कोरोना संक्रमणको त्रास बढ्दो, अस्पताल जानै हिचकिचाउँछन् बिरामी
२७ साउन २०७८
•
३ मिनेट पाठ
कोरोना संक्रमणको त्रास बढ्दो, अस्पताल जानै हिचकिचाउँछन् बिरामी
धादिङ अस्पताल। तस्बिर: सरिता/नागरिक
ज्वरो आउने, रुघा लाग्ने, ढाड दुख्ने लगायतको समस्या भएर घरमै आराम गरिरहेका नीलकण्ठ नगरपालिका वडा नं ४ का एक युवालाई गत साउन पहिलो साता स्वास फेर्न निकै गाह्रो भयो। स्वास्थ्य अवस्था जटिल हुन थालेपछि अस्पताल खोज्दै आफै सदरमुकाम धादिङबेसी झरे। धादिङबेसी आएर कोभिड परीक्षण गराउँदा संक्रमण पुष्टि भयो। त्यसपछि धादिङ अस्पतालले संचालन गरेको अस्थायी कोभिड १९ अस्पतालमा भर्ना भए। १० दिनको अस्पताल बसाईपछि बल्ल स्वास्थ्यमा सुधार आयो अहिले उनी घरमा नै आराम गरिरहेका छन्।  




सामान्य ज्वरो आउँदा, रुघा लाग्दा एक, दुई दिनमै निको हुने गरेको सुनाउँदै उनले यस पटक जीवन र मृत्युसँग जुध्नु परेको अनुभव सुनाए। ‘पहिले सामान्य रुघा लाग्दा, ज्वरो लाग्दा घरमै आराम गरेर निको हुने गथ्यो,’ उनले भने, ‘यसपटक घरमै बसेर निको पार्छु भन्दा सकिन अस्पताल नै जानुपर्‍यो, १० दिनको अस्पताल बसाई १० वर्ष जस्तै भयो।’ कोरोनाको संक्रमणको समयमा अस्पतालमा धाइरहदाँ आफूलाई पनि सर्ने हो कि भन्ने चिन्ताले सामान्य बिरामी हुदाँ अस्पताल नगएको उनले सुनाए। त्यसैले यसपटक स्वास्थ्यमा ध्यान नदिदाँ मृत्युसँग जुध्नुपर्ने बाँध्यता सिर्जना भएको बताए।  

यता नीलकण्ठ नगरपालिका वडा नं ८ को एक पुरुषको पनि उस्तै अनुभव छ। केही दिनअघि टाउको दुख्ने, रुघा लाग्ने समस्या भएपछि लामो समय घरमै आराम गरे। स्वास्थ्य अवस्था जटिल हुन थालेपछि अस्पताल गए। एन्टिजेन परीक्षण गर्दा कोभिड संक्रमण भएको पुष्टि भयो। धादिङबेसीको आइसोलेनमा उपचारपछि चार दिन अघि डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन्। सामान्य स्वास्थ्य समस्या आउदाँ स्वास्थ्य संस्था जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने भएकाले समयमै उपचार गराउनुपर्ने अनुभव उनले गरेका छन्।  

कोभिड १९ को संक्रमण दर कायमै छ। छिनमै घाम त छिनमै पानीले हिजोआजको मौसम निकै परिवर्तित छ। ओल्लो घर पल्लो घर, तल्लो घर माथिल्लो घर सबै तिर ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने लगायतका समस्या भएका बिरामी छन्। घरदेखि स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको लाम उस्तै छ। अस्पतालका बेडहरु भरिएका छन्। समयमै अस्पताल जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने गरेको छ।  

पछिल्लो साता धादिङ अस्पतालमा ज्वरोका बिरामी आउने क्रम बढ्दो छ। अस्पतालले ज्वरोका बिरामी आउने क्रम अत्याधिक हुन थालेपछि छुट्टै ‘फिवर (ज्वरो) क्लीनिक’ चलाएको छ। हिजोआज दैनिक ओपिडी, इमर्जेन्सी र फिवर क्लीनिकमा गरी २ सयको हाराहारीमा बिरामी आउने गरेका छन्। ज्वरो आएर जाँच गराउन धादिङ अस्पतालमा आउनेको संख्या मात्रै दैनिक ६० को हाराहारीमा हुने गरेको धादिङ अस्पतालका इमेजेन्सी इन्चार्ज कृष्णप्रसाद उप्रेतीले बताए। 

‘इमजेन्सीमा आउने बाहेक ओपिडीमा आउनेको संख्या पनि दैनिक एक सयको हाराहारीमा छ’ इमर्जेन्सी इन्चार्ज उप्रेतीले भने, ‘अधिकांश बिरामी ज्वरो, रुघाखोकी, ज्यान दुख्ने समस्या लिएर आउँछन्,यो समस्या सिजनल फ्लु र मौसम परिवर्तन कै कारण हो।’

धादिङ अस्पताल आइपुग्ने बिरामीहरु धेरैजसो अन्यत्र उपचारपछि मात्रै आउने गरेको पाइएको छ। अस्पताल जाँदा कोरोना सर्छ भन्ने त्रासले मेडिकलहरुबाट नै औषधि किनेर खाने र अवस्था जटिल भएर ल्याव टेस्ट नै गर्नुपर्ने भएपछि मात्रै अस्पताल आइपुग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘सामान्य अवस्था हुँदैमा अस्पताल नआउने र जटिल भइसकेपछि भर्ना नै भएर बस्नुपर्ने अवस्थामा अस्पताल आइपुग्ने गरेका छन्’ इमर्जेन्सी इन्चार्ज उप्रेतीले भने, ‘यसले बिरामीको स्वास्थ्य झन बिग्रिने खतरा हुन्छ।’

कोरोना संक्रमणको त्रासले नै गर्दा ज्वरो र भाइरल फ्लुका बिरामी मेडिकलहरुमा नै उपचार गराएर फर्किने गरेको पाइएको छ। सदरमुकामका मेडिकलहरुमा पनि दैनिक १० जना भन्दा बढी बिरामी आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। सामान्य ज्वरो हो सिटामोल खाएरै निको हुन्छ भन्दै घरमा बस्न नहुने स्वास्थ्यकर्मीहरुको भनाई छ। फिवर क्लीनिकमा चेक गर्न आइपुगेका अधिकांश बिरामी कोरोना शंकास्पद लक्षण देखिएर मात्रै आइपुग्ने गरेको अस्पतालका सुचना अधिकारी विक्रम बिकले बताए।  
अर्को समाचार
धादिङ क्रिकेट संघको अध्यक्षमा कँडेल
०७ भदौ २०७८
•
१ मिनेट पाठ
धादिङ क्रिकेट संघको अध्यक्षमा कँडेल
धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ। धादिङबेसीमा आइतबार एक कार्यक्रमको आयोजनामा दीपेश कँडेल अध्यक्ष रहने गरी १५ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनीष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सहसचिवमा रामबहादुर रानामगर सर्वसम्मत चयन भएका छन्।  




त्यस्तै कार्यसमिति सदस्यहरूमा साम्भावी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनीष अधिकारी, सन्तोष पाण्डे, रवीन्द्र सापकोटा, दीपेन्द्र शाह, सुजन भट्टराई र जितेन्द्र श्रेष्ठ चयन भएका छन्। बाँकी एक सदस्य कार्यसमितिले चयन गर्ने बताइएको छ। नवगठित समितिलाई शुभकामना दिँदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

‘नेपालको गर्व गर्न लायक क्षेत्र खेल नै हो। यहाँ हामीले राजनीति गर्न हुँदैन,’उनले भने, ‘त्यसमध्ये क्रिकेटले अझ बढी देशको शीर उचो बनाएको छ। त्यसैले राज्यले पनि खेल क्षेत्र लगानी बढाउनु पर्छ।’ पछिल्ला समय खेल क्षेत्रमा धादिङका युवाहरूको सक्रियता बढेको छ। 
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस