एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर
१७ भदौ २०७९
•
४ मिनेट पाठ
एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर
शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन्। शल्यक्रिया गर्नुअघि बेहोस बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन्। उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन।




जिल्लामा कुनै बेला सर्जनले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो। त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सिलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो। त्यस्तै एक जना महत्वपूर्ण पात्र डा विजयराज न्यौपाने हुन्।

रत्ननगर नगरपालिका–१२ जयमङ्गलामा जन्मिएका न्यौपाने जिल्लामै जन्मिएका दोस्रो चिकित्सक हुन्। त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिकित्सक हुन्। जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उनी हुन्। विसं २०१७ पुस २३ गते जन्मिएका डा न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गरे। त्यसपछिको शिक्षा नेपाल माविबाट भयो। त्यहीँबाट उनले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गरे। जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा न्यौपाने एक थिए।  

त्यसपछिको हेल्थअशिष्टेन चिकित्साशास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट विसं २०३७ मा उत्तीर्ण गरी यसपछिको छ वर्ष चितवन, नवलपरासी र पर्सामा विभिन्न स्वास्थ्य संस्थामा सेवा गरे। विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनी त्यहाँको (एमडी)यहाँको एमबिबिएस सरह० अध्ययनका लागि गए। विसं २०५० मा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई उनले चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए। न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरे।

विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सेवा सुरु गरे। त्यसपछि उनले विसं २०५७ मा विपी कोइराला इन्स्च्यिुट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए। विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनको जीवन क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो।

दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उनी लागिरहे। उनी भन्छन्, ‘भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो।’ अहिलेसम्म झण्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उनले थपे, ‘धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु।’ त्यतिबेला साना साना शल्यक्रियाका लागि पनि  राजधानी धाउनुपर्ने बाध्यता थियो। न्यौपानेसँगै चिकित्सक थपिँदै जाँदा सबैखालका शल्यक्रिया यहीँ हुने गर्दछ।

कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ। त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अङ्ग बेहोस बनाउनुपर्ने हुन्छ। यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्यरुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ।

दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उनीसँग अनुभव छ। विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा न्यौपानेले विगतलाई सम्झँदै भने, ‘शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको सङ्ख्या कम हुनुको करणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो, मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो।’ जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उनले काम गरेको अनुभव छ।

भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा त्यहाँको सेवा अवरुद्ध नहोस भनेर उनले स्वयमंसेवी सेवा गरेका छन्। पछिल्ला दिनमा एनेस्थेसियोलोजिष्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उनी बताउन्छन्।  अहिले जिल्लामा यो सङ्ख्या ४० हाराहारी पुगेको छ।

विसंं २०१२ मा लमजुङको दूराडाँडाबाट हजुरबुबासँगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन झरेपछि उनको बसाई रत्ननगरमा भयो। उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन सङ्घ, नेपाल रेडक्रसलगायत सामाजिक क्षेत्रमा बुबाको योगदानका कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ। उनले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गरेका छन्।  

नेपाल चिकित्सक सङ्घका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एशोसिएशन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेका उनले विभिन्न सामाजिक सङ्घसंस्थामा सेवा पुर्‍याउँदै आएका छन्।

उनले आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई आफैँले पढेको विषयमा पढाएर आफ्नै विभागमा अनुभवलाई आदान प्रदान गर्दै आएका छन्। न्यौपानेका दुई छोरा चिकित्सक छन्। क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका न्यौपाने हाल नारायणी सामुदायिक अस्पताल र कालीगण्डकी अस्पताल कावासोतीमा कार्यरत छन्। नारायणी सामुदायिक अस्पतालको उनी पूर्वअध्यक्ष हुन् भने कालीगण्डकीको हालको कार्यकारी अध्यक्ष छन्। उनले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान दिए।
अर्को समाचार
वायु प्रदूषण बढेकोले अत्यावश्यक काममा बाहेक घरबाहिर नहिड्न चिकित्सकको सुझाव
१६ वैशाख २०८१
•
३ मिनेट पाठ
वायु प्रदूषण बढेकोले अत्यावश्यक काममा बाहेक घरबाहिर नहिड्न चिकित्सकको सुझाव
बाक्लो तुवाँलोले ढाकेको पोखरा। तस्बिरः नागरिक
पछिल्लो एकसातादेखि पोखरा धुम्मिएको छ। दिउँसो घाम लागेपनि पोखरा खुलेको छैन। घामको तातोसँगै तुवाँलोमा लुक्दा निसास्सिएको अनुभव पोखरेलीले गरेका छन्। आसपासका डाँडाकाँडा कतै केही देखिन्न। भिजिविलिटी नहुँदा पोखराबाट विभिन्न गन्तव्यसम्म हुने हवाई सेवा पनि प्रभावित छ। तुवाँलोले हिमाल छेकिँदा यहाँ आएका पर्यटक पनि खुसी छैनन्।  




त्यत्ति मात्र नभई तीनदिनदेखि रोकिएको पोखरासँगको हवाई सेवा आइतबार मध्यान्हपछि मात्र खुलेको थियो। भिजिविलिटी घटेर उडान अवरुद्ध हुँदा यात्रुले सकस खेपेका छन। होटल बुकिङ गरेका पर्यटक पनि पोखरा आउन पाएका छैनन। रुघाखोकी लागेको, आँखा पोलेको र चिलाएको भन्दै अस्पतालमा परीक्षण गराउन जाने बिरामीको संख्या पनि थपिएको छ। अहिलेको वायु प्रदूषणले तत्काल र दीर्घकालिन रुपमा स्वास्थ्यमा समस्या पार्न सक्ने भन्दै अत्यावश्यक काम बाहेकले घर बाहिर ननिस्कन चिकित्सकले अनुरोध गरेका छन।

पृथ्वी नारायण क्याम्पस पोखराका विज्ञान संकायका प्राध्यापक जीवन रेग्मी भन्छन, ‘चारैतिरको आगलागीले पोखरालाई घेरेको छ। पोखरा सहरभित्रै धुवा प्रवेश गरेको छ। धुलो, धुँवाका कारण पोखरा अस्तव्यस्त बनेको छ।’ धुलोका सानो कण जमिनभन्दा केही माथि तैरिएर रहँदा यो समस्या आउने उनले बताए। ‘विकास निर्माणबाट निस्केको ठूलो खालको धुलो जमिनमा आउँछ, तर, सानो कणहरु तैरिएर वायुमण्डलमै रहन्छ, त्यसले गर्दा समस्या भएको हो,’ उनले भने। उनका अनुसार पोखरा वरिपरि लामो समयदेखि आगलागी हुँदा यो समस्या थपिएको छ।  

‘पोखराको वायुमण्डलमा धुलो, धुँवा र ग्यासको मिश्रण छ। यसले भिजिविलिटी घटाउँछ। यो लामो समय रहन्छ। पानी नपरेसम्म रहिरहन्छ’ उनले भने, ‘जमिनदेखि २५ फिट माथि रहने यस्तो प्रदूषण निकै हानिकारक पनि हुन्छ। जमिनको केही माथि तैरिएर बसेको हुनाले हट्न समय लाग्छ ।’
आगलागी भएको र पानी नपरेकाले यो समस्या बढेको उनले बताए। ‘पानी नपरेसम्म हट्न सक्दैन। कि त जोडले हावा चल्नु पर्छ,’ उनले भने। उनका अनुसार यस्तो प्रदूषणले आँखा पोल्नदेखि फोक्सोमा समस्या ल्याउनेसम्मको जोखिम रहन्छ।  

‘जनचेतना कमजोर हुँदा चारैतिर आगलागी भएको छ। घर वरिपरि नै आगो लगाउने चलन छ। हरेक मान्छे यो प्रदूषण फैलाउनमा जिम्मेवार छन,’ उनले भने। उनका अनुसार विश्वासमा वायु प्रदूषणबाट वर्षेनी करिब ७० लाख मान्छेको ज्यान जान्छ, त्यो पनि उमेर नपुग्दैको अवस्थामा। स्थानीय स्तरबाटै सचेत बनाउने र कानुन कार्यन्वयनमा कडाई गर्ने हो भने यस्तो समस्या कम हुने उनले बताए। ‘सरकारी निकायको बेवास्ता छ। प्रदूषण घटाउनेबारे चाँसो नै कसैको छैन,’ उनले भने।  

मणिपाल शिक्षण अस्पतालका वरिष्ठ छातिरोग विशेषज्ञ डा. सिपी आचार्य अहिलेको प्रदूषणले गर्दा मानव स्वास्थ्यमा असर पर्ने बताउँछन। उनका अनुसार दीर्घकालिन र तत्कालको असर यो प्रदूषणले पार्छ। उनका अनुसार अहिलेको प्रदूषित हावाले सर्वसाधारणको फोक्सोमा असर पर्छ।

फोक्सोमा प्रदूषित हावा पुगेपछि शरिरका अरु अंगमा प्रभाव पार्न थाल्छ। त्यसबाहेक टाउको दुख्ने, आँखा बिझाउने, घाटी दुख्ने लगायतका समस्या हुन्छन। 
त्यसबाहेक दीर्घकालिन रुपमा पनि स्वास्थ्यमा समस्या पर्ने उनले बताए।  उनका अनुसार मुटुको समस्या ल्याउनमा ३२ प्रतिशत हिस्सा प्रदूषित वायुको रहन्छ। त्यसबाहेक स्वासप्रश्वासमा पनि समस्या पर्छ। समस्या बढ्दै जाँदा क्यान्सरसम्मको जोखिम निम्त्याउने उनले बताए। ‘साह्रै डरलाग्दो अवस्था अहिलेको प्रदूषणले नित्याएको छ, अहिले अस्पतालमा बिरामी पनि थपिन थालेका छन,’ उनले भने। 

उनका अनुसार अहिलेको प्रदूषणबाट जोगिनका लागि सकेसम्म घरबाहिर निस्कनु हुँदैन। निस्कनै पर्ने अवस्थामा मुखमा मास्क र आँखामा चस्मा लगाउनुपर्ने उनको सुझाव छ। ‘अनावश्यक कामले घरबाहिर ननिस्कँदा राम्रो हुन्छ। मल, भीडभाडमा नजाँदा राम्रो हुन्छ,’ आचार्यले भने।  

प्रदूषणले छेक्दा पोखराबाट हिमाल नदेखिएको करिब महिनादिन भईसकेको छ। यसको प्रभाव पर्यटनमा समेत परेको पर्यटन व्यावसायीको भनाई छ। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘प्रदूषण यतिसम्म बढेको छ की हिमाल नदेखिएको महिनादिन भन्दा बढी भईसक्यो। हिमाल देख्न नपाउँदा पर्यटक पनि खुसी छैनन। साहसिक पर्यटकीय गतिविधि पनि ठप्प छन।’ उनका अनुसार पोखराको हवाई सेवा पनि अनिश्चित बनेको छ। हवाई सेवा नियमित नहुँदा पर्यटकको आउजाउ प्रभावित भएको उनले बताए।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस