कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु
०७ असोज २०७८
•
१ मिनेट पाठ
कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु
कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।




गत भदौं ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको एक महिनासम्म उपचार थालिएको थियो।

स्वास्थ्यमा कुनै सुधार नआएपछि आज(बिहीबार)बिहान ४ बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले बताए। योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३३ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १५ जनाको मृत्यु भएको छ।
अर्को समाचार
संक्रमितलाई आइसीयु भेन्टिलेटर पाउनै सकस
२६ असोज २०७७
•
४ मिनेट पाठ
संक्रमितलाई आइसीयु भेन्टिलेटर पाउनै सकस
बुटवल १ का ७० वर्षे कोरोना संक्रमित पुरुषको आइतबार बिहान बुटवलको कोरोना अस्पतालमा मृत्यु भयो। असोज २२ गते संक्रमण पुष्टि हुँदा नै उनलाई स्वासप्रश्वास र निमोनीयाको समस्या थियो। उपचारमा खटिएका चिकित्सकका अनुसार उनी सुरुमै आइसीयुमा राखेर उपचार गर्नु पर्ने बिरामी हुन। तर अस्पतलाका आइसीयु बेड खाली थिएन। शनिबार साँझ बेड खाली भएपछि आइसीयु सारीएका उनको केही घण्टापछि मृत्यु भयो।




आइतबार बिहानै बुटवलकै अर्का एक पुरुषको उपचारकै लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भयो। लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमका अनुसार बुटवल छँदै ती बिरामीको अवस्था जटिल थियो। उनलाई जतीबेला पनि आइसीयु र भेन्टिलेटरको आवश्यकता पर्ने देखिएपछि दाङ पठाइयो। तर कपिलवस्तुको धानखोला नपुग्दै एम्बुलेन्समै उनको मृत्यु भयो।  

यसअघि शनिबार तिलोत्तमा ३ की ६६ वर्षे महिलाको पनि समयमै उपचार नपाएरै मृत्यु भयो। बुटवल भैरहवाका कोरोना अस्पतालमा बेड खाली नहुँदा उनलाई होम आइसोलेसन मै राखिएको थियो। स्वास्थ्य अवस्था जटिल भएपछि शुक्रबार दाङ पठाइयो। तर उनको पनि बाटोमै मृत्यु भयो।  

प्रदेशमा पछिल्लो समय लक्षणसहितका गम्भीर अवस्थाका संक्रमितको संख्या दिनहुँ बढ्दो छ। तर यहाँका अस्पतालहरुको सेवा सुविधा बिस्तार भएकै छैन। जसका कारण समयमै उपचार नपाएर संक्रमितहरुले ज्यान गुमाइरहेका छन्। प्रदेशमा कोरोना संक्रमणबाट १०३  जनाको मृत्यु भइसककेको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले आइसीयुको पालो कुर्दाकुर्दै ज्यान गुमाउनु पर्ने अवस्था रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए। ‘आर्थिक अवस्था राम्रो हुनेहरुले काठमाडौं पनि पुर्याउन सक्छन्। तर मारमा पर्ने गरीब बिपन्न नै हुन’ डा. थापाले भने।  

यो प्रदेशमा हालसम्म १३ हजार ४ सय ८१ मा संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या मात्रै ३ हजार १४६ छ। कोरोना संक्रमितको उपचार गर्ने अस्पतालका बेड भरीएका छन्। बेड अभाव हुँदा लक्षणसहितका र दीर्घरोग भएका संक्रमित समेत होम आइसोलेसनमा बस्न बाध्य छन्। त्यसरी बसेकाहरुलाई अचानक स्वास्थ्य समस्या देखिदा अस्पतालमा भर्ना पाउनै मुस्किल भएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य सहसंयोजक इश्वारी पौडेलले बताए। ‘गम्भीर अवस्थाका संक्रमितहरुलाई समेत आइसीयु भेन्टिलेर भेट्टाउन त महाभारत नै हुन लागीसक्यो’ स्वास्थ्य अधिकारी पौडेलले तितो अनुभव सुनाए।

उपचारै नपाएर संक्रमितले ज्यान गुमाइरहदा र लक्षणसहितका संक्रमित थपिइरहदा प्रदेश सरकारले अस्पतालको क्षमता विस्तारमा ध्यान दिएकै छैन। गत चैतमा तयार गरीएका संरचनाले नै अहिले सम्म काम चलाइएको छ।  

१ सय बेडको भनेर सुरुमा प्रचार गरीएको बुटवलको कोरोना अस्पतालमा ४ वटा भेन्टिलेटरसहितको १६ बेड आइसीयु र ३२ बेड आइसोलेसन छन्। भैरहवामा ५ बेड आइसीयुसहित २२ बेड छन्। तर त्यहाँ जनशक्ति नहुँदा संक्रमितले उपचार पाउन नसकेको चिकित्सकहरु नै बताउँछन्।  

दाङ बेलझुण्डिको कोरोना अस्पतालमा ५ वटा भेन्टिलेरसहितको १० बेडआइसीयु र७५आइसोलेसन बेड छन्। तर यो अस्पालमा जनशक्ति प्रयाप्त नहुँदा संंक्रमितको उपचार प्रभावकारी नभएको त्यँहीका स्वास्थ्यकर्मीहरु बताउँछन्। नेपालगञ्जको भेरी अस्पतालमा एउटा भेन्टिलेर, ८ वटा आइसीयुसहित ६२ बेड छ।

कोभिड कोषबाट २० करोड खर्च

प्रदेश सरकराले स्थापना गरेको कोभिड १९ नियन्त्रण तथा उपचार कोषबाट अहिले सम्म २० करोड खर्च भइसकेको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकृत डा. पुष्पराज पौडेलले कोभिड १९ को उपचार, नियन्त्रण तथा रोकथामका लागि कोषबाट २० करोड बनीयोजन गरीसकेको बताए। डा. पौडलका अनुसार कोरोना अस्पताल र प्रयोगशाला स्थापना तथा पूर्वाधार निर्माण तथा संचालन खर्च, उपकरण खरिद, शव बहान खरिद र कोभिड १९ मृतकको परिवारलाई राहत उपलब्ध गराउन सो रकम खर्च गरीएको छ। कोष बाहेक पनि सरकारले अस्पतालहरुका लागि सुरुमै ८ करोड रकम बिनीयोजन गरेको थियो।  

निर्णय गर्ने कार्यान्वयन नगर्ने 

प्रदेशस्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को संयोजक मुख्यमन्त्री शंकर पोखरेल हुन। गत चैत यता पटक पटक बसेको सिसिएमसीको बैठकले संक्रमण नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउने निर्णयहरु गरेको छ।  

प्रदेशको मन्त्रीपरिषद बैठकले पनि पटक पटक कोभिड अस्पतालहरुमा बेड र जनशक्ति थप्ने र सेवा प्रभावकारी बनाउने निर्णयहरु गरेको छ। पछिल्लो पटक गत भदौ १८ को मन्त्रीपरिषदले प्रदेशका ४ वटा कोभिड अस्पतालमा ५ सय ८३ जना चिकित्सक नर्ससहितको जनशक्ति थप गर्ने निर्णय गरेको थियो। ती अस्पतालमा अक्सिजनसहितको सुविधायुक्त ७० वटाबेड (हाइ डिपेन्डेन्सि युनिट) र आवश्यकता अनुरुप आइसीयु, भेन्टिलेर थप्ने निर्णय गरेको थियो।  

तर डेढ महिना बितिसक्दा निर्णय कार्यान्वयन भएको छैन। कोरोना अस्पतालहरुमा न अक्सीजनसहितका बेड थपिए न जनशक्ति व्यवस्थापन गरीयो। लुम्बिनी प्रादेसिक अस्पतालका सूचना अधिकृत डा. बिष्णु गौतमले बुटवलको कोरोना अस्पतालमा चैत यता कुनैपनि संरचना वा सुविधा थप नगरीएको बताए। बरु निरन्तर संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता समेत नदिएर मनोबल गिराउने काम भइरहेको अस्पतालका चिकित्सक नर्सहरुको गुनासो छ।  

बुटवलको कोरोना अस्पतलाका चिकित्सकहरुका अनुसार स्वासथ्यकर्मीहरुलाई अहिले सम्म जम्मा ३७ दिनको जोखिम भत्ता दिइएको छ। सामाजिका विकास मन्त्रालयका सूचना अधिकारी डा. पौडलले जनशक्तिका लागि दरबन्दी स्वीकृत गरेर अस्पतालहरुलाई दिइसकेको र उपकरण थप्नका लागि पनि बजेट बिनीयोजन गरीसकेको बताए। ‘कोभिड १९ को नियन्त्रण र उपचारमा कुनै कमि हुन नदिन प्रदेश सरकार निरन्तर लागीरहेको छ। प्रक्रिया पुरा गर्दा केही समय ढिलाइ भएको हुन सक्छ’ डा. पोडेलले भने।
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४ सेकेन्ड अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस