सिजनल इन्फ्लुएन्जा
०७ चैत्र २०७१
•
७ मिनेट पाठ
सिजनल इन्फ्लुएन्जा
मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। वातावरणमा आएको परिवर्तनसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने भएकाले मौसम परिवर्तनको समयमा हरेक मानिसलाई रुघाखोकी लाग्ने चिकित्सकको भनाइ छ।मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेका कारण अहिले अस्पतालमा मानिस स्वाइनफ्लुको आशंकामा अस्पतालमा उपचारका लागि जाने क्रम बढिरहेको चिकित्सकले बताएका छन्। टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार मौसममा आएको परिवर्तनसँगै केहीयता रुघाखोकीका बिरामी बढेका र तीमध्ये धेरैजसो स्वाइनफ्लुको आशंकामा उपचारका लागि आउन थालेकाले अस्पतालमा भीड बढ्न थालेको छ।




मौसममा आएको परिवर्तनसँगै मानिसमा देखापर्ने रुघाखोकी तथा ज्वरोलाई मौसमी (सिजनल) इन्फ्लुयन्जा भनिन्छ। डा. वासुदेव पाण्डेका अनुसार, कुनै एउटा मौसममा रहिरहेको शरीर तुरुन्त अर्को मौसममा जान खोज्दा एकैपटक मौसमअनुसार परिवर्तन हुन नसक्ने र मानवशरीरको रोग प्रतिरोधात्मक क्षमता पनि परिवर्तन हुन समय लाग्ने भएकाले अधिकांश मानिसमा यस्ता समस्या देखिने गर्छ। उनले मौसम परिवर्तनसँगै केही दिनयता रुघाखोकीका बिरामी बढेको जानकारी दिँदै सामान्य अवस्थाका रुघाखोकीलाई समेत हेलचेक्र्याइँ नगरी बिरामीलाई आराम गर्न र प्रशस्त तरल खानेकुरा पिउन सल्लाह दिए।

सिजनल इन्फ्लुयन्जा अति नै छिटो सर्ने रोग हो। यो रोग भाइरसका कारण लाग्ने गर्छ। भाइरसबाट लाग्ने अरू रोगको तुलनामा यो रोगलाई साधारण रोगका रूपमा लिने गरेको डा. पाण्डेले बताए। उनका अनुसार, मानिसलाई यो रोग वर्षको २ देखि ३ पटक प्रायः सबैलाई लाग्ने गरेको छ।

'विशेषगरी यो रोग मौसम परिवर्तन हुने समयमा लाग्ने भएकाले यसलाई सिजनल इन्फ्लुयन्जा तथा मौसमी रुघा भन्ने गरिन्छ,' डा. पाण्डे भन्छन्, 'यो रोगले नाक तथा घाँटीमा असर पार्छ र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा एकदम छिटो गर्छ।' मौसममा आएको परिवर्तनअनुसार, शरीर परिवर्तन हुन समय लाग्ने भएकाले यो रोग लाग्ने भए पनि मौसमअनुसारको लुगाफाटा नलगाउनाले, सरसफाइमा र खाने कुरामा ध्यान नदिनाले, जाँड–रक्सी तथा धूमपान सेवन गर्ने बानीले पनि यो रोग सबै उमेरका मानिसलाई लाग्ने गरेको डा. पाण्डेले बताए।

उनका अनुसार यस्ता इन्फ्लुएन्जाका कारण हुने रुघाखोकी सामान्यतया आफैँ पनि निको हुन्छ। कहिलेकाहीँ जटिलता पनि आउने हुँदा यसकै कारण विश्वमा हजारौँ मानिसको मृत्यु पनि हुने गरेको छ। त्यसकारण बच्चा, गर्भवती तथा अन्य रोगका बिरामीले यो रोगमा विशेष ध्यान दिन आवश्यक छ।

भाइरसका कारण हुने सिजनल इन्फ्लुयन्जा भाइरसका ए, बी र सी तीन समूहमध्ये 'ए' समूहको भाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी सरुवा रोग हो। डा. पाण्डेका अनुसार, यो भाइरसले मानिसको नाक, घाँटी र फोक्सोमा आक्रमण गर्ने गर्छ। यो इन्फ्लुयन्जाको मुख्य लक्षण भनेको नै रुघा लाग्नु हो। यसका अलावा सामान्य ज्वरो आउने, जीउ दुख्ने, नाक सनसनाउने, घाँटी खसखसाउने, सास फेर्न अप्ठ्यारो हुने, पातलो सिँगान आउने, अल्छी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, टाउको दुख्ने तथा खान मन नलाग्नेजस्ता लक्षण पनि देखा पर्छन्।

सिजनल इन्फ्लुयन्जामा घरेलु औषधि र झोल खानेकुराको सेवन नै महत्वपूर्ण उपचार मानिन्छ। रुघाखोकीमा मात्र नभएर स्वाइनफ्लुका लागि पनि यही घरेलु उपचार पद्धति अपनाइन्छ। प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन 'सी' युक्त फलफूल, खाने, उचित आराम गर्ने, बिरामीलाई न्यानो पारी राख्नाले रुघाखोकी सामान्य अवस्थामै निको हुने गर्छ।

चिकित्सकका अनुसार, यी रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छयूँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ। हात नधोइकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन्। यदि, हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्ने चिकित्सकको भनाइ छ। खोक्दा, हाच्छयूँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ। सिजनल इन्फ्लुयन्जालाई हेल्चेक्र्याइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ। फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहेँलो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ।

भाइरसका कारण हुने यो रोगबाट मानिसलाई हरेक वर्ष सताउने गरेको छ। साधारण रूपमा लिइने यो रोगका भाइरस भने हरेक वर्ष छुट्टाछुट्टै हुने गरेको चिकित्सकले बताएका छन्। डा. पाण्डेका अनुसार, कुनै पनि व्यक्तिलाई एकपटक मौसमी इन्फ्लुयन्जा भएको छ भने उसलाई अर्कोपटक हुँदा अर्कै भाइरसले आक्रमण गर्छ।
अर्को समाचार
स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु
१९ भदौ २०७४
•
७ मिनेट पाठ
स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु
रत्ननगर – नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ। 




इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो। एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन्। 

गत माघदेखि आजसम्मको तथ्याङ्कबारे जानकारी दिँदै महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लालले मौसमी ज्वरोमध्ये पनि इन्फ्लुएन्जा ए को प्रकोप बढी देखिएको बताए। उनका अनुसार स्क्रब टाइफस नेपालका ३२ जिल्लामा देखिएको र ३०० जनामा रोगको सङ्क्रमण फेला परेको छ। 

स्क्रब टाइफसबाट स्याङ्जामा दुई र चितवनमा दुई जनाको मृत्यु भएको छ। नवलपरासी घर भएका दुई महिलाको चितवनमा उपचारका क्रममा साउन २२ र भदौ १० गते मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीको भनाइ छ। 

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ। यो रोग मुसाको कानमा बस्ने गर्छ। नेपालमा २०७२ सालमा पहिलोपटक रोग देखापरेको थियो भने चितवनमा २०७३ सालमा देखिएको थियो। 

अघिल्लो वर्ष यहाँ मुसा र माइटमा गरिएको परीक्षणमा दुवैमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भइसकेको छ। समयमै अस्पताल पुगेमा कुनै पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाइ छ। 

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने भएकाले काम गर्दा सावधानी अपनाउनुपर्ने र मुसा नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। 

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ। 

यस्तै मौसमी रुघाखोकीबाट मृत्यु भएका १२ जनामध्ये सबैभन्दा बढी कास्कीका छन्। विभिन्न अस्पतालमा उपचार गरिएका कास्की घर भएका चार जनाको मौसमी रुघाकोकीबाट मृत्यु भएको तथ्याङ्क छ। 

यस्तै अन्य मृत्यु हुनेमा पाल्पाका दुई, स्याङ्जाका, बुटवल, ललितपुर र कास्कीका एक–एक तथा झापाका दुईजना बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा लालले जानकारी दिए। 

उनका अनुसार पछिल्लो आठ महिनामा दुई हजार ५३१ जनाको परीक्षणमा ८४६ जनामा मौसमी रुघाखोकीको सङ्क्रमण भएको पाइएको छ। तीमध्ये १२ जनाको ज्यान गएको हो। दुई जनाको भारतमा उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना भने नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ। 

काठमाडौँको सुविधायुक्त अस्पतालमा उपचारका क्रममा अधिकांश बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। 

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीका अनुसार फ्लुमा ए पोजिटिभ भएका बिरामी बढी देखिएका छन् । उनीहरुमा ए एच १ एन १ को बढी जोखिम हुने गरेको उनी बताउँन्। यसलाई सर्वसाधारणले स्वाइनफ्लु भनेर चिन्ने गर्छन्। स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ। 

ज्वरो रुघाखोकी आएर दुई–तीन दिनमा ठीक नभए विशेषज्ञ चिकित्सक भएको असपतालमा उपचार गराउनुपर्ने सुझाव चिकित्सकको छ। 

ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउँछन्। दुवै रोगको बढी सङ्क्रमण भने चितवनमै छ। आजसम्म चितवनमा स्क्रब टाइफसबाट १३९ र मौसमी रुघाकोकीबाट ३०९ जनामा सङ्क्रमण फेला परिसकेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

पन्ध्र जिल्लाका चौबीस जनामा डेङ्गु सङ्क्रमण 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका १५ जिल्लामा डेङ्गु रोग देखिएको छ। जसमा २४ जना सङ्क्रमित भएको र अहिलेसम्म मानवीय जोखिम भने भएको छैन्। बढी डेङ्गु सङ्क्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजना छन्। 

पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेङ्गु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउँछन्। एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टे फालिएका र खुला भाँडाकुँडामा जमेको पानीमा फुल पारेर बच्चा बनाउने गर्छ। त्यसैले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउँछन्। नारायण ढुंगाना /रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस