आइसियु खोज्दा खोज्दै जान्छ ज्यान
२५ वैशाख २०७८
•
४ मिनेट पाठ
आइसियु खोज्दा खोज्दै जान्छ ज्यान
कोभिड संक्रमणका बिरामी शुक्रबार टेकु अस्पतालको इमर्जेन्सी कक्षबाहिर एम्बुलेन्समा अक्सिजन लगाएर आइसियु बेडको प्रतीक्षा गर्दै । तस्बिर : विजय राई/नागरिक
जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।




यो स्थिति भोग्ने यी पुरुष एक्लो व्यक्ति होइनन् । जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन् । वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार उनकै नातेदार एक व्यक्तिका लागि आइसियु भेटिएन । बिरामीलाई गुल्मीबाट काठमाडौं ल्याउन खोजेकोमा आइसियु बेड नभेटेपछि बुटवलमै राख्नुपर्‍यो ।  

आफूलाई दैनिक १५ देखि २० वटा फोन आइसियु खोजिदिन आग्रह गर्दै आउने गरेको उनले बताए । आफू वीर अस्पतालको वरिष्ठ चिकित्सक भएर पनि कसैलाई आइसियु खोजिदिन नसकेको उनले बताए । आइसियुको खोजीमा अस्पताल चहार्दाचहार्दै कतिपय बिरामीको मृत्यु भइरहेको छ । उनी भन्छन्, ‘कतिको एम्बुलेन्समै मृत्यु हुन्छ, कतिको वीरको आकस्मिक कक्षमा पुग्नेबित्तिकै मृत्यु हुन्छ ।’

कोरोना संक्रमण उच्च भएपछि जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन् ।
आकस्मिक कक्षमा पुगेर आइसियु कुर्ने क्रममा कतिको त्यहीं नै मृत्यु हुने गरेको डा. गैरेले बताए । उनका अनुसार बेड र आइसियुको खोजीमा अस्पतालका कोभिड उपचार संयोजक डा. अच्युत कार्कीलाई दैनिक ५ सयभन्दा बढी फोन आएपछि उनले फोन बोक्नै छाडेका छन् । चार दिनदेखि अस्पतालमा यस्तो अवस्था रहेको उनले बताए ।

निजी अस्पतालमा समेत बेड र आइसियु सबै भरिएपछि शुक्रबार रातभरिमा १७ वटा बेड थप्न लागेको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । उक्त अस्पतालमा एक दर्जनभन्दा बढी बिरामी आकस्मिक कक्षमा बेडको पर्खाइमा छन् । राजधानीको निजी कोभिड अस्पताल ह्याम्सले पनि आइसियुको अभावमा बिरामीले पर्खेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपत्कालीन केन्द्र प्रमुख डा. समिरकुमार अधिकारीले उपत्यकाका कोभिड अस्पतालमा आइसियु र जनरल दुवै बेड खालि हुनै कठिन रहेको बताए । उनले भने, ‘अब उपत्यकामा मै मर्न लागे पनि आइसियु पाउने स्थिति छैन ।’

सरकारले उपत्यकालाई लक्षित गरी हजारभन्दा बढी बेड र आइसियु थप गरे पनि बिरामीले भरिभराउ भएपछि गम्भीर स्थिति आएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले छिमेकी राष्ट्र र नेपालका सीमा सहरमा दोस्रो लहरको कोरोना फैलिएसँगै उच्च सतर्कता अपनाउन भने पनि सबै पक्षबाट बेवास्ता भएपछि अहिलेको स्थिति आएको उनको भनाइ छ । ‘हामीले सबै बन्द गर्नु पर्छ, भीडभाड हुने कार्यक्रम बन्द गरौं भन्यौं, कसैले टेरेनन्’, उनले भने । यसबीचमा बिहे, भोज, जात्रा र जमघटका कार्यक्रम नरोकिएकाले उपत्यकामा तीव्र संक्रमण फैलिएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाभित्रका ठूला अस्पतालमा ननकोभिड बिरामी हटाएर कोभिडका बिरामी राख्ने तयारी भइरहेको बताए । ‘अहिले ठूला अस्पतालहरूमा एकतिहाइ कोरोनाका बिरामी राख्न निर्देशन दिइसकेको र सोही अनुसार तयारी भइरहेको छ’, उनले भने । निजी अस्पतालको हकमा ५० प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउन निर्देशन दिइसकेको जानकारी उनले दिए । अस्पताल पुगेपछि आवश्यकताअनुसार आइसियु पाउने अवस्था रहेको तर घरैबाट आइसियु खोज्नेको हकमा भने व्यवस्थापन हुन नसकेको उनले बताए । ‘कोरोनाका बिरामीलाई मुख्य चाहिने भनेको अक्सिजन हो, त्यो अन्य बेडमा राखेर पनि दिन सकिन्छ’, उनले भने ।

एक महिनामा ५ सय ४३ जनाको मृत्यु

नेपालमा दोस्रो लहरको कोरोना संक्रमणका कारण एक महिनाको अवधिमा ५ सय ४३ जनाको मृत्यु भएको छ । गत चैत २४ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेकोमा वैशाख २४ मा आइपुग्दा ५ सय ४३ जना थप भई मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाखको पहिलो सातादेखि संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेखनीय रुपमा बढेको हो ।

गत २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा कोरोना संक्रमण दर ४२.९ प्रतिशत छ । २४ घण्टामा परीक्षण भएका २० हजार ४ सय ८२ नमुनामध्ये ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।मात्र भर्ना पाउने गरेको जनाएको छ । अस्पतालका निर्देशक डा. ज्योतीन्द्र शर्माले भने, ‘कुनै बिरामी आए पनि भर्ना गर्न सक्ने अवस्था छैन ।’
अर्को समाचार
टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित
२८ वैशाख २०७८
•
१ मिनेट पाठ
टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण स्थगित गरेको छ। विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ।  




अस्पतालले आज एक सूचना जारी गर्दै स्थगित गर्नुपरेको बताएको हो।

स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस