालका कोरोना संक्रमित बिरामीलाई अहिलेको अक्सिजन प्रणालीबाट पर्याप्त अक्सिजन दिनै नसकिने मेसु थापा बताउँछन् ।

अस्पतालका अनुसार अहिले इमर्जेन्सीका १६ मध्ये सबै बेडमा बिरामी भरिएकाले इमर्जेन्सी अगाडी टेन्ट टाँगेर समेत उपचार थालिएको छ । अस्पतालमा आइपुगेका जटिल बिरामीलाई फिर्ता गर्नुभन्दा अक्सिजन दिएर ज्यान बचाउने अन्तरिम तर बाध्यात्मक परिस्थिती भएको अस्पतालले जनाएको छ ।

अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारश पाण्डे पनि अस्पतालमा आएका सबै संक्रमित बिरामीलाई पुग्ने अक्सिजन प्रणाली चल्नै नसक्ने बताउँछन् । पाईप लाईनबाट वितरण गरिएको अक्सिजनले नपुग्दा त्यसको विकल्पमा सिलिण्डर लगायत उपकरणबाट काम चलाईरहेको उनले सुनाए । ‘धेरै सिकिस्त बिरामीलाई एकदम धेरै अक्सिजन दिनुपर्यो भने त्यो दिन सम्भव नै छैन, यसको लागि त सिस्टम नै ठूलो चाहिन्छ,’ पाण्डेले भने, ‘यति धेरै बिरामीलाई हाईफ्लो अक्सिजन दिने भनेको त हाम्रो सिस्टमभन्दा बाहिरको कुरा भयो, अहिलेको सिस्टमले त एक सय जनाजति बिरामीलाई मात्र हाईफ्लो अक्सिजन दिन सक्छ, दैनिक २ सय ५० भन्दा बढी बिरामीलाई अक्सिजन दिन थालेपछि सिस्टमले कसरी थेग्न सक्ला र ?’

भेरी अस्पतालको अक्सिजन प्रणालीले कोरोना महामारीका लागि चाहिने अक्सिजन दिनै नसक्ने डा. पाण्डे बताउँछन् । अस्पतालसँग उपकरण भएपनि अक्सिजन प्रणालीले धान्नै नसक्ने स्थिती आएको यहाँका चिकित्सक बताउँछन् । अस्पताल स्रोतका अनुसार अक्सिजन प्रणालीले धान्न नसक्दा कोभिड वार्डभित्र तीन वटा मात्र भेन्टिलेटर अहिले सञ्चालनमा छन् । एनेस्थेसियोलोजिष्ट डा. पाण्डे भन्छन्, ‘हाम्रो यहाँ एकछिन पनि अक्सिजन बन्द भएको छैन, तर थोरै मात्रामा अक्सिजन सप्लाई भइरहेको छ, एकदमै सिकिस्त बिरामीलाई चाही यो अक्सिजन प्रणालीले बचाउन सकिदैन ।’  

अस्पतालमा अहिले दैनिक रुपमा ४ सय देखी ४ सय ५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालले लिक्वीड अक्सिजन ट्यांक खरिद गरेर ल्याएपनि त्यसलाई जडान गर्न सकेको छैन । ‘दैनिक रुपमा जति सिलिण्डर प्रयोग गरेपनि अक्सिजन सप्लाई कम परिरहेको छ, लिक्वीड अक्सिजन सञ्चालनमा आईहालेपनि बिरामीको चाप कति हुन्छ, त्यसमै भरपर्छ,’ डा. पाण्डेले भने । अक्सिजन प्रणालीले काम नगर्दा अहिले सिकिस्त बिरामीलाई बचाउनै अस्पताललाई हम्य–हम्य परिरहेको छ । ‘अहिले छातीमा निमोनिया नभएका बिरामीलाई मात्र बचाउन सकिएको छ, सिरियस बिरामीलाई बचाउनै सकिएको छैन,’ पाण्डेले थपे ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस