आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ
२६ चैत्र २०७८
•
२ मिनेट पाठ
आँखा उपचार सेवा ग्रामीण स्थानसम्म पुर्‍याउनुपर्छ: प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको बताएका छन्।




नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय सभाको २७औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पछिल्लो समयमा आँखा उपचार सेवामा भित्रिएका नवीनतम् प्रविधिले सेवालाई प्रभावकारीसँगै विश्वसनीय बनाएको बताए।

'मानव जीवनलाई विश्वसामु परिचित गराउने महत्वपूर्ण अङ्ग आँखा हो', प्रमुख गुरुङले भने, 'यसको उपचार सेवालाई सहर केन्द्रित मात्र नगरी ग्रामीण एवं दुरदराजका स्थानसम्म पुर्‍याउनुपर्ने आवश्यक छ।'

आँखामा लाग्ने विभिन्न खाले रोगको उचारमा नेत्रज्योति सङ्घको पहलमा दातासँगै दातृ राष्ट्रका विभिन्न सङ्घसंस्थाको महत्वपूर्ण योगदान गरेको बताउँदै उनले मुलुकका तीनै तहका सरकारले यसको अपनत्व लिनुपर्नेमा जोड दिए।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष डा चेतनारायण पन्तले मुलुकमा २७ आँखा अस्पताल र १४५ आँखा उपचार केन्द्रमार्फत सेवा प्रदान गरिँदै आएको बताउँदै निकट भविष्यमा पाँच अस्पताल र २५ उपचार केन्द्र थप गरिने जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०३० सम्म आँखाको उपचार अभावमा कोही अन्धकारमा नरुमल्लिने अभियानमा नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको बताउँदै उनले यस अभियानलाई सफल बनाउन सङ्घ निरन्तर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

नवीनतम प्रविधि र दक्ष जनशक्ति उत्पादनमा समेत सङ्घले जोड दिँदै आएको बताउँदै उनले यसैका कारण आँखा उपचारका लागि विदेशबाट समेत नेपाल आउने गरेको बताए। प्रतिनिधिसभा सदस्य प्रभुनारायण चौधरीले दाताहरूको सहयोग र सामाजिक व्यत्तित्वको अहं भूमिका एवं चिकित्सकको निरन्तर सेवाभावले नै मुलुकमा आँखा उपचार सेवा प्रभावकारी बन्न सकेको दाबी गरे।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका निवर्तमान अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्र, आइकेयर फाउण्डेशनका प्रतिनिधि अनिल गोर्खाली, सङ्घका उपाध्यक्ष ऋषिराम पौडेल, महासचिव भरतबहादुर चन्द, सङ्घ गण्डकीका उपाध्यक्ष डा. दिलबहादुर क्षेत्री, कास्की अध्यक्ष कृष्णबहादुर गुरुङलगायतले मुलुकमा अन्धोपन निवारणमा सङ्घले खेल्दै आएको भूमिकामाथि प्रकाश पारेका थिए।

मुलुकका २५० प्रतिनिधि सहभागी रहेको दुईदिने अधिवेशनले आवश्यकताअनुसार विधान संशोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। समारोहमा आँखा उपचारमा महत्वपूर्ण योगदान गर्ने विभिन्न जिल्लासहित व्यक्तिलाई नगद पुरस्कारसहित सम्मानपत्रले सम्मान गरिएको थियो।
अर्को समाचार
‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ
२१ साउन २०७९
•
२ मिनेट पाठ
‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समाजलाई सही मार्गमा डोहोर्‍याउनेहरू नै भगवान् हुने बताएका छन्। शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्। उनले यदि भगवान् छन् भने जोर्जजोनलाई भगवान्को उपमा दिँदा फरक नपर्ने बताए। उनले समाजलाई सकारात्मक मार्गमा लैजान शिक्षाको महत्व रहने जनाउँदै असल गुरुबाट मात्र त्यो सम्भव हुने धारणा राखे।  




सो अवसरमा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। यसरी सम्मानित हुनेमा बेनी क्याम्पस म्याग्दीका पूर्वअध्यक्ष बालकृष्ण सुवेदी, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. विकास केसी, प्राध्यापक डा. मीन पुन, शितलादेवी सामुदायिक विद्यालय पोखराका अध्यक्ष टीकाबहादुर कार्की, महेन्द्र  मावि घार्मी पोखराका पूर्वअध्यक्ष हुतराज शर्मा पौडेल, पृथ्वीनारायण क्याम्पसमा विगत ४३ वर्षदेखि कार्यरत कार्यालय सहायक मनसुबा थापा हुनुहुन्छ। उनीहरूलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।

सम्मानित व्यक्तिहरूको तर्फबाट बालकृष्ण सुवेदी, प्रा. डा. विकास केसी, पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा. डा. सरोज कोइराला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रतिष्ठानका उपाध्यक्ष रामगोपाल ढेवाजु, प्रतिष्ठानका सदस्य अर्जुन अधिकारीले प्रतिष्ठान र जोर्जजोनको योगदानको बारेमा चर्चा गर्दै आफ्नो धारणा राखेका थिए।  

प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले जोर्जजोन र उनकी जीवनसङ्गिनी भारतको केरलाबाट पोखरा आएर पृथ्वीनारायण क्याम्पसको शैक्षिक उन्नयनका लागि खेलेको भूमिका निकै अतुलनीय रहेको चर्चा गर्दै उनले शिक्षा क्षेत्रको एक आदर्श व्यक्तित्वको रूपमा चित्रण गरे। कार्यक्रमको संस्थागत उद्देश्यसहित स्वागत सदस्य अरुणा शेरचनले गरेका थिए भने प्रतिष्ठानका सचिव एवं प्रदेशसभा सदस्य राजीव पहारीले प्रतिष्ठानले शैक्षिक क्षेत्रमा गरेका उल्लेखनीय कार्यसँगै जोर्जजोनको बारेमा प्रष्ट्याएका थिए। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस