नोवेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, अस्पतालमा तोडफोड
२५ पौष २०७८
•
२ मिनेट पाठ
नोवेल मेडिकल कलेजमा सुरक्षा गार्ड र विद्यार्थीबीच झडप, अस्पतालमा तोडफोड
आन्दोलनरत विद्यार्थी र सुरक्षागार्डबीच झडपका क्रममा तोडफोड भएको नोवेल अस्पतालको मुख्य ढोका। तस्बिरः विनोद/नागरिक
विराटनगर स्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको छ। आइतबार आन्दोलनरत विद्यार्थीलाई नोवेलका सुरक्षा गार्डले रोक्न खोजेपछि विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको हो।




नोवेल शिक्षण अस्पतालको मुलगेट अगाडि अनशन बसेका विद्यार्थी र कलेजका सुरक्षा गार्डबीच झडप हुँदा अस्पतालमा समेत तोडफोड भएको छ। झडपकाक्रममा अस्पतालको मुख्य प्रवेशद्वारको ढोकाको सिसा फुटेको छ। झडपमा परी केही विद्यार्थी र केही सुरक्षा गार्डलाई चोटपटक लागेको छ। विद्यार्थीहरूले कलेजमा अनसन बस्न आएपछि औषधि व्यवसायी र कलेजका कर्मचारीले गरिखान देऊँ भन्दै विद्यार्थीविरुद्ध नारावाजी गरेका थिए।

अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षा गार्डहरुले कुटपिट गर्न थालेपछि प्रतिकारमा उत्रनुपरेको विद्यार्थीहरूले बताएका छन्। अनेरास्ववियू मोरङका जिल्ला सदस्य नविन पहाडीले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका विद्यार्थीमाथि कुटपिट हुन थालेपछि विद्यार्थीहरू प्रतिकारमा उत्रिनुपरेको जानकारी दिए। उनले समस्या समाधान गर्न सरकारसँग माग गरे।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको थियो। कलेजमा भर्ना भएका ९६ जना विद्यार्थी मध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेज प्रशासनले पठनपाठन गराइरहेको छ। आफूहरूलाई चिकित्सा शिक्षा अयोगले तोकेको भन्दा बढी अतिरिक्त शुल्क बुझाउन दबाब दिंदै कलेज प्रशासनले कक्षबाटै निकालिदिएपछि आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरूले बताएका छन्।

नोवेलले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २० लाख रुपैयाँ बढी शुल्क तिर्न दबाब दिएपछि विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालय मोरङ, मुख्यमन्त्री, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालयलगायतका ठाउँमा उजुरी गरेपनि कतैबाट समस्या समाधानमा चासो नदेखाएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

यता नोवेल मेडिकल कलेजका निर्देशक राजेश नेपालले विद्यार्थीका नाममा बाहिरका मानिसहरू आएर अस्पतालमा तोडफोड गरेको बताए। ‘विद्यार्थीको आवरणमा घुसपैठ गरी केही व्यक्तिहरूले अस्पतालमा तोडफोड गरे’, उनले भने। विद्यार्थीको आवरणमा घुसपैठ गरेका व्यक्तिहरूले हानेको इटा र ढुंगाले लागेर अस्पतालका ४ जना कर्मचारीहरू सामान्य घाइते भएको नेपालले जानकारी दिए। अस्पतालको मुल ढोकामै हुलहुज्जत र तोडफोड हुन थालेपछि करिब २ घण्टा अपतालको सेवा ठप्प भएको नेपालले बताए।

उनले भने, ‘अस्पतालमा हुलहुज्जत र तोडफोड हुन थालेपछि करिब २ घण्टा अस्पतालको सेवा ठप्प भयो।’ निर्देशक नेपालले स्थानीय स्तरबाट समस्या समाधान नहुने भएकाले सरकारले नै समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए।
अर्को समाचार
‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’
२२ असोज २०८०
•
३ मिनेट पाठ
‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’
वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् । मलेसिया र खाडी मुलुकमा कार्यरत नेपाली आप्रवासीमाथि सन् २०२३ मार्चदेखि अप्रिल अन्तिमसम्म यो अनुसन्धान गरिएको थियो ।




एक वर्षभित्र खाडीका मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी नेपाल फर्किएका सात सय १८ जना पुरुष र स्थानीय सात सय २० जना (तीन सय ७९ पुरुष र तीन सय ४१ महिला) बीच तुलनात्मक अध्ययन गरिएको थियो ।  

अध्ययनको नतिजाअनुसार मिर्गौलाको बढी समस्या गैरआप्रवासीमाभन्दा आप्रवासी देखिएको छ । गैरअप्रवासीमा पनि कहिल्यै विदेश नगएका पुरुष र महिलाभन्दा पूर्वआप्रवासीमा बढी समस्या देखिएको छ ।

बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा साझेदार संस्थासँग समन्वय गरी धनुषाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरेको अध्ययनले खाडीका मुलुक र मलेसियामा कार्यरत नेपालीमा मिर्गाैलाको खतरा बढी हुनसक्ने देखाएको छ ।  

गर्मीमा ठाउँ, भवनबाहिर काम गर्ने र धुलोको सामना गर्नुपर्नेहरूमा पनि मृगौला रोगको जोखिम बढी देखिएको छ । उक्त परीक्षणले रगतमा क्रियटिनिन भन्ने तत्वको मात्रा हेरी त्यसमा उमेर र लिंग समायोजन गरी मिगौलाले एक मिनेटमा कति मात्रामा रगत छान्छ भन्ने निक्र्योल गरिएको र घट्दो दरले मृगौलाको कार्य क्षमतामा कमी आएको उल्लेख छ ।

रगतमा क्रियटिनिनको औसत पनि गैरआप्रवासीभन्दा आप्रवासीमा बढी देखिएको छ । उक्त अध्ययनबाट गैरआप्रवासी ०.७२ एमजी/डिएल र आप्रवासी ०.८८ एमजी/डिएल देखाएको छ । जसले गर्दा आप्रवासीहरूमा बढ्दो मृगौला समस्याको संकेत गरेको छ ।  

यस्तै, मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने आप्रवासीभन्दा गैरआप्रवासीहरूमा बढी देखिएको छ । खासगरी, गैरआप्रवासी महिलामा यो समस्या बढी देखिएकोले यसको कारक तत्व खोज्न बेग्लै अध्ययन गर्नुपर्ने डा. निर्मल अर्यालले बताए ।  

‘नेपाली दूतावास र आप्रवासीहरूको हकहितको लागि काम गर्ने संघसंस्थाहरूले यसमा पहल गर्न आवश्यक देखिएको छ,’ डा. अर्यालले भने । सहभागी आप्रवासीहरूले औसतमा दैनिक १०.७ घण्टा काम गर्ने गरेको र ३०.९ प्रतिशतले औसतमा महिनाको एकदिन पनि बिदा लिने नगरेको अनुसन्धान समूहले बताए । ‘यस्तै २५.८ प्रतिशतले शारीरिक रूपले भारी र लगभग आधा सहभागीले (४५.५ प्रतिशत) गर्मीमा काम गनुपरेको छ,’ उनले भने, ‘करिब ९७ प्रतिशत आप्रवासी सहभागीले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको पाइएको छ ।’  

आप्रवासी नेपाली कामदार र गैरअप्रवासीहरू बीच गरिएको यस पहिलो अध्ययनले खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली आप्रवासीहरूमा स्थानीय गैरअप्रवासीहरूको भन्दा बढी रोगको समस्या देखिएको छ । जहाँ उच्चरक्तचाप आप्रवासी ३८ प्रतिशत रहेको छ भने गैरआप्रवासी १९.४ प्रतिशत छ । त्यस्तै मधुमेह आप्रवासी ७.४ प्रतिशत, गैरआप्रवासी ४.७ प्रतिशत र बढीतौल वा मोटोपन आप्रवासीमा ६ सय ७४ प्रतिशत, गैरआप्रवासी ४९ प्रतिशतको जोखिम निकै बढी रहेको उक्त अनुसान्धान समूहले देखाएको छ ।  

आप्रवासीहरूमा उच्चरक्तचाप, मधुमेह र बढी तौल वा मोटोपन देखिएकोले ती देशहरूमै यससम्बन्धी सचेतना जगाउन आवश्यक रहेको अनुसन्धान समूकले देखाएको छ । अध्ययनमा सहभागी करिब ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत थिए भने दुई तिहाइभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत भएको अनुसन्धानबाट खुल्न आएको छ ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस