फरक छ रोल्पा
१० कार्तिक २०७८
•
३ मिनेट पाठ
फरक छ रोल्पा
कुनै समय द्वन्द्वको पर्यायवाचीका रुपमा चिनिएको रोल्पा अनि त्यसप्रतिको धारणा आम रुपमा फेरिन सकेको छैन। रोल्पालाई नजिकबाट नियाल्न नसकेकाहरुले आज पनि हत्या र हिंसाको दलदलमै छ भन्ने परिकल्पना गर्ने गर्दछन्। रोल्पा बाहिरका आम नागरिक लामो समय रोल्पा बस्ने कल्पना समेत गर्न सक्दैन।  




अहिले पनि रोल्पा भित्रिने कर्मचारी वा बाहिरका अन्य मानिसहरुको मनमा युद्ध र रगतकै परिकल्पना आउने गर्दछ। एक सरकारी कर्मचारी भन्छन् ‘रोल्पा प्रतिको धारणा अझै फेरिन सकेको छैन। रोल्पा आउनै नचाहने कर्मचारी यहाँ आएपछि फर्केर अन्य जिल्ला जान चाहँदैन।’ नजिकबाट रोल्पा नियाल्नेहरु रोल्पा र रोल्पालीको माया सम्बन्धले फरक अनुभूति दिलाउने गरेको बताउँछन्।

२०७६ साल कार्तिक २२ गते अस्पताल आएका डा. दिपक माकजु पहिलो पोष्टिङ रोल्पा भए पनि त्यसलाई बदर गराउन अनेक प्रयास गरे। पहँुचले नपुगेपछि उनी दुर्गम पहाडी जिल्ला नआइ नहुने भयो। छात्रवृत्तिमा डेन्टल सर्जन पढेका उनलाई सरकारी नियम अनुसार दुई वर्ष रोल्पा खटाइएको थियो।  

‘गोली हान्ने र बम पड्किने ठाउँको रुपमा रोल्पालाई चिनेको थिएँ। कल्पनासमेत नगरेको ठाउँमा परियो।’ काठमाडाँै उपत्यकाको खाँटी नेवार समुदायका माकजु भन्छन्, ‘रोल्पाजस्तो पहाडमा हाम्रो परिवारको टाढासम्म पनि सम्पर्क भएको कोही थिएन,’ दुई वर्ष सेवा सकाएर बिदाई कार्यक्रममा बोल्दै उनले सुनाए, ‘गुगलमा समेत नभेटिएको अस्पतालको दुई वर्ष अविस्मरणीय बनेको छ।’

जीवनमा पहिलोपल्ट रात्री बस चढेका उनी करिब २० घण्टा यात्रापछि रोल्पा पुगे। डा. माकजुका अनुसार स्वास्थ्य विभागका कर्मचारीले रोल्पा १० दिन बसेर आउन सुझाएका थिए। ‘हाजिर गरेर १० दिन बस्नु अनि यतै मिलाई दिउँला भन्नु भएको थियो। रोल्पा आएर १० दिन बसेँ । किन किन त्यो बसाईले मलाई फरक अनुभूति दिलायो। डा. प्रकाश, डा. अनिल, डा. सुशीलले पारिवारिक वातावरण दिनुभयो। दुई वर्ष बितेको पत्तै भएन।’

रोल्पामा पहिलोपल्ट दाँतको उपचार सुरु गराएका डा. माकजु बिरामीसँग घुलमिल हुँदै जाँदा दुर्गम के रैछ? भन्ने प्रष्ट भएको बताउँछन्। दाँत दुख्यो कि निकाल्ने भन्ने मान्यता बोकेका रोल्पालीलाई धेरै चेतना दिएका उनी पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको बताउँछन्। ‘यतिबेला रोल्पामा दाँत प्रतिको चेतना बढेको छ ।’ उनले रोल्पा अस्पतालमा दाँत सेवालाई सुन्दर बनाएका छन्।  

डा. माकजुले रोल्पा बिताएका दुई वर्ष रोल्पालीका लागि अवसर बनेको उनका सहकर्मीहरु बताउँछन्। ‘बिरामीको अनुहार, पहिरन, अवस्था र उनीहरुले पार गरेको दूरी सम्झेर बिहान, दिउँसो, बेलुका जतिबेला पनि आफ्नो कार्यकक्षमै बसे। रोल्पा अस्पतालको वातावरण बिरामीमैत्री छ। गुटबन्दी र स्वार्थीपन कहिँ कतै छैन।’

समयावधि सकिएपछि रोल्पा छोडेर काठमाडाँै फर्कदै गर्दा डा. माकजु गम्भीर बनेका थिए। रोल्पा र रोल्पालीसँगको भावनात्मक सम्बन्धले उनले बिदाई कार्यक्रममा पटकपटक फेरिफेरि रोल्पा आएर सेवा गर्ने मन भएको बताए। ‘भोलि काठमाडाँै जादैछु तर फेरि आउने गरि जाँदैछु जस्तो लागेको छ,’ उनले थपे, ‘जीवनका कुनै दिन फेरि सेवा दिन रोल्पा आउने छु।’

नजिकबाट रोल्पा बुझेका डा. माकजुले भने, ‘रोल्पाली सोझा र इमान्दार छन्, उनीहरु रिसाएको कहिल्यै पाइनँ, धेरै बिरामी आफैँ माया लाग्दा देखिन्थे।’

चिकित्सकीय क्षेत्र बाहेक अरु केही नबुझेका डा. माकजलेु बिरामी बाहेक अन्य कुरामा ध्यान दिएनन्। ‘मेरो शुक्रबार ३ बजे बिदा हुन्छ भन्ने भर्खरै थाहा पाएको हँु।’

अस्पताल परिवार र स्थानीय सत्प्रयास समूहले संयुक्त रुपमा आयोजना गरेको बिदाई कार्यक्रममा पुगेका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले डा. माकजु लगायत अस्पतालको सेवाप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए।

केसीले डा. माकजु र रोल्पा अस्पतालको सेवाप्रति सन्तुष्ट भएको बताए। त्यसो त रोल्पा अस्पतालले आजसम्म करार वा अस्थायी चिकित्सकको भरमा सेवा दिइरहेको छ।

शिक्षा स्वास्थ्यलाई खासै चासो नदिने रोल्पाली नेतृत्वले जनताले रुचाएका चिकित्सकलाई फेरि पनि सेवा दिने वातावरण बनाउनु पर्ने स्थानियहरु बताउँछन्।
अर्को समाचार
रोल्पामा फरक गठबन्धन
१२ वैशाख २०७९
•
२ मिनेट पाठ
रोल्पामा फरक गठबन्धन
नगरपालिकामा उम्मेदवारी दर्ताका लागि पुगेका दलहरु। तस्बिर: दिनेश/नागरिक
रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेब गाउँपालिकामा एक्ला एक्लै भिडेका दलहरुले अन्य छ स्थानीय तहहरुमा भने फरक गठबन्धन गरेका छन्। रोल्पा नगरपालिकामा माओवादीबाट जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, कांग्रेसबाट जिल्ला सचिव शेरबहादुर थापा र एमालेबाट नगर अध्यक्ष घनस्याम आचार्यले उम्मेदवारी दिएका छन्।




रुन्टीगढी गाउँपालिकामा माओवादीबाट गोबिन्द पुन, कांग्रेसबाट जनक पुन र एमालेबाट याम बहादुर दसौदीले उम्मेदवारी दिएका छन्। रुन्टीगढी गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष समेत रहेका बालाराम बुढाले अन्तिम समयमा आफ्नो टिकट यामबहादुर दसौदीलाई दिएका हुन्।  

उता गंगादेव गाउँपालिकामा माओवादीबाट बिरबहादुर खत्री, कांग्रेसबाट हरिबहादुर पुन र एमालेबाट रोशन कुमार वलीले उमेद्वार दिएका छन भने बिप्लवका केन्दीय नेता चुडामणी वलीले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन।  

माओवादीले दम्भ देखाएको भन्दै रोल्पामा स्थानीय तह निर्वाचनका लागि गठबन्धनले फरक मोड लिएको छ। मनोनयन दर्ताको अन्तिम समयमा माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र बिप्लवबीच केही पालिकामा चुनावी गठबन्धन भएको हो। माडी गाउँपालिकामा कांग्रेसले एमालेलाई अध्यक्षमा सहयोग गर्नेछ। एमालेका बिजय घर्ती अध्यक्षमा लड्दै गर्दा उपाध्यक्षमा कांग्रेसबाट कृष्ण बिकलाई भिडाउने छ।

परिवर्तन गाउँपालिकामा कांग्रेसलाई अध्यक्षमा अन्य दलले सघाउने निर्णय भएको छ। अध्यक्षमा कांग्रेसले बिश्व कुमार चन्दलाई उठाएको छ। त्रिबेणीमा एमालेका कर्ण बाठालाई अध्यक्षमा कांग्रेसले सघाउने र उपाध्यक्षमा कांग्रेसका लेखमणी डागिलाई सघाउने सहमति भएको हो। उता सुनिलस्मृती गाउँपालिकामा कांग्रेसका गञ्ज क्षेत्रीलाई अन्य दलले अध्यक्षमा सघाउने छन्।  

सुनछहरीमा विप्लवका उमेद्वार अध्यक्षमा लड्दै गर्दा उपाध्यक्षमा कांग्रेसका ओमबहादुर बुढा अगाडि आएका छन्। सोमवार अवेला सम्म मनोनयन दर्ता गरेका दलहरुले नामावली फिर्ता लिने दिनसम्म सहमतिका लागि थप प्रयास गर्ने बताएका छन्।

केन्द्र, प्रदेश र जिल्ला स्तरका बिभिन्न छलफलमा सत्ता गठबन्धन बिच सहमती नजुटे पछि कांग्रेस कार्यकर्ताले स्थानीय स्तरमा फरक सहमति गर्न बाध्य भएको बताएका छन्। जिल्लाबाट टिकट लिएर गाउँ गएका कतिपय उम्मेदवारले मनोनयन पत्र दर्ता गराएनन्। गठबन्धनका विषयमा जिल्ला स्तरका नेतृत्वले स्थानीय तहमा स्वइच्छिक सहमति भएको हुन सक्ने बताउँदै पार्टीको कुनै भूमिका नभएको बताएका छन्।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस