पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ
२० साउन २०७९
•
१ मिनेट पाठ
पत्रकारिताले असमानताको पर्दाफास गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वतन्त्रता, समाजवाद र विश्वबन्धुत्व पत्रकारिताको आधारस्तम्भ रहेकाले स्वतन्त्रता र समानताका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने बताएका छन्।




नेपाल पत्रकार महासङ्घ कास्की शाखाले स्थापना गरेको गजेन्द्र भण्डारी स्मृति सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण समारोहमा आज उनले भने, “जहाँ स्वतन्त्रता हुँदैन त्यहाँ पत्रकारिताले स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्दछ।”  

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समाजले पत्रकारिता क्षेत्रलाई सदैव सम्मान र भरोसा गर्दै आएकाले जनविश्वासमा कमी आउने खालका गतिविधि हुन नहुनेमा जोड दिएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सञ्चार क्षेत्र आवाजविहीनको आवाज बन्नुपर्ने बताए।  

कार्यक्रममा पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ। गुरुङलाई विसं २०७७ र तिमिल्सिनालाई विसं २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशि जनही रु २५ हजार एक, दोसल्ला र सम्मानपत्र रहेको छ।

पत्रकार तिमिल्सिना महासङ्घका उपाध्यक्ष हुन्। गुरुङ लामो समयदेखि फोटो पत्रकारितामा आबद्ध छन्। पोखरा–११ फूलबारीका पत्रकारसमेत रहेका स्व भण्डारीको स्मृतिमा उनको परिवारजनबाट स्थापना गरेको पुरस्कारबाट बर्सेनि एकजना सञ्चारकर्मीलाई पुरस्कृत गरिँदै आइएको छ। रासस
अर्को समाचार
‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ
२१ साउन २०७९
•
२ मिनेट पाठ
‘शिक्षाको ज्योति छर्नेहरू भगवान् सरह’ हुन्ः पृथ्वीमान गुरुङ
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले समाजलाई सही मार्गमा डोहोर्‍याउनेहरू नै भगवान् हुने बताएका छन्। शिक्षासेवी जोर्ज जोनको नाममा स्थापित जोर्जजन शिक्षा प्रतिष्ठानको पोखरामा आज आयोजित २४ औँ वार्षिकोत्सव, शिक्षासेवी सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा प्रदेश प्रमुख गुरुङले शिक्षाको ज्योति फैलाउने असल गुरुको रूपमा चिनिनुहुने जोर्जजोनको योगदान अतुलनीय रहेको बताएका हुन्। उनले यदि भगवान् छन् भने जोर्जजोनलाई भगवान्को उपमा दिँदा फरक नपर्ने बताए। उनले समाजलाई सकारात्मक मार्गमा लैजान शिक्षाको महत्व रहने जनाउँदै असल गुरुबाट मात्र त्यो सम्भव हुने धारणा राखे।  




सो अवसरमा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। यसरी सम्मानित हुनेमा बेनी क्याम्पस म्याग्दीका पूर्वअध्यक्ष बालकृष्ण सुवेदी, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. विकास केसी, प्राध्यापक डा. मीन पुन, शितलादेवी सामुदायिक विद्यालय पोखराका अध्यक्ष टीकाबहादुर कार्की, महेन्द्र  मावि घार्मी पोखराका पूर्वअध्यक्ष हुतराज शर्मा पौडेल, पृथ्वीनारायण क्याम्पसमा विगत ४३ वर्षदेखि कार्यरत कार्यालय सहायक मनसुबा थापा हुनुहुन्छ। उनीहरूलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो।

सम्मानित व्यक्तिहरूको तर्फबाट बालकृष्ण सुवेदी, प्रा. डा. विकास केसी, पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा. डा. सरोज कोइराला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, प्रतिष्ठानका उपाध्यक्ष रामगोपाल ढेवाजु, प्रतिष्ठानका सदस्य अर्जुन अधिकारीले प्रतिष्ठान र जोर्जजोनको योगदानको बारेमा चर्चा गर्दै आफ्नो धारणा राखेका थिए।  

प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले जोर्जजोन र उनकी जीवनसङ्गिनी भारतको केरलाबाट पोखरा आएर पृथ्वीनारायण क्याम्पसको शैक्षिक उन्नयनका लागि खेलेको भूमिका निकै अतुलनीय रहेको चर्चा गर्दै उनले शिक्षा क्षेत्रको एक आदर्श व्यक्तित्वको रूपमा चित्रण गरे। कार्यक्रमको संस्थागत उद्देश्यसहित स्वागत सदस्य अरुणा शेरचनले गरेका थिए भने प्रतिष्ठानका सचिव एवं प्रदेशसभा सदस्य राजीव पहारीले प्रतिष्ठानले शैक्षिक क्षेत्रमा गरेका उल्लेखनीय कार्यसँगै जोर्जजोनको बारेमा प्रष्ट्याएका थिए। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस